समाचार

विनासकारी भूकम्पमा मृत्यु हुनेको संख्या ८ हजार ६ सय ५० पुग्यो

२०७२ जेठ ९ गते ७:४१

काठमाण्डु, ९ जेठ– गत वैशाख १२ मा आएको विनाशकारी भूकम्प र त्यसपछि आएका ठूला पराकम्पनमा परी शनिबार बिहान १० बजेसम्म ८ हजार ६ सय ५० जनाको निधन भएको तथा २२ हजार ४० घाइते भएका छन् । भूकम्पका केन्द्रविन्दु गोरखाको बारपाक तथा दुई पराकम्पनका केन्द्रविन्दु...

सरकार हराएको छैन, पीडित जनतासँगै छ : प्रधानमन्त्री

२०७२ जेठ ९ गते ७:१७

काठमाण्डु, ९ जेठ– प्रधानमन्त्री सुशील कोइरालाले सरकार भूकम्प पीडित नेपाली जनतासँगै रहेको बताएका छन् । कांग्रेस केन्द्रीय खेलकुद विभागद्वारा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘विपद् व्यवस्थापन स्वयंसेवक’ शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री कोइरालाले भूकम्पले पारेको विपत्तिको नेपाली जनताले सामना गरिरहेको बताउँदै भने, ‘जनताको पीडामा सरकारसँगै छ,...

सिन्धुपाल्चोक पुगेर प्रचण्डले यसरी गरे पुनःनिर्माण अभियानको सुरुआत (फोटो फिचर)

२०७२ जेठ ९ गते ६:२१

काठमाण्डु, ९ जेठ– एमाओवादीले  भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि अभियान थालेको छ । ‘एकीकृत पुनः निर्माण अभियान’ को सुरुआत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोकको साँगास्थित जनजागृत उच्च मावि भवन पुनःनिर्माणको शुभारम्भसँगै गरे । जनतासँग अलग रहन नसक्ने र जनताको दुःखमा...

मियाँको तीन वर्षपछि कङ्काल फेला

२०७२ जेठ ९ गते ६:२०

सप्तरी, ९ जेठ– कर्तव्य ज्यान मुद्दासम्बन्धी पुराना मुद्दामा सप्तरी प्रहरीले अनुगमन तीव्र पारेपछि तीन वर्षदेखि बेपत्ता रहेका टिकुलिया गाविसका एक व्यक्तिको हत्या गरी माटामुनि पुरिएको कङ्काल प्रहरीले फेला पारेको छ । पछिलो पटक विशेष सुराकीका आधारमा कल्याणपुरस्थित एक गाउँबाट टिकुलिया गाविस–४ का ४८ वर्षीय...

छोरा नजन्माएको भन्दै घरबाट निकालिइन् २३ वर्षीया ललिता

२०७२ जेठ ९ गते ५:१७

मोरङ, ९ जेठ– मोरङको बेलबारी एक महिला छोरो नजन्माएको निहुँमा घरबाट निकालिएकी छिन् । बेलबारी घर भएकी २३ वर्षीया ललिता रायले छोरा नजन्माएको भन्दै घर निकाला गरिएकी हुन् । ललितालाई सासू, ससुरालगायत परिवारका अरु सदस्यको मिलेमतोमा छोरी जन्माएको भन्दै घरबाट निकाला गरेको पीडितको भनाइ...

युवालाई अपराधबाट टाढा राख्ने विषयमा अन्तरक्रिया

२०७२ जेठ ९ गते ४:४७

 विराटनगर, ९ वैशाख – युवाहरुलाई हिंसात्मक क्रियाकलपाबाट टाढा राख्ने वातावरण सिर्जना गर्नेबारे एक अन्तरक्रिया भएको छ । युवा अभियान मोरङको आयोजना भएको अन्तरक्रियामा युवाहरुलाई रोजगारी, शिक्षा, अवसर प्रवाह गर्नु पर्ने धारणा सहभागीहरुले राखे । कार्यक्रममा युवाहरु, संचारकर्मी, नेपाल प्रहरी, महिलाहरु, तेश्रो लिंगी लगाएतले सहभागीता...

