समाचार

सबैलाई राहत वितरण गर्न दिनेमा तीन दल सहमत

२०७२ वैशाख २० गते ७:१५

काठमाण्डु, २० वैशाख– सरकारले भूकम्प पीडितलाई एकद्वार प्रणालीबाट मात्र राहत वितरण हुनुपर्ने बताउँदै आइरहेका बेला प्रमुख तीन राजनीतिक दलले भने सबैलाई राहत वितरण गर्न दिनुपर्नेमा सहमति गरेका छन् । विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा अझैसम्म पनि राहत सामग्री नपुगेको गुनासो आएपछि त्यस सम्बन्धमा छलफल गर्न...

पाँच दिनसम्म जीवन र मृत्युसित सङ्घर्ष गर्नेको कथा

२०७२ वैशाख २० गते ६:११

  काठमाण्डु, २० वैशाख– पाँच दिनसम्म जीवन मृत्युसित सङ्घर्ष गरेपछि बाँचिएला भन्ने काठमाण्डु बूढानीलकण्ठका धीरबहादुर खड्कालाई विश्वासै थिएन । तर काल नआएपछि जस्तोसुकै सङ्कटमा पनि बाँचिदोरहेछ ।   कार्यालयमा काम गरेर बसेका बेला पहराबाट ढुङ्गा खस्ला र भाग्नुपर्ला भन्ने कार्यालय सहयोगी खड्काले कहिल्यै सोचेका...

सुरक्षा निकाय भन्छ, ‘जीवितै उद्धार हुने सम्भावना कम, प्रयास अझै जारी’

२०७२ वैशाख २० गते ४:२७

काठमाण्डु, २० वैशाख– विनाशकारी भूकम्प आएको आज आठ दिन बितेको छ । प्राकृतिक विपत्तिले हालसम्म ७ हजार १ सइ ६७ को निधन भइसकेको छ भने १४ हजार ५९ घाइते भएका छन् । हजारौँ पशुचौपाया र धनजनको क्षति भएको छ । यो पछिल्लो तथ्यांक आइरहँदा...

आज पनि एकाबिहानै भूकम्पका तीन धक्का

२०७२ वैशाख २० गते ४:१४

काठमाण्डु, २० वैशाख– आज बिहान मात्र सिन्धुपाल्चोक, धादिङ र गोरखा केन्द्र भएर तीन वटा भूकम्पका महसुस भएका छन् । बिहान ३ बजेर २९ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४.५, ४ बजेर २४ मिनेट जाँदा धादिङ केन्द्र भएर ४.० र ५ बजेर ४७ मिनेट जाँदा...

भूकम्पले १ लाख २६ हजार गर्भवती प्रभावित

२०७२ वैशाख २० गते ४:०४

काठमाण्डु, २० वैशाख–संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) ले करिब १ लाख २६ हजार गर्भवतीका भूकम्पबाट प्रभावित भएको अनुमान गरेको छ । युएनएफपिएले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा झन्डै १ लाख २६ हजार गर्भवती प्रभावित भएको र २० लाख प्रजनन उमेरका किशोरी भूकम्पबाट प्रभावित भएको...

भूकम्पमा ज्यान गुमाउनेको संख्या सात हजार नाघ्यो

२०७२ वैशाख २० गते ३:४७

काठमाण्डु, २० वैशाख– वैशाख १२ गते आएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या सात हजार नाघेको छ । अहिलेसम्म भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ७ हजार  ४० पुगेको छ । गृह मन्त्रालयका अनुसार भूकम्पबाट १४ हजार ३ सय ९८ घाइते बनेका छन् । मृत्यु...

गोरखाको भूकम्प प्रभावित क्षेत्रमा झाडापखालाको महामारी खतरा

२०७२ वैशाख १९ गते १५:१९

गोरखा, १९ वैशाख- गत साता गएको महाभूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको प्रभावित क्षेत्रमा झापापखालाको महामारी फैलने खतरा बढेको छ । उत्तरी गोरखाको बारपाक, लाप्राक, कासीगाउँ, केरौंजा, गुम्दालगायत गाविसका सर्वसाधारणमा झाडापाखाला देखिएको हो । समयमै लासहरु नगाडिएको तथा सफा पिउने पानीको अभाव भएका कारण झाडापखाला महामारीका...

