इटहरी, २१ वैशाख – विनाशकारी भूकम्पमा परेर ध्वस्त भएको दुर्गम क्षेत्र सिन्धुपाल्चोकमा राहत पुग्न नसकेको समाचार आइरहेको अवस्थामा सुनसरीका एम्बुलेन्स चालक राहत बोकेर सिन्धुपाल्चोकतर्फ लागेका छन् । एम्बुलेन्स चालक सङ्घ सुनसरीको नेतृत्वमा खाद्यान्न, त्रिपाल तथा औषधिसहित सङ्कलन गरेर सिन्धुपाल्चोकतर्फ लागेका हुन् । राहत विरतरणसँगै...
काठमाण्डु, २० वैशाख– भूकम्प पीडितका लागि राहत स्वरुप वितरण गरिएको पिउने पानी कम गुणस्तरहीन पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वितरित राहत सामग्रीको निरीक्षण तथा गुणस्तर जाँचका क्रममा कम गुणस्तरको पानी बाँडिएको भेटिएको हो । विभागले आइतबार विज्ञप्ति जारी...
काठमाण्डु, २० बैशाख– वैशाख १२ गते मध्यान्ह ११ः५५ बजे देशका विभिन्न भागमा आएको बिनाशकारी भुकम्पमा परी आइतबार ६ बजेसम्म बजेसम्मको प्राप्त जानकारी अनुसार ७,२५० जनाको ज्यान गुमेको छ भने १४,२६७ जना घाइते भएका छन् । ज्यान गुमाउनेहरुमा उपत्यकामा १६४४, पूर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा...
काठमाण्डु, २० वैशाख– आइतबार पनि केही स्थानमा भूकम्पको झड्का महशुस भएको छ । दिउसो करिव ५ बजेर ३० मिनेटमा नुवाकोटलाई केन्द्र बिन्दु बनाइ ४.९ रेक्टरको भूकम्प गएको हो ।...
रूपन्देही, २० वैशाख– भूकम्पपीडितका लागि भारतबाट ल्याइएको राहत सामग्री भैरहवाको एक निजी राइस मिलबाट बरामद गरिएको छ । छिमेकी मुलुक भारतको वाराणसीमा रहेको कैलाशपुरी सेवा आश्रमबाट युपी६३जे ९१०० नम्बरको ट्रकमा आएको सो राहत सामग्री सिद्धार्थनगर नगरपालिका–४ मा रहेको आचार्य राइस मिलबाट आज दिउँसो...
काठमाण्डु, २० वैशाख–बल्खुमा रहेको एमाले मुख्यालय अब पाटनस्थित च्यासलमा रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । वैशाख १२ गते आएको महाभूकम्पका कारण बल्खुमा रहेको मुख्यालय क्षतिग्रस्त भएपछि पाटन सार्न लागिएको हो । आइतबार सशस्त्र प्रहरीकोको उद्धार टोलीको सहयोगमा बल्खुको भवनको रेस्क्यू गरिएको थियो...
काठमाण्डु, २० वैशाख– महाभूकम्पले निम्त्याएको महाविपत्तिका कारण विगत नौ दिनदेखि नेपाल शोकमा छ । सारा जनता शोकाकुल छन् । पीडितलाई राहत र उद्धार प्रदान गर्नु सरकारको पहिलो कर्तव्य हो । यसमा सरकार लागिरहेको पनि छ । तर सरकारका मन्त्री आफैं पीडितसम्म पुगेर शोकाकुल जनतालाई...
बनेपा, २० वैशाख– काभ्रेपलाञ्चोक जिल्लाको सुगम स्थानमा पनि भूकम्पपीडितले राहत सामग्री पाउन सकेका छैनन् । बनेपा नगरपालिका र आसपासका गाविसका सुगम स्थानमा समेत राहत सामग्री नपुग्दा बनेपा नगरपालिका कार्यालयमा राहत माग्ने भूकम्पपीडितको भीड लागेको छ । तर बनेपा नगरपालिकाले राहत सामग्री पर्याप्त नहुँदा वितरणमा...
इलाम, २० वैशाख–दाहसंस्कार गर्न लागिएको एक महिलाको शवलाई जिल्ला प्रहरी कार्यालय इलामको टोलीले घाटबाट उठाएको छ । हत्या गरी दाहसंस्कार गर्न लागेको खबर स्थानीयवासीले दिएपछि पाँचथरको अमरपुर–९ स्थित माइतीमा बस्दै आएकी शान्ता तामाङको शव प्रहरीले घाटबाट उठाइ शव परीक्षणका लागि अस्पताल पु¥याएको छ ।...
काठमाण्डु १६ वैशाख– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चाइना गेजुवा ग्रुप कम्पनीले दुई लाख अमेरिकी डलर प्रदान गरेको छ । नेपालमा हालै आएको भूकम्पबाट पीडितहरुको उद्धार, राहत,पुनस्थापना र पुननिर्माण कार्यका लागि सिजिजिसीले सो रकम सहयोग गरेको हो । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा कम्पनीका...
सिन्धुली, २० वैशाख– जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बढी भाडा लिने १५ वटा बस तथा सुमो गाडीबाट यात्रुहरुलाई भाडा फिर्ता गराएको छ । प्रहरीले शनिबार बढी भाडा लिने ती सवारी साधनबाट ७७ हजार ९ सय ५० रुपैयाँ सम्बन्धीत यात्रुहरुलाई फिर्ता गराएको जनाएको छ ।...
काठमाण्डु, २०- वैशाख विश्वका अर्वपतिको सूचिमा नेपालबाट सूचिकृत एक मात्र धनाढ्य हुन् विनोद चौधरी । हरेक वर्ष अन्तर्राष्ट्रिय फोब्र्स पत्रिकाले निकाल्ने विश्वका अर्बपतिको सुचिमा चौधरी यो वर्ष १४१५ औं स्थानमा छ । उनको सम्पति १ अर्व ३१ करोड अमेरिकी डलर छ । उनी तीन...