भूकम्पपीडितका लागि सेनाको स्वास्थ्य शिविर

२०७२ जेठ ९ गते ३:१७

  भक्तपुर, ९ जेठ – नेपाली सेनाले भूकम्पपीडितका लागि यहाँ सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार जनाभन्दा बढी लाभान्वित भएका छन् । महामञ्जुश्री नगरकोट नगरपालिकास्थित सुडाल मिश्रिकोटारमा आयोजना गरेको स्वास्थ्य शिविरमा नेपाली सेनाको सात चिकित्सकसहित नर्स, ल्याब टेक्निसियनसहित १७ जनाको स्वास्थ्य टोली तथा...

बारपाकमा पानीको मूहान सुक्यो, सय घरधुरीलाई समस्या

२०७२ जेठ ९ गते ३:१२

गोरखा, ९ जेठ–वैशाख १२ गते गएको विनाशकारी भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाविस–१ पोखरी गाउँको पूर्व र पश्चिम भएर बग्ने दुईवटा खोलामा पानी सुकेको छ । बारपाक र सौरपानीको सिमाना भएर बग्ने हस्र्याङ्खोला र सम्लेडाँडाबाट आउने खोला सुकेको स्थानीय बुधमाया गुरुङले बताइन् । “हाम्रो गाउँमा...

जहाँ ओडारमा किरिया बस्नुपर्छ

२०७२ जेठ ९ गते ३:००

धनगढी, ९ जेठ – ओडारमा बास बसेर किरिया बस्छन् भन्ने सुन्दा पत्यार नलाग्न सक्छ । तर डोटी जिल्लाको मान्नाकापडी गाविसका कतिपय क्षेत्रमा ओडारमा किरिया बस्ने अनौठो प्रचलन विद्यमान रहेको छ । मान्नाकापडीको मान्ना, बाजवाटा, बुढेटार, चुन्थला, बजाडलगायतका गाउँमा १३ दिनसम्म ओडारमा बसेर किरिया बस्ने...

घरै उठाएर २६ परिवारलाई एक–एक थान पाल दिइयो

२०७२ जेठ ९ गते २:५५

म्याग्दी, ९ जेठ– वैशाख १२ गतेको भूकम्प र पटकपटकको पराकम्पनका कारण पहाड भत्किएर पहिरोको जोखिममा परेको बैसरीका २६ घरधुरीलाई सुरक्षित ठाउँमा सारिएको छ । कालीगण्डकी नदी पारी राम्चे गाविस–९ स्थित काफलडाँडाको भिर भत्किँदा जोखिममा परेका भगवती–२ बैसरी र राम्चे–९ को बस्तीलाई खाली बनाई सुरक्षित...

रसुवामा ध्वस्त भूभागको अध्ययन सुरु

२०७२ जेठ ८ गते १३:३५

रसुवा,८ जेठ-भूकम्पपश्चात् चिराचिरा भएको रसुवाका भूभाग अध्ययन गर्ने कार्य शुक्रबारदेखि सुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद भट्टराईका अनुसार खानी तथा भूगर्भ विभागको एक विज्ञ टोलीले रसुवागढी क्षेत्रबाट अध्ययन सुरु गरेको र कुन ठाउँमा बसोबास गर्न हुने र नहुने छुट्याई छिट्टै प्रतिवेदन प्राप्त...

यस्तो रहेछ पर्यटनमन्त्री दीपकचन्द्र अमात्यले राजीनामा दिनुको भित्री कारण

२०७२ जेठ ८ गते १२:५५

काठमाण्डु, ८ जेठ–देश भूकम्पको पीडामा रहेको र यो पीडालाई सम्बोधन गर्न राष्ट्रिय सरकारको आवश्यकता महसुस गरिरहेकै बेला वर्तमान सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले राजीनामा दिएका छन् । कार्यकुशलता नदेखिएको भन्दै एमालेले उनलाई पद पदबाट हट्न दबाब दिएको समचार मिडियामा आए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us