भूकम्प आउँदैछ भनेर माईकिङ गर्नेले भेटे प्रहरीको रामधुलाई

२०७२ वैशाख १९ गते १४:१२

काठमाण्डु, १९ वैशाख- भूकम्प आउँदैछ भनेर गत बिहिबार राजधानीमा माईकिङ गर्दै हिडेका राजेन्द्र खड्गीलाई प्रहरीले रामधुलाई गरेको छ । ललितपूरबाट माईकिङ गर्दागर्दै प्रहरीको पक्राउमा परेका खड्गीलाई समाजमा आतंक मच्चाएको भन्दै प्रहरीले मरणासन्न हुने गरि पिटेको थाहा भएको छ । हाल महानगरिय प्रहरी परिसरमा राखिएका...

भूकम्प आउँदा हृदयघातले कुलदेवको गयो ज्यान

२०७२ वैशाख १९ गते १३:५१

काठमाण्डु, १९ वैशाख- भूकम्म आउँदा डराएकै कारण हृदयघातले शनिबार एक जनाको निधन भएको छ । बुढानिलकण्ठका ४६ वर्षीय कुलदेव खड्का विहान ११ः३० बजे भूकम्प आउनासाथ हृदयघातका कारण बेहोस भएका थिए । उनलाई उपचारका लागि महाराजगञ्ज शिक्षण अस्पतालमा लगिएपनि त्यहाँ पुर्याउनासाथ अस्पताललेल मृत घोषित गरेको...

भूकम्पले ३ लाख घरमा क्षति, १ लाख बढी घर पूर्ण रुपमा ध्वस्त

२०७२ वैशाख १९ गते १२:५८

काठमाण्डु, १९ वैशाख- शनिबार गएको भूकम्पका कारण हजारौँ मानिसहरुले ज्यान गुमाए भने कैयौ घरहरु क्षतिग्रस्त भए । मानिसहरु आफ्नो घर क्षति भएपछि बाटोमा बस्न बाध्य भए । भूकम्पले देशभरबाट ४५ जिल्लाका १ लाखभन्दा बढी घरमा पूर्ण रुपमा क्षति भएको गृहमन्त्रालयले जनाएको छ । उसका...

भारतीय हेलिकोप्टरको मुख्य ध्यान आफ्नै नागरिक ओसार्ने मात्रै

२०७२ वैशाख १९ गते १२:५०

काठमाण्डु, १९ वैशाख – उद्धारका लागि नेपालमा परिचालित भारतीय वायु सेनाको हेलिकोप्टरहरुको मुख्य काम सकुशल रहेका भारतीय नागरिक ओसार्ने मात्रै भएको छ । भारतीय वायु सेनाका हेलिकोप्टरहरु काठमाण्डुबाट भूकम्प प्रभावित विभिन्न क्षेत्रमा पुग्छन् । ती क्षेत्रमा रहेका भारतीयलाई मात्रै बोकेर फर्कन्छन् । हेलिकोप्टरमा ठाउँ...

जहाँ अझै ३०० हराइरहेका छन्…

२०७२ वैशाख १९ गते १०:४४

काठमाण्डु, १९ वैशाख रसुवा जिल्ला प्रशासन कार्यालयले भूकम्पमा परी मृत्यु भएकाका परिवारलाई रु ४० हजारका दरले तत्कालीन राहतस्वरुप रकम उपलब्ध गराउन सुरु गरेको छ । सो जिल्लामा भूकम्पमा परेर ३०४ जनाको निधन भएको थियो । हालसम्म उत्तरी लाङ्टाङ गाविसमा मात्रै ३०० को हाराहारीमा नागरिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us