समाचार

भूकम्पको दशौं दिनमा हेलिकोप्टर चढेर प्रधामन्त्री पुगे सिन्धुपाल्चोक

२०७२ वैशाख २२ गते २:४२

भक्तपुरको क्षति हेर्न पनि हेलिकोप्टरकै प्रयोग काठमाण्डु, २२ वैशाख– भूकम्पको १० आंै दिनमा घाइते र प्रभावितहरुको हाल बुझ्न हेलिकोप्टरबाट सिन्धुपाल्चोक पुगेका छन् । निरीक्षणका क्रममा प्रधानमन्त्री कोइरालाले पीडितहरुलाई दिइने राहतमा कुनै पनि  विलम्ब र पक्षपात नगर्ने निर्देशन दिए । कोइराला हेलिकोप्टरबाट सिन्धुपाल्चोकको चौतार र लिस्तीकोटमा...

पराकम्पनहरु कम हुँदै, विज्ञकाअनुसार साना पराकम्पन जाँनु राम्रो

२०७२ वैशाख २२ गते १:५९

आज विहानै पनि एउटा झट्का  काठमाण्डु, २२ वैशाख– गत शनिबारदेखि गएको विनाशकारी भूकम्पको धक्का बिस्तारै कम हुँदै गइरहेको छ । मंगलबार विहान ६ बजेर ४९ मिनेट जाँदा जाँदा नुवाकोट र धादिङ केन्द्र भई ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले...

विदेशी उद्धार टोलीलाई फर्कन सरकारको आग्रह, बाँकी काम आफै गर्ने

२०७२ वैशाख २२ गते १:३६

काठमाण्डु, वैशाख २२– भूकम्प राहत तथा उद्धारमा संलग्न विभिन्न मुलुकका उद्धारकर्मीहरुलाई सरकारले आफ्नो घर फर्कन आग्रह गरेको छ । नेपालमा विभिन्न ३४ मूलुकका ४ हजार ५० जना उद्धारकर्मी छन् । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सोमबार सम्बन्धित मूलुकका राजदूतहरुलाई बोलाएर उद्धारकर्मी फिर्ता लैजान आग्रह गरे ।...

जगदम्बा स्टिलले माग्यो धरहरा बनाउने अनुमति

२०७२ वैशाख २२ गते १:१३

काठमाण्डु, २२ वैशाख– जगदम्बा स्टिलले धरहरा पुननिर्माणको जिम्मेवारी दिन सरकारसँग आग्रह गरेको छ । सरकारले अनुमति दिएमा सबै खर्च व्यहोरेर पहिलेको जस्तै धरहरा निर्माण गर्ने सो कम्पनीले जनाएको छ । कम्पनीले सोमबार जारी गरेको विज्ञप्तीमा सरकारले अनुमति दिएमा पहिलेकै स्वरुपमा पुनःनिर्माण सुरु गर्ने उल्लेख...

भूकम्पमा बाबुआमा गुमाएका पाँच सय बालकालिकालाई संरक्षण दिइने

२०७२ वैशाख २१ गते १४:१०

काठमाण्डु,२१ वैशाख-  बालबालिका निम्ति गैरसरकारी संस्था महासङ्घ नेपाल र बालगृहहरुको महासङ्घले भूकम्पबाट अभिभावकबिहीन बनेका पाँच सय बालबालिकालाई काठमाण्डु र विभिन्न सहरमा संरक्षण दिने भएको छ । संस्थाले मुलुकभरका बालगृहमा राखेर भूकम्पबाट अभिभावहीन बालबालिकालाई खाने,बस्ने, सुविधासहित शिक्षाको प्रबन्ध गर्नेछ । अनाथ र असहयाय बालबालिकालाई संरक्षण...

मोदी सरकारले किन रोक्यो नीतिशलाई नेपाल आउन ?

२०७२ वैशाख २१ गते १३:२९

एजेन्सी– भारतीय विदेश मन्त्रालयले बिहारका मुख्यमन्त्री नीतिश कुमारलाई नेपाल आउन रोक लगाएको छ । नेपाल भूकम्पको महाविपत्तिमा परेका बेला जान नहुने भन्दै नीतिशलाई विदेश मन्त्रालयले रोकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।   विदेश मन्त्रालयको आग्रहमा नीतिशले पूर्वनिर्धारित आफ्नो नेपाल भ्रमण स्थगन गरेका छन्...

