समाचार

भक्तपुरमा गहुँ भित्र्याउँदै कृषि मन्त्रालयका कर्मचारी !

२०७२ जेठ ९ गते १०:१८

भक्तपुर,९ जेठ-भूकम्पका कारण पीडामा परेका कृषकले बाली भित्र्याउन नसकेपछि कृषि विकास मन्त्रालयले शनिबारदेखि ताथलीबाट बाली भित्र्याऊ अभियान सुरु गरेको छ । साबिक ताथली गाविस वडा नं ८ सौडोल (हाल महामञ्जुश्री नगरकोट नगरकोट–३) मा शनिबार कृषि मन्त्रालयअन्तर्गत विभिन्न विभाग तथा कार्यालयका कर्मचारीले गहुँ काट्ने, चुट्ने...

जुत्ताभित्र १० तोला सुन लुकाएर ल्याउने प्रहरी फन्दामा

२०७२ जेठ ९ गते ९:४०

काठमाण्डु, ९ जेठ– दुबईबाट काठमाण्डु आएका भारतीय नागरिक धौव निकनिल देस्नी १० तोला सुनसहित पक्राउ परेका छन् ।   दुबईको एफ २८५७१ नम्बरको उडानबाट आएका उनलाई प्रहरीले अवैध रूपमा जुत्ताभित्र सुन लुकाएर ल्याएको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार देस्नीले...

भूकम्पको त्रास सामान्य बनाउन शैक्षिक संस्थाहरु खोल्नुपर्ने विज्ञहरुको जोड

२०७२ जेठ ९ गते ९:३८

काठमाण्डु,९ जेठ– शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालाहरुले विद्यालय र क्याम्पस सूचारु गर्न सके भुकम्पबाट त्रस्त जनजीवन विस्तारै सामान्य बन्दै जाने विश्वास व्यक्त गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा शनिवार आयोजित साक्षात्कारमा सरोकारवालाहरुले शैक्षिक संस्था सूचारु भए विद्यार्थी, शिक्षक, यातायात व्यावसायी र अभिभावक सक्रिय हुने...

स्थानीयले आफै बनाएर ११ कोठाको विद्यालय

२०७२ जेठ ९ गते ९:१८

राजेन्द्र न्यौपाने गोरखा, ९ जेठ– वैशाख १२ गते आएको विनासकारी भूकम्पका कारण क्षतविक्षत भएको गोरखा ताप्ले गाविसमा रहेको महालक्ष्मी उच्च माध्यमिक विद्यालय भवन यहाँका स्थानीय गाउँलेहरुले बनाएका छन् । कुल १७ कोठा क्षमताका भवनहरु पूर्णरुपमा भत्केपछि यहाँका गाउँलेहरुले आफैले सहयोग जुटाएर विद्यालय भवन निर्माण...

प्रहरी कार्यालयमा पनि कन्तबिजोग पा¥यो भूकम्पले !

२०७२ जेठ ९ गते ८:१८

लहान,९ जेठ-वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछि निरन्तर गइरहेका पराकम्पनका कारण जिल्ला प्रहरी कार्यालय सिरहासहित जिल्लास्थित एक दर्जनभन्दा बढी प्रहरी कार्यालयको संरचनामा क्षति पुगेको छ । भूकम्पका कारण कार्यालय भवनमा क्षति पुगेपछि कामकाज गर्न समस्या भएको प्रहरी प्रमुखहरुले बताएका छन् । जिल्ला...

वीरगञ्जमा पेस्तोलसहित दुइ भारतीय नागरिक पक्राउ

२०७२ जेठ ९ गते ८:०५

पर्सा,९ जेठ-वीरगन्जको नयाँ बसपार्कस्थित लुम्बिनी होटलबाट प्रहरीले गएराति एक थान पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भारत विहारको सिवान जिल्ला रामनगर बस्ने २७ वर्षीय प्रवीण सिंह र २८ वर्षीय मुकुल सिंहलाई एक थान आधुनिक...

मन्त्रीबाट राजीनामा दिएपछि कता हराए एमाले नेता अमात्य ?

