समाचार

उपप्रधानमन्त्री सिंहद्वारा क्षतिग्रस्त त्रिभुवन विश्वविद्यालय भवनको निरीक्षण

२०७२ जेठ ८ गते ५:००

काठमाण्डु, ८ जेठ– उपप्रधानमन्त्री प्रकाशमान सिंहले भूकम्पका कारण क्षतिग्रस्त त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको शुक्रबार बिहान निरीक्षण गरेका छन् । उनले भूकम्पका कारण क्षतविक्षत बनेको विश्वविद्यालयका शिक्षाध्यक्ष, रजिस्टारको भवनका साथै केन्द्रीय कार्यालयका अन्य क्षतिग्रस्त संरचना, त्रिवि स्मृति भवन, त्रिवि केन्द्रीय पुस्तकालय भवनको निरीक्षण गरेका...

भीरमा लाश देखिन्छ, निकाल्न सकिँदैन

२०७२ जेठ ८ गते ४:१६

गोरखा, ८ जेठ – वैशाखमा १२ मा गएको विनाशकारी भूकम्पमा परी गोरखाको विभिन्न भीरमा ज्यान गुमाएकाको शब अझै निकाल्न सकिएको छैन । लापु गाविसको हावाडाँडा र सौरपानी गाविसका विभिन्न क्षेत्रमा झरेको पहिरोमा पुरिएकाको शब निकाल्न नसकिएको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले जानकारी दिए ।...

बढी नाफा राखेर पाल बेच्ने व्यापारी पक्राउ

२०७२ जेठ ८ गते ३:५४

मोरङ, ८ जेठ – बजार मूल्यभन्दा बढी मुनाफा राखी त्रिपाल बेच्ने दुई व्यापारीलाई मोरङ प्रहरीले बिहीबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा प्रणम इन्टर प्राइजेजका जितेन्द्र सेठिया र अम्बिका बस्त्रालयका प्रदीप अग्रवाल रहेका...

विषाक्त प्रसाद खाँदा १५० जना सिकिस्त

२०७२ जेठ ८ गते ३:४१

गौशाला, ८ जेठ – महोत्तरीको भ्रमरपुरा गाविसमा गएराति पूजामा विषाक्त प्रसाद खाँदा स्थानीय १५० जना सिकिस्त बिरामी भएका छन् । भ्रमरपुरा गाविस–५ का गोपाल शर्माबाट आयोजना गरिएको सत्यनारायणको पूजामा बनाइएको प्रसाद खाँदा स्थानीय सिकिस्त बिरामी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पूजामा...

शिक्षकलाई मानसिक असर कम गर्न मनोपरामर्श

२०७२ जेठ ८ गते ३:३०

भक्तपुर, ८ जेठ – विनाशकारी भूकम्पका कारण शिक्षकमा परेको तनाब र मानसिक असरलाई कम गर्न मनोपरामर्श दिइएको छ । बिहीबार भक्तपुरमा संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) ले आयोजना गरेको विनाशकारी भूकम्प र मनोस्वास्थ्य शिक्षकका लागि भूकम्पको तनाब र मानसिक असरसम्बन्धी मनोपरामर्श दिएको हो ।...

नेपालमा फेरि भूकम्पको धक्का

२०७२ जेठ ७ गते १४:३४

काठमाण्डु, ६ जेठ– नेपालमा बिहीबार साँझ पुनः भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङ केन्द्रबिन्दु भएर साझँ ७ बजेर ३० मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको हो । गत वैशाख १२ मा गोरखालाई केन्द्रबिन्दु बनाएर ७ दशमलब ८ रेक्टर...

शौच गर्ने क्रममा बालिका बलात्कृत

२०७२ जेठ ७ गते १४:२३

रुपन्देही, ६ जेठ– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा एक १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । सिद्धार्थनगर नगरपालिका–४ दोगहरामा शौच गर्न गएका बेला बालिका बलात्कृत भएकी हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले घटनामा स्थानीय २४ वर्र्षीय राहुल तेली संलग्न रहेको जनाएको छ । रुपन्देही प्रहरी प्रवक्ता...

विश्वमा जन्मियो नयाँ देश , तपाई पनि नागरिक बन्न सक्नुहुनेछ

२०७२ जेठ ७ गते १३:१३

एजेन्सी– करिव डेढ महिना अघि एउटा नयाँ देशको जन्म भएको छ । सात वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस देश पछिल्लो समय विभिन्न कारणले विश्वमा नै चर्चा कमाउन सफल भएको छ । जुन देशको नाम हो लिबरल्याण्ड । यस देशको बारेमा अन्तर्राष्ट्रिय समर्थन नजुटिसकेता पनि...

एमाओवादीको राष्ट्रिय श्रम अभियानमा कुन नेता कहाँ खट्दैछन् ? (नामसहित)

२०७२ जेठ ७ गते १२:५८

काठमाण्डु,७ जेठ- टाउकोमा हेल्मेट र हातमा ह्यामर बोकेका आठ सय भन्दा बढी मान्छे तयारी हालतमा थिए । उनीहरू कुनै निर्माणको काममा जानका लागि तयार रहेका जस्तो देखिन्थे । मञ्चको अगाडि ‘राष्ट्रिय श्रम अभियान २०७२’ को ठूलो व्यानर टाँगिएको थियो । नियमित भन्दा फरक लाग्ने...

१२ वर्षीया बालिका झुण्डिएको अवस्थामा मृत फेला !

२०७२ जेठ ७ गते १२:३१

बारा, ७ जेठ– बिहीबार बारामा एक बालिका झण्डिएर मृतअवस्थामा फेला परेकी छन् । जिल्लाको अम्मरपट्टी–७ बाझोपट्टीमा बस्ने १२ वर्षीया रमिताकुमारी ठाकुर आफ्नै घरको पंखा झुण्ड्याउने अंकुसमा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी हुन् । उनले आफै आत्महत्या गरेकी हुन् वा  नियोजित भएको भन्ने...

काठमाण्डुको नरदेवीमा महिलामाथि दिउँसै लुटपाट !

२०७२ जेठ ७ गते १२:१६

काठमाण्डु,७ जेठ– बिहीबार काठमाण्डुको नरदेवीमा सुनको सिक्री र रिङसहित एकजना महिला लुटिएकी छन् । काठमाण्डु महानगरपालिका–१७ डल्लु डेरा गरी बस्ने नुवाकोट दुइपिपल–१ की २८ वर्षीया सविना श्रेष्ठ लुटिएकी हुन् ।  उनको अन्दाजी १.५ तोलाको सुनको सिक्री र आधा तोलाको सुनको रिङ लुटपाट भएको प्रहरीले...

सुमार्गीको मुक्ति टावर ढल्ने डरले एमाले नेताको उठिबास

२०७२ जेठ ७ गते ११:५६

काठमाण्डु, ७ जेठ– व्यापारी अजेयराज सुमार्गीले नयाँ बानेश्वरमा गैर कानुनी तरिकाले बनाएको मुक्ति टावर ढल्ने डरले त्यहाँ बसोबास गर्दै आएका एक एमाले नेता नै घर छाडेर हिडेका छन् । आठ तलाको नक्सा पास गरेर सुमार्गीले त्यहाँ ११ तले टावर बनाएका हुन् । नक्सा पास...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us