समाचार

वाग्मतीमा मनोज गजुरेलको हाँसो !

२०७२ असार ५ गते १४:१२

काठमाण्डु, ५ असार-वाग्मती नदी सफाइ महाअभियानको ११० औँ शृङ्खलामा शनिबार सुन्दरीघाट तथा त्यस आसपास क्षेत्रमा सफाइ तथा योग अभ्याससमेत भएको छ ।   वाग्मती नदीमा प्रदूषण बढेपछि त्यसलाई पहिलेकै स्वच्छ तथा स्वस्थ्य अवस्थामा फर्काउने उद्देश्यले गत वर्ष जेठ ४ गतेदेखि प्रत्येक शनिबार सुरु गरिएको...

भाइ सरह अंश पाएपछि अविसरा मख्ख !

२०७२ असार ५ गते १३:४७

कालीकोट, ५ असार-छोरासरह छोरीलाई समान ठानेर रुप्सा गाविसका एक बासिन्दाले छोराछोरीलाई बराबर अंशबन्डा गरेका छन् ।   रुप्सा–३ खलापाटा निवासी सर्जन सहकारीले तीन छोरा र एक छोरीलाई समान अंश प्रदान गरेका हुन् । तीन दाजुभाइकी एक मात्र बहिनी अविसराका नाममा पहिलो पटक जग्गा दिइएको...

भावनाले ल्याइन् सरकारी स्कुलबाट ९३.८७ प्रतिशत

२०७२ असार ५ गते १३:३२

काठमाण्डु, ५ असार– सामुदायिक विद्यालयको नतिजा खस्कदै गएकाबेला बुटवलमा एक छात्राले राम्रो अंक लिएर एसएलसी पास गरेकी छन् । बुटबल शान्ति नमुना उच्च मा.वि. की छात्रा भावना अर्यालले ९३.८७ प्रतिशत ल्याएर एसएलसी पास गरेकी छन् । उनी नेपालमा सामुदायिक विद्यालय तर्फबाट सबैभन्दा बढी अंक...

मोटर ग्यारेजमा भीषण आगलागी !

२०७२ असार ५ गते १३:३१

लहान, ५ असार-सिरहाको गोलबजारस्थित एक मोटर ग्यारेजमा शनिबार बिहान विद्युत् प्रवाह भई आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको छ ।   गोलबजार नगरपालिका– ३ स्थित आयुष ट्राभल्सको पार्किङ ग्यारेजमा भएको आगलागीबाट गाडीको पार्टपुर्जा, फर्निचर तथा ग्यारेजभित्र भएका कम्प्युटरलगायतका समान जलेर नष्ट हुँदा करिब...

संविधानसभाबाट संविधान बन्न सक्दैनः बादल

२०७२ असार ५ गते १३:२४

पाल्पा, ५ असार-नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ले संविधानसभाबाट जनताको संविधान बन्न नसक्ने धारणा राखेका छन् । पाल्पाको तानसेनमा क्रान्तिकारी पत्रकार महासङ्घ पाल्पाद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा महासचिव थापाले संविधानसभाको विघटन गरी अधिकार सम्पन्न सर्वपक्षीय राजनीतिक सभाको गठन गर्नुपर्ने माग गरे । प्रदेशको सीमाङ्कन गर्न...

आदेश सच्याउन प्रचण्डको आग्रह

२०७२ असार ५ गते १३:१८

काठमाण्डु, ५ असार– एमाओवादी अध्यक्ष प्रचण्डले अदालतको मानहानि गर्नेभन्दा पनि जुन परिवेशमा आदेश आयो, त्यसलाई सच्याउन आग्रह गर्ने निर्णय भएको बताएका छन् । शनिबर बिहान राष्ट्रपति रामवरण यादवसँगको भेटपछि सञ्चारकर्मीहरुसँगको भेटमा उनले भने, ‘हामी चार दल नै सो निर्णय खारेज गरी पाऊँ भनी आग्रह...

राज्यका तीन निकायबीच विवाद नबढाऊः राष्ट्रपति

२०७२ असार ५ गते १२:५९

काठमाण्डु, ५ असार-राष्ट्रपति रामवरण यादवले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच सुमधुर सम्बन्ध कायम रहनुपर्नेमा जोड दिएका छन् ।   एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डससँग संविधान निर्माण, भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि गठन गरिने भनिएको उच्चस्तरीय प्राधिकरण निर्माणलगायत विषयमा शनिबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटवार्तामा...

निधिले भने, ‘सर्वोच्चको आदेशले सोह्रबुँदे सहमति सच्याउने अवसर दिएको छ’

२०७२ असार ५ गते १२:५०

विराटनगर, ५ असार- भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले सर्वोच्च अदालतको अन्तरिम आदेशले चार दलबीच भएका १६ बुँदे सहमतिमा भए त्रुटिलाई सच्याउने अवसर दिएको बताएका छन् ।   विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य निधिले प्रदेशको सीमाङ्कन र नामाङ्कन संविधानसभाको...

एसएलसीमा ४७ भुटानी शरणार्थी भए उत्तीर्ण

२०७२ असार ५ गते १२:२१

झापा, ५ असार–भुटानी शरणार्थी शिविरबाट एस पटकको एसएलसी परीक्षामा ४७ विद्यार्थी उत्तीर्ण भएका छन् । सहभागी दुई सय एक भुटानी शरणार्थीमध्ये चार जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । शरणार्थी शैक्षिक सहायता संस्था कारितासका शैक्षिक कार्यक्रम संयोजक लोकनाथ पोखरेलका अनुसार उत्तीर्णमध्ये ३५ जना द्वितीय...

१५ घण्टापछि भूकम्पको फेरि अर्काे धक्का

२०७२ असार ५ गते ११:४२

काठमाण्डु, ५ असार–शनिबार बिहान ४.२ रिक्टर स्केलको भूकम्पको परकम्प गएको छ । शनिबार हिहानै २ बजेर ४० मिनेट जाँदा गोरखा र धादिङ केन्द्रबिन्दु भएको ४.२ रेक्टर स्केलको भूकम्पको पराकम्पन गएको भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि शुक्रबार अपराह्न १ बजेर ५५ मिनेट जाँदा गोरखा...

बेवारिसे अवस्थामा भेटियो युवाको शव

२०७२ असार ५ गते १०:५१

बारा, ५ असार–बाराको प्रसैनी गाविस–१ नकटुवास्थित गण्डकनहरको ढिप्रुमा शनिबार बिहान बेवारिसे अवस्थामा एक युवकको शव फेलापरेको