लहान,२१ वैशाख-पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको बडहरामालस्थित सडकमा सोमबार बिहान यात्रुबाहक बस पल्टिँदा १५ जना घाइते भएका छन् । दाङबाट यात्रु लिएर विराटनगर आउँदै गरेका ना५ख ५४६४ नम्बरको रात्रि बस बिहान ५ बजे बडहरामाल–५ स्थित बस्तीपुर चोकमा अनियन्त्रित भई पल्टिँदा बसमा सवार १५ जना घाइते...
काठमाण्डु, २१ वैशाख– सोमबार मोबाइलमा भ्रामक कुरा लेखेर पठाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । एनसेलको सीमबाट १५ जनालाई एसएमएस पठाए नौ सय र दुई सय रुपैयाँ बोनस पाइन्छ भनेर जताततै एसएमस गर्ने उनीहरुलाई सोमबार काठमाण्डुबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा...
खोटाङ,२१ वैशाख-किरात समुदायको महान् पर्व साकेला उभौली सुरु भएको छ । ‘खेतीपाती सप्रियोस्,रोगव्याधी नलागोस्,प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गरी महिनादिनसम्म उभौली पर्व मनाउने प्रचलन छ । साकेला पर्वको अवसरमा परम्परागत वेशभूषामा सजिएका दाजुभाइ,दिदीबहिनी,बुबाआमा,इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र...
चरिकोट, २१ वैशाख-चौँरीगाई चराउन जङ्गल गएकी एक गर्भवती महिलाको विनाशकारी भूकम्प आएको दश दिनपछि उद्धार गरिएको छ । गौरीशङ्कर गाविसकी ती गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट सोमबार उद्धार गरिएको हो । जङ्गलमै अलपत्र परेको खबर पाएपछि चरिकोटस्थित बर्दबहादुर गणका प्रमुख सेनानी विश्वासविक्रम शाह...
काठमाण्डु, २१ वैशाख– नेकपा एमालेले भूकम्प प्रभावितहरुका लागि १८ हजार क्विन्टल चामल संकलन गर्ने निर्णय गरेको छ । आइतबार बसेको स्थायी समिति बैठकले झापादेखि कञ्चनपुरसम्मका भूकम्पको प्रभावमा नपरेका १८ जिल्लाबाट १८ हजार क्विन्टल चामल संकलन गर्न अञ्चल र जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।...
काठमाण्डु, २१ वैशाख– नेपाली सेनाको एनए–०३८ एमआइ–१७ हेलिकप्टर दुर्घटनामा परेको समाचार सत्य नभएको धुन्चेस्थित सेनाको नारायण दल गणले जनाएको छ । उक्त हेलिकप्टरमा प्राविधिक समस्या भएको हो वा होइन भन्नेबारे परीक्षण गर्न अहिले धुन्चेस्थित सेनाको हेलिप्याडमा राखिएको छ । परीक्षणका लागि काठमाण्डुबाट सेनाको प्राविधिक...
जाजरकोट,२१ वैशाख- चैत १८ गतेदेखि जाजरकोटमा महामारीको रुपमा फैलिएको स्वाइन फ्लु र सिजनल फ्लुका कारण बन्द भएका विद्यालय मङ्गलबारदेखि खुल्ने भएका छन् । जिल्ला दैवी प्रकोप उद्धार समिति जाजरकोटले गरेको निर्णयअनुसार महामारी नियन्त्रण भएको भन्दै वैशाख २२ गते मङ्गलबारदेखि विद्यालय खोलेर पठनपाठन सुरु...
देखिरहनु भएको यो तस्बिर सन् २००७ मा ना–सुोन गुयेन नामक फोटोग्राफरले भियतनामको गियाङ प्रान्तमा खिचेका थिए । एक बालक र एक बालिकाको यो तस्बिर दाजु बहिनीको जस्तो देखिन्छ । तर भारतको इन्डिया टिभीले यहि तस्बिरलाई नेपालको थामेल गाउँबाट उद्धार गरिएको भन्दै भ्रम सिर्जना गरिदीयो...
धादिङ,२१ वैशाख-प्रलयकारी भूकम्पले जिल्लाका अधिकांश घर भत्काएको अवस्थामा जिल्ला दैवीप्रकोप उद्धार समितिले राहत वितरणलाई जिल्लाका सबै गाविसमा पु¥याएको दाबी गरेपनि दुर्गम गाउँमा अझैसम्म पनि राहत पुग्न सकेको छैन । आइतबारसम्म राहत नपुगेको र उद्धार कार्यसमेत हुन नसकेको उत्तरको झार्लाङ,रि,सेर्तुङ, लापालगायतका गाविसमा उद्धार कार्यसँगै...
जाजरकोट,२१ वैशाख-जिल्लाको एक विद्यालयमा करारमा शिक्षक नियुक्त भएपछि पैसा तिर्ने भन्दै विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले होटलमा गएर ५७ हजारको बियर खाएको खुलासा भएको छ । जिल्लाको डाँडागाउँ गाविसमा रहेको नेरा प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बहादुर बुढा,सदस्य ललित विष्ट,गोरख पुन,मनबहादुर विष्ट,ज्ञानेन्द्र पुन,मिश्री पुनलगायतले...
काठमाण्डु,२१ वैशाख-सरकारले संसद्को आगामी बैठकमा भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत तथा पुनःस्थापनासहितको विशेष सङ्कल्प प्रस्ताव पेस गर्ने भएको छ । व्यवस्थापिका–संसद्को वैशाख २४ गते बस्ने बैठकमा सबै दलका तर्फबाट साझा कार्यक्रम तय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको नेपाली काँग्रेस,नेकपा एमाले र...
सप्तरी, २१ वैशख– जिल्लाको ललामपट्टी गाविस– ९ स्थित एक पोखरीमा डुबेर स्थानीय फागु साहकी ६ वर्षीया छोरी रुबी साहको मृत्यु भएको छ । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नाराणसिंह सगरमाथा अञ्चल अस्पतालमा प्रहरी कार्यालयले जनाइएको छ ।...