परासी,२२ वैशाख-नवलपरासीको सुनवलमा टिपरको ठक्करबाट मंगलबार एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको लु१ख ९००५ नम्बरको टिपरले ठक्कर दिँदा नवलपरासी सनई–४ निवासी २१ वर्षीय रमेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति टिपरको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका...
भूकम्पपीडितलाई सहयोग गर्ने बाँकी सबै प्रचारका लालची हुन् त ? काठमाण्डु, २२ वैशाख– सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले लोकप्रियताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा आफूले पैसा नदिने बताएका छन् । आहतमा राहत नामक टेलिभिजन कार्यक्रममा पत्रकार नारायण पौडेलसँग कुरा गर्दै उनले सो...
सिन्धुपाल्चोक, २२ वैशाख– नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति तथा क्षेत्र नम्बर–१ का सभासद् मोहन बस्नेतले जिल्लामा भूकम्प पीडितका लागि राहत वितरणमा सक्रिय संघसंस्थाका प्रतिनिधिलाई धम्की दिएका छन् । आफूमार्फत राहत वितरण हुनुपर्ने भन्दै उनले अवरोध सिर्जना गरेका हुन् । सिन्धुपाल्चोक गत १२ वैशाखमा गएको...
गोरखा, २२ वैशाख– गोरखाबजारबाट आरुघाटतर्फ जाँदै गरेको ग१ख ४०५६ नम्बरको यात्रुवाहक बस खस्दा सातजना गम्भीर घाइते भएका छन् । आज बिहान गोरखा नगरपालिका –७ आलेस्थित सडकबाट बस खस्दा गम्भीर घाइते भएका सातै जनाको गोरखा अस्पतालमा उपचार भइरहेको छ । यात्रुबाहक बस भूकम्प पीडितलाई राहत...
लमजुङ, २२ वैशाख–कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भूकम्पबाट विस्थापित भएकाहरुलाई दीर्घकालिन पुर्नवासका लागि एकीकृत बस्ती विकास कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । उनले अब पालको सट्टामा कम्तीमा पनि जस्तापाताको व्यवस्था गर्ने गरी सरकारले कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । उनले भने, ‘अहिले अल्पकालिन राहतका लागि पालहरु...
काठमाण्डु, २२ वैशाख–डिभी २०१६ को नतिजा सार्वजनिक भएको छ । सन् २०१४ अक्टुबरमा डिभी फारम भरेकाहरुको नतिजा अमेरिकाले प्रकाशनमा ल्याएको हो । नतिजाका लागि अमेरिकी सरकारको आधिकारीक वेवसाइटमा हेर्नुपर्ने हुन्छ । नतिजा हेर्नका लागि द्धिभी भर्दा पाएको नम्बर । नामथर र जन्ममिति उल्लेख गर्नुपर्नेछ...
वीरगन्ज, २२ वैशाख–जिल्ला दैवी प्रकोप उद्धार व्यवस्थापन समिति पर्साको समन्वयमा र वीरगन्ज उद्योग वाणिज्य सङ्घको अगुवाइमा भूकम्पपीडितका लागि रु ३ करोड ५० लाखभन्दा बढीको राहत सामग्री जुटेको छ । स्थानीय विभिन्न गैरसरकारी सामाजिक सङ्घसंस्थाको सक्रियतामा वैशाख १४ देखि २० गतेसम्म सङ्कलन गरिएको उक्त मूल्यबराबरको...
काठमाण्डु, २२ वैशाख– भूकम्पविदहरुले कास्कीभन्दा पश्चिमको भूभागलाई केन्द्रबिन्दु बनाएर अर्को ठूलो भूकम्प आउने भन्ने हल्ला अफवाह मात्र भएकाले ढुक्क हुन आग्रह गरेका छन् । सामाजिक सञ्चालमार्फत पश्चिम नेपालमा ठूलो भूकम्प आउने हल्ला चलेपछि त्यस क्षेत्रका सर्वसाधारण त्रसित भएका छन् । भूगर्भविद् तथा जियो टेक्निकल...
काठमाण्डु, २२ वैशाख– विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्यन ७ हजार ५ सय ५७ पुगेको छ । गृहमन्त्रालयले मंगलबार बिहान उपलब्ध गराएको विवरणअनुसार घाइतेको सङ्ख्या १४ हजार ५ सय ३६ पुगेको छ । यस अवधिमा १० हजार ७ सय १८ सरकारी घर तथा भवन...
गोरखा, २२ वैशाख– गोरखाका राजनीतिक दलहरुले भूकम्प पीडितको उद्धार तथा राहत वितरणको बहानामा भारतले नेपालको राष्ट्रिय स्वाधिनतामाथि प्रश्न उठाएको भन्दै आपत्ति जनाएका छन् । सत्तारुढ नेपाली काँग्रेस, एकीकृत माओवादी र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले विज्ञप्ति जारी गरी आफूखुसी नभई सरकारको मातहतमा राहत तथा उद्धारकार्य...
मुस्ताङ, २२ वैशाख – घमी गाविसका भूकम्पपीडितले अझै सरकारी राहत पाउन सकेका छैनन् । विनाशकारी भूकम्पका कारण घमी गाविसका घिलिङ गाउँ बढी प्रभावित बनेको छ । त्यस गाउँमा रहेको ४० घरमध्ये १९ पूर्ण र ६ आंशिक रुपमा क्षति पुगेको छ । जिल्ला विपद् व्यवस्थापन...
पर्वत, २२ वैशाख – विनाशकारी भूकम्पका कारण भौतिक क्षति पुगेको पर्वतको दक्षिणी क्षेत्रका बासिन्दाले १० दिनसम्म पनि पालसमेत पाउन सकेका छैनन् । भूकम्पका कारण विस्थापित बनेका पर्वतको उराम, बेउलीबासलगायत दुर्गम गाउँका बासिन्दाले पालसमेत पाउन नसकेका हुन् । भूकम्पपीडितका लागि पठाइएको पाल अपुग भएका...