समाचार

भूकम्पमा बेपत्ता भएकालाई मृतक सरह राहत दिन सरकारलाई निर्देशन

२०७२ असार ३ गते १८:१९

काठमाण्डु, ३ असार– राष्ट्रिय विपद व्यवस्थापन, अनुगमन तथा निर्देशन समितिले बिनासकारी भूकम्पमा परि बेपत्ता भएका परिवारलाई पनि मृतक सरह राहत उपलध गराउन निर्देशन दिएको हो । बैठकमा समितिका अध्यक्ष रहेका सुवास नेम्वाङले भूकम्पमा परेर बेपत्ता भएकाहरु अब जिवितै भेट्टिने संभावना न्यून रहेकाले सरकारले मृतक...

असारमा संविधान, साउनमा राष्ट्रिय सरकारः भट्टराई

२०७२ असार ३ गते १८:१७

गोरखा, ३ असार– एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले आगामी साउन महिनाभित्रै मुलुकले राष्ट्रिय सरकार पाउने दाबी गरेका छन् । बिहीबार गृहजिल्ला गोरखा पुगेका भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै असार अन्तिममा संविधान जारी गरी साउनमा राष्ट्रिय सरकार गठनको तयारीमा दलहरु रहेको बताए । भट्टराईले संविधान जारी...

एमालेको नेतृत्वदायी भूमिकाका कारण १६ बुँदे सहमति भएको भण्डारीको दावी

२०७२ असार ३ गते १८:१३

काभ्रे, ३ असार–एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले १६ बुँदे सहमतिपश्चात् देश संविधान निर्माणको प्रक्रियामा अघि बढेको बताएकी छन् । एमाले स्वयम्सेवा अभियानअन्तर्गत अनेरास्ववियूले काभ्रेको कुशादेवीस्थित लालीगुँरास प्राविका लागि निर्माण गरेको पाँचकोठे टहराको हस्तान्तरण गर्दै बिहीबार नेतृ भण्डारीले उक्त कुरा बताएकी हुन् । एमालेको नेतृत्वदायी भूमिकाकै कारण...

भूकम्पले चर्केको घर भत्काउने क्रममा पाँच तलाबाट खसेर मजदुरको मृत्यु्

२०७२ असार ३ गते १७:५८

काठमाण्डु, ३ असार– भूकम्पले चर्किएको घर भत्काउने क्रममा पाँच तलामाथिबाट खसेर शुक्रबार काठमाण्डुमा एक मजदुरको ज्यान गएको छ । मृत्यु हुनेमा रामेछाप रस्नालु–१ स्थायी घर भई काठमाण्डु महानगरपालिका–६ तिनचुले डेरा गरी बस्ने २३ बर्षीय भरतबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ । काठमाण्डु तिचुलेस्थित नाम्तेन...

३८ वर्षीय शिक्षकले १७ वर्षीया छात्रालाई दुलही बनाएपछि…

२०७२ असार ३ गते १७:५०

बाँके, ३ असार– बाँकेको वकटुवा–६ स्थित नेपाल राष्ट्रिय माविका शिक्षक गुलाम रसुन इद्रसीले आफ्नै छात्रालाई कान्छी श्रीमती बनाएका छन् । लेखा र अर्थशास्त्र विषयका माध्यामिक शिक्षक ३८ वर्षीय गुलामले कक्षा १० मा अध्ययनरत १७ वर्षीया पूजासिंह ठकुरीलाई गत २८ जेठमा भगाएका हुन् । गुलामका...

संसद सचिवालयको सचिवमा शर्मा

२०७२ असार ३ गते १७:४९

काठमाण्डु, ३ असार –व्यवस्थापिका संसद् सचिवालयको सचिवमा मुकुन्द शर्मा सिफारिस भएका छन् । सचिवालयका सचिव ठाकुरप्रसाद बरालले विशिष्ठ श्रेणीको सेवा अवधी पुग्नु एक साता अघि नै गत जेठ २९ गते राजीनामा दिएपछि रिक्त रहेको पदमा शर्मा नियुक्त भएका हुन् । सभामुख अध्यक्ष रहेको व्यवस्थापन...

