काठमाण्डु, ४ असार–परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी परीक्षाको नतिजा सार्वजनिक गरेको हो । यस वर्षको परीक्षमा नियमिततर्फ ४७.४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन भने आंशिकतर्फ १३.८० प्रतिशत परीक्षाथी उत्तीर्ण भएका छन् ।...
कञ्चनपुर, ४ असार- कञ्चनपुरको कृष्णपुर–७ सिंहपुरका अन्दाजी वर्ष ३५ का घुम्मन चौधरी तीन दिनदेखि बेपत्ता छन् । चिनजानका व्यक्तिले फोन गरेर बोलाइएका चौधरी घर नफर्केपछि आफन्त र प्रहरीले चौधरीको खोजी गरे तर फेला परेनन् । फोनकर्ताले चौधरीलाई बुधबार राति १२ बजे अत्यन्त जरुरी...
कठमाण्डु, ४ असार-काठमाण्डु महानगरपालिकाले भूकम्पका कारण चर्किएका तथा जोखिम बढेका दुई हजार ६३६ घर भत्काउन घरधनीहरुलाई स्वीकृति प्रदान गरेको छ । भूकम्पका कारण भत्किएका तथा जोखिममा परेका घर भत्काउन र पुनःनिर्माणका लागि अहिले महानगरपालिकाको भवन विकास महाशाखाबाट अनिवार्य स्वीकृति लिनुपर्ने प्रावधान छ ।...
बागलुङ, ४ असार-मध्यपहाडी लोकमार्ग कालोपत्रे हुन थालेपछि बागलुङ–बुर्तिवाङ सडकको यातायात भाडा घटेको छ । भाडा निर्धारण समितिले बागलुङ–बुर्तिवाङ सडकमा गुड्ने सवारीको भाडादर कटौती गर्ने निर्णय गरेसँगै यात्रुहरु सस्तो भाडामा यात्रा गर्न पाउने भएका छन् । यातायात भाडा निर्धारण समितिको बिहीबार बसेको बैठकले...
काठमाण्डु, ४ असार–परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । यस वर्षको परीक्षमा ४७ दशमलव ४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । गत वर्षको तुलनामा...
सर्लाही, ४ असार-एक्कासि आएको भेलका कारण सर्लाहीको लालबन्दी नगरपालिका क्षेत्रको अधिकांश स्थान रातिदेखि डुबानमा परेको छ । डुबानले नगरपालिका क्षेत्रको उत्तरी गाउँ एवम् पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दी बजारका केही घरमा समेत क्षति पुगेको छ । रातिदेखि आएको भेलका कारण दर्जनौँ चौपाया मरेको स्थानीय बासिन्दाले...
शान्ति प्रक्रियामा आएपछि सर्वहारावर्गको दुहाई दिएर आएका हाम्रो पार्टीका केही नेता नवधनाढ्यमा परिणत भएका छन् । एक प्रकारले भन्ने हो भने पार्टी नै नवधनाढ्यहरुको कब्जामा परेको अवस्था छ । यो विषयलाई मैले पार्टीको आन्तरिक पद्धतिअनुसार बैठकहरुमा लगातार उठाउँदै आएको छु । यो कुरा पार्टीभित्रका...
म्याग्दी, ४ असार-वर्षा सुरु भएसँगै गाउँमाथिको भीरबाट पहिरो खस्न सुरु भएपछि जिल्लाको बेनी नगरपालिका–४ बगरफाँटका बासिन्दा त्रासका कारण रातभर जाग्राम बस्न बाध्य छन् । म्याग्दीको भकिम्ली गाविस–९ तोराखेतको डिलबाट वर्षासँगै पहिरो खस्न थालेपछि भीरको पुछारमा रहेको बगरफाँटका बासिन्दा रातभर जाग्राम बस्न बाध्य भएका...
काठमाण्डु, ४ असार– परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यसपटकको प्रेवेशिका परीक्षाको नतिजा शुक्रबार सार्जजनिक गर्दै छ । यसवर्ष भूकम्पले कार्यालय भवनमा क्षति पुर्याएपछि नतिजा सार्वजनिक गर्न ढिला भएको थियो । एसएलसीको नतिजाका लागि मोबाइलको म्यासेज बक्समा slc लेखेर एक स्पेस दिएर सिम्वल नम्बर राखी ५५६६, १६००,...
मकवानपुर, ४ असार–आप्mनै दाजुलाई बञ्चरो प्रहार गरेको अभियोगमा भीमफेदी–१ धड्डाघारी बस्ने ५६ वर्षीय कृष्णबहादुर थापालाई प्रहरीले बन्चरो र खुकुरीसहित पक्राउ गरेको छ । थापाले बिहीबार राति अंशसम्बन्धी विवादमा ६६ वर्षीय दाजु ईन्द्रबहादुर थापालाई बन्चरो प्रहार गरेका थिए । बञ्चरोको चोटले घाइते थापाको अहिले जिल्ला...
काठमाण्डु, ४ असार–म्याद नाघेका औषधिहरु बिक्री बितरण गर्ने भोटेबहालस्थित नवदुर्गा फार्मेसीका सञ्चालक रौतहट जतहरा–८ घर भएका ४८ वर्षीय हरिवंश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठाकुरले म्याद नाघेका औषधिहरु बिक्री बितरण गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी प्रहरी टोलीले बिहीबार...
काठमाण्डु, ४ असार–सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने रामेछाप साँघुटार–१ बस्ने २७ वर्षीय जीवन भन्ने अरविन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले आप्mनै महिला साथीको फेसबुकको प्रोफाइल ह्याक गरी विभिन्न अश्लील तस्विरहरु ती महिलका आफन्त तथा साथीहरुलाई पोस्ट गर्ने र धम्कीपूर्ण म्यासेज पठाई...