दश दिनदेखि तामाकोसी किनारमा रहेका शव निकालियो

२०७२ वैशाख २१ गते १२:५९

दोलखा,२१ वैशाख-दश दिनदेखि लामाबगरस्थित तामाकोसी नदी निकारमा रहेका तीन वटा शव सोमबार सदरमुकाम चरिकोट ल्याइएको छ ।   नेपाली सेनाको हेलिकप्टरले ती शव ल्याएको हो । अझै दुई वटा शव तामाकोसी किनारमै ढुङ्गाले थिच्चिएको अवस्थामा रहेका छन् । यहाँ ल्याइएको शव मोरङ, विराटनगरका युवराज...

ओलीले भने, ‘राष्ट्रलाई विपत परेका बेला सबै राजनीतिक दल मिल्नुपर्छ’

२०७२ वैशाख २१ गते १२:४७

काठमाण्डु,२१ वैशाख-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय विपतको अवस्थामा धैर्यधारण गर्दै क्षतिग्रस्त संरचना र घरको पुनःनिर्माणका लागि सरकार र राजनीतिक दल मिलेर जानुपर्ने बताएका छन् ।   गोँगबु गणेशस्थानस्थित गण्डकी गलैँचा उद्योगको क्षतिग्रस्त भवनको सोमबार अवलोकन गर्दै उनले सो कुरा बताएका हुन् ।...

भूकम्प पीडितले गुनासो पोखे, ‘पुहँचवाला र नेता नजिकका मानिसले राहत लगेको टुलुटुल हेरेर बसेका छौं’

२०७२ वैशाख २१ गते १२:३५

ललितपुर,२१ वैशाख-गत साता गएको विनाशकारी भूकम्पबाट पीडितका लागि वितरण गरिएको राहत सामग्रीमा विभेद भएको गोदामचौरका पीडितहरूले गुनासो गरेका छन् ।   चक्रपथबाट करिब १० किलोमिटर टाढा रहेको गोदावरी नगरपालिकाअन्तर्गत सुगम गाउँका बासिन्दाले सो गुनासो गरेका हुन् ।   खासगरी नगरपालिकाको वडा नम्बर १ र...

भग्नावशेषबाट निस्कियो १ करोड ४८ लाख

२०७२ वैशाख २१ गते १२:१५

काठमाण्डु, २१ वैशाख – सशस्त्र प्रहरीको उद्धारटोलीले काठमाण्डुको बालाजुस्थित बैंक अफ काठमाण्डुको भग्नावशेष भवनबाट २ करोड ४८ लाख ८५ हजार ४ सय रुपैया निकालेको छ । भग्नावशेषमा पुरिएको २ हजार ८ सय ७९ अमेरिकी डलर र ७१ थाई भाट पनि फेला परेको छ ।...

भूकम्पमा भद्रबन्दी गृहका १६ कैदीको मृत्यु

२०७२ वैशाख २१ गते १२:१५

काठमाण्डु,२१ वैशाख-वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी १६ कैदीको मृत्यु भएको छ ।   काठमाण्डुस्थित केन्द्रीय कारागार भद्र बन्दीगृहको भवन भत्किएर ती कैदीको मृत्यु भएको जेलर वेदबहादुर कार्कीले जानकारी दिए । पुरिएका कैदीहरुको शव निकाल्न तीन दिन लागेको थियो ।   मृत्यु हुनेमा मोहम्मद...

सँगै जीवन जिउन नपाएपछि…

२०७२ वैशाख २१ गते ११:३८

सर्लाही,२१ वैशाख-विवाह गरेर सँगै जीवन बिताउन नपाउने भएपछि सर्लाहीको कर्मैयास्थित एक जोडीले आत्महत्या गरेका छन् ।   कर्मैया गाविस–५ निवासी २५ वर्षीय लक्ष्मण भण्डारी र १७ वर्षीया सुस्मिता सुनुवारले एउटै रुखमा झुन्डिएर आत्महत्या गरेका हुन् ।   इलाका प्रहरी कार्यालय कर्मैयाका प्रमुख यज्ञनन्द साहका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us