दाइजो नल्याउँदा पूर्वमन्त्री गुप्ताले श्रीमतिमाथि हिंसा गरे

२०७२ असार ३ गते १७:१२

दाईजोमा स्कोर्पियो नदिएको कारण ममाथि हिंसा भयोः श्रीमती काठमाण्डु, ३ असार– पूर्व कानूनमन्त्री एवं बर्तमान संविधानसभाका सदस्य बृजेशकुमार गुप्ताले भने अनुसारको दाईजो नल्याएको भन्दा आफूमाथि हिंसा गरेको आरोप उनकी श्रीमति संगिता बृजेश गुप्ताले आरोप लगाएकी छिन् । सात वर्षअघि विवाह भएकोमा विवाह पश्चात स्कोर्पियो...

पत्रकारसँग झुक्यो हिमालय टेलिभिजन व्यवस्थापन, पत्रकारले तलब पाउने

२०७२ असार ३ गते १७:११

काठमाण्डु, ३ असार–  नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र हिमालयन टेलिभिजन प्रतिष्ठान शाखाले पाँच सूत्रीय माग गरेको आन्दोलन सहमतिपछि स्थगित छ । महासंघ अध्यक्ष महेन्द्र विष्ट, हिमालयन टेलिभिजनका कार्यकारी निर्देशक च्याङ अग्रवाल र नेपाल पत्रकार महासंघ हिमालयन टेलिभिजन प्रतिष्ठान शाखा अध्यक्ष वाइपी घिमिरेले पाँच बुँदेसहमतिपत्रमा...

कार्यदलले शुक्रबारबाट मस्यौदा लेख्न थाल्ने

२०७२ असार ३ गते १६:३७

काठमाण्डु, ३ असार–संविधानसभाको मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठन भएको कार्यदलले संविधानको पहिलो मस्यौदाको खाका तयार पार्न शुक्रबारबाट काम शुरु गर्नेछ । सभापति सिटौलाले बिहिबार बिहानैबाट विभिन्न पक्षसँग छलफल गरेर आगामी सोमबारभित्र मस्यौदा तयार पार्ने गरी काम थालेका हुन् । विभिन्न पक्षसँगको छलफलबाट...

संविधानमा धर्म निरपेक्ष लेखेकै दिन आन्दोलनः खुमबहादुर

२०७२ असार ३ गते १६:२६

काठमाण्डु, ३ असार– नेपाली कांग्रेसका नेता एवंम् नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्र स्थापना महाअभियानका संयोजक खुमबहादुर खड्काले अब बन्ने संविधानमा धर्म निरपेक्ष लखेकै दिन आफूहरु आन्दोलनमा उत्रने चेतावनी दिएका छ । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले धर्म निरेक्षता नेपाली कांग्रेसकोलागि पनि दुर्भाग्यपूर्ण...

‘पत्नी र नातिनी बिते, अब मेरो र छोराको पालो’

२०७२ असार ३ गते १५:५०

विराटनगर, ३ असार– चारैतिर अग्ला बाँसको घारीका बीचमा मुसहर जातिको बस्ती । बस्तीभित्र ससाना परालका छाप्राहरु । हेर्दा नै अति विपन्न परिवार बस्ने थलो । अचेल सो बस्तीमा कालाजार रोगी देखिन थालेका छन् । विराटनगर उपमहानगरपालिकासँग जोडिएको पूर्वी भागमा अवस्थित वैद्यनाथपुर गाविस–५ अन्तर्गत खाप...

बामदेव भन्छन्, ‘राहत नपाएर कोही पनि भोकै मरेका छैनन्’

२०७२ असार ३ गते १५:२४

काठमाण्डु, ३ असार–एमालेका कार्यवहाक अध्यक्ष तथा उपप्रधान तथा गृह मन्त्री बामदेव गौतले राहतको अभावमा कोही पनि नमरेको बताएका छन् । बिहीबार एमालेले पार्टी कार्यालय बल्खुमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गौतमले रहात सबै ठाउँमा एकै समय र सही तरिकाले पु¥याउन नसके पनि सबैले पाएको राहत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us