समाचार

पहिरोको डरले रातभरी जाग्राम

२०७२ असार ४ गते ११:५७

म्याग्दी, ४ असार – वर्षा सुरु भएसँगै गाउँमाथिको भीरबाट पहिरो खस्न सुरु भएपछि जिल्लाको बेनी नगरपालिका–४ बगरफाँटका बासिन्दा त्रासका कारण रातभर जाग्राम बस्न बाध्य छन् । म्याग्दीको भकिम्ली गाविस–९ तोराखेतको डिलबाट वर्षासँगै पहिरो खस्न थालेपछि भीरको पुछारमा रहेको बगरफाँटका बासिन्दा रातभर जाग्राम बस्न बाध्य...

मोडेल कार्यक्रम अनुगमन हुँदै

२०७२ असार ४ गते ११:५०

जुम्ला, ४ असार – जिल्ला विकास समिति तथा कर्णाली रोजगार कार्यक्रम प्राविधिक सहायता जुम्लाद्वारा सञ्चालित कर्णाली रोजगार मोडेल कार्यक्रमको अनुगमन तथा अन्य विकास कार्यक्रमको अवस्थाका बारे बुझ्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईको एक टोली यहाँ आएको छ । सहसचिव भट्टराईले...

हनुमान ढोका दरबार क्षेत्र सरसफाइ

२०७२ असार ४ गते ११:४४

काठमाण्डु, ४ असार – नेकपा एमालेले हनुमान ढोका दरबार क्षेत्रमा शुक्रबार सरसफाइ गरेको छ । पार्टीले सञ्चालन गरेको राष्ट्रिय स्वयम्सेवक परिचालन अभियानअन्तर्गत दरबार क्षेत्रमा सरसफाइ गरिएको हो । सरसफाइ कार्यक्रममा नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव...

एसएलसीको नतिजा सार्वजनिक हुँदै

२०७२ असार ४ गते ११:१२

भक्तपुर, ४ असार –यस बर्षको एसएलसी नतिजा शुक्रबार सार्वजनिक हुँदै छ । परीक्षा नियन्त्रण कार्यालय श्रोतका अनसार बिहान १०ः३० बजे बोर्ड बैठक डाकिएको छ । दिउँसो १२ः३० बजे शिक्षा विभागमा पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्ने कार्यालयले जनाएको छ । यस बर्षको एसएलसीमा ५...

बागमती नदी थुनिँदा केही समय शान्तिनगर क्षेत्र जलमग्न (फोटोफिचर)

२०७२ असार ४ गते १०:३३

काठमाण्डु, ४ असार – बागमती नदीमा डाइभर्सनका लागि राखिएको ह्यूमपाइपमा फाहोर पसेर पानी अवरुद्ध हुँदा शुक्रबार बिहान केही समय काठमाण्डुको शान्तिनगर र बिजुलीबजार क्षेत्र जलमग्न भएको छ । रातिको वर्षातले बागमतीमा पानीको बहाव बढेको छ । फोहोरले डाइभर्सनको ह्यूमपाइप थुनिँदा पानी ओभर फ्लो भएको...

८१ वर्षसम्म पनि वृद्धा भत्ता पाइनन् सुमित्राले

२०७२ असार ४ गते ९:२८

पाल्पा, ४ असार – कोलडाँडा गाविस–७ की सुमित्रा विश्वकर्माले ८१ वर्षको उमेरमा अझै वृद्धा भत्ता पाएकी छैनन् । नागरिकताको अभावमा उनी वृद्धा भत्ता पाउनबाट वञ्चित भएकी हुन् । सुमित्राको नागरिकता बनाउन जान पैसाको अभावले नागरिकता बन्न सकेको छैन । कोलडाँँडा गाविसबाट जिल्ला सदरमुकाम तानसेन...

रातु खोलामा आएको बाढीले पूर्व पश्चिम राजमार्ग ठप्प

२०७२ असार ४ गते ९:२६

महोत्तरी ४ असार– महोत्तरीको बर्दिबासमा अवस्थित रातु खोलामा बाढी आएको कारण पूर्व पश्चिम राजमार्ग ठप्प भएको छ । गत वर्ष साउन २८ गते रातुमा आएको बाढीका कारण पुल भाँसिएपछि खोलाबाटै यातायात सञ्चालन हुँदै आएकोमा बिहिबार राति आएको बाढीले रातिदेखि पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको...

तारेभीरका २५ घर र विद्यालय सार्न सुझाव

२०७२ असार ३ गते १९:३२

काठमाण्डु, ३ असार – काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको तारेभीर आसपासका २५ घर र तारेभीर प्राथमिक विद्यालय छ महिनाका लागि सार्न भूगर्भविद्वले सुझाव दिएका छन् । खानी तथा भूगर्भ विभागका भूगर्भविद्वहरु लीलानाथ रिमाल र जयराज घिमिरेको समूहले तारेभीरमा भौगर्भिक अध्ययन गरी यस्तो निष्कर्ष निकालेको हो...

निजी विद्यालयको शुल्क छुट गराउन मन्त्रालयले अनुगमन गर्ने

२०७२ असार ३ गते १९:२३

काठमाण्डु, ३ असार – शिक्षा मन्त्रालयले निजी विद्यालयमा वृद्धि गरिएको शुल्क फिर्ता र भूकम्पपछिको बिदा अवधिको शुल्कमा छुट दिने सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता गरेको छ । विभिन्न १३ विद्यार्थी संगठनले उठाएको माग र त्यसका आधारमा भएका सहमति कार्यान्वयन गर्न मन्त्रालय तयार भएको हो ।...

बिना टेण्डर हतियार किन्ने समाचारको सेनाद्वारा खण्डन

२०७२ असार ३ गते १८:४४

काठमाण्डु, ३ असार– नेपाली सेनाले बिना टेण्डर इजरायलबाट हतियार र गोलीगठ्ठा ल्याउन रक्षा मन्त्रालयसँग स्वीकृति मागरेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले बिहिबार विज्ञप्ती जारी गरेर केही सञ्चारमाध्यममा समाचार आएजस्तो इजरायलबाट विनाटेन्डर ‘गभर्मेन्ट टु गभर्मेन्ट प्रणालीमा’ एक हजार भन्दा बढी...

संघीयता नभए मै आन्दोलनमा जान्छुः कोइराला

२०७२ असार ३ गते १८:४१

काठमाण्डु, ३ असार– प्रधानमन्त्री सुशील कोइरालाले १६ बुँदे सहमतिलाई लिएर शंका नगर्न आग्रह गरेका छन् । १६ बुँदे सहमति सच्याउन माग गर्दै बिहीबार ध्यानाकर्षणपत्र बुझाउन बालुवाटार पुगेका आदिवासी जनजाति महासंघका प्रतिनिधिसँग कोइरालाले संघीयताप्रतिको प्रतिबद्धतामा अनावश्यक आशंका नगर्न आग्रह गरेका हुन् । संघीयतामा सबैको साझा...

फ्रि भिसा र टिकटको निर्णयबाट पछि हट्दैनौं : श्रम राज्यमन्त्री

२०७२ असार ३ गते १८:२९

काठमाण्डु, ३ असार–श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले खाडीका छ मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा जाने कामदारलाई निःशुल्क हवाई टिकट र प्रवेशाज्ञा -भिसा) मा मात्रै पठाउने निर्णयबाट मन्त्रालय पछि नहट्ने बताएका छन् । बिहीबार पत्रकारसँग कुरा गर्दै ज्यमन्त्री गुरुङले प्रधानमन्त्रीले निःशुल्कको निर्णय फिर्ता लिन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us