२०७२ जेठ ९ गते ८:०४

काठमाण्डु, ९ जेठ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीबाट राजीनामा दिएका एमाले नेता दीपकचन्द्र अमात्य सार्वजनिक जीवनबाट एकाएक गायब भएका छन् । अमात्यले राजीनामा दिएपछि कसैको फोन उठाएका छैनन् । अमात्य पार्टी नेताको सम्पर्कमा समेत नआएपछि एमाले वृत्तमा उक्त विषयले चर्चा पाएको छ । स्रोतका...

भागेका कैदी प्रहरीको सम्पर्कमा आएपछि…

२०७२ जेठ ९ गते ७:५७

हेटौँडा,९ जेठ-वैशाख १२ गतेको भूकम्पपछि सिन्धुपाल्चोक कारागारबाट भागेका चारजना कैदी शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरको सम्पर्कमा आएका छन् । कैदी लामा तामाङ,ग्याल्बो तामाङ,सरिता घले र रिना मिजार सार्की (पहिलो तीन हत्या र पछिल्लो एक लागुऔषध कारोबार)  का मुद्दामा कैद भुक्तान गरिरहेको प्रहरी उपरीक्षक...

पूर्वाञ्चलमा चर्किएका भवन भत्किँदा दुईको मृत्यु

२०७२ जेठ ९ गते ७:४८

विराटनगर,९ जेठ-भूकम्पका कारण चर्किएका घर भत्किएर पूर्वाञ्चलमा थप दुई जनाको मृत्यु भएको छ । ओखलढुङ्गा जिल्लाको नर्मदेश्वर–८ मा क्षतिग्रस्त घरको निदालले किचेर ७२ वर्षीय रत्नबहादुर जोगीको शुक्रबार मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय,विराटनगरले जनाएको छ । घरको सामान झिक्ने क्रममा उनलाई निदालले किचेको थियो...

काष्ठमण्डप ढलेको देख्ने काठमाण्डुका युवा भन्छन्ः ‘त्यो दिन रक्तदान भैरहेको थियो, हेर्दाहेदै केहीलाई छोपिहाल्यो ’

२०७२ जेठ ९ गते ७:४२

काठमाण्डु,९ जेठ-काठमाण्डुको मरुटोल क्षेत्रका स्थानीयवासीलाई यतिखेर आफ्नो जीवनकै एक अङ्ग जस्तो बनेको काष्ठमण्डपको भग्नावशेष हेर्नुपर्दा मुटुमा भक्कानो छुटेर आउँछ । पर्यटकहरुको आकर्षणको केन्द्र बनेको काष्ठमण्डपसहित यस आसपासका महत्वपूर्ण ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदा क्षेत्र वैशाख १२ गतेको विनाशकारी भूकम्पसँगै खण्डहर बनेपछि त्यहाँको रौनकता केवल...

विनासकारी भूकम्पमा मृत्यु हुनेको संख्या ८ हजार ६ सय ५० पुग्यो

२०७२ जेठ ९ गते ७:४१

काठमाण्डु, ९ जेठ– गत वैशाख १२ मा आएको विनाशकारी भूकम्प र त्यसपछि आएका ठूला पराकम्पनमा परी शनिबार बिहान १० बजेसम्म ८ हजार ६ सय ५० जनाको निधन भएको तथा २२ हजार ४० घाइते भएका छन् । भूकम्पका केन्द्रविन्दु गोरखाको बारपाक तथा दुई पराकम्पनका केन्द्रविन्दु...

सरकार हराएको छैन, पीडित जनतासँगै छ : प्रधानमन्त्री

२०७२ जेठ ९ गते ७:१७

काठमाण्डु, ९ जेठ– प्रधानमन्त्री सुशील कोइरालाले सरकार भूकम्प पीडित नेपाली जनतासँगै रहेको बताएका छन् । कांग्रेस केन्द्रीय खेलकुद विभागद्वारा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘विपद् व्यवस्थापन स्वयंसेवक’ शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री कोइरालाले भूकम्पले पारेको विपत्तिको नेपाली जनताले सामना गरिरहेको बताउँदै भने, ‘जनताको पीडामा सरकारसँगै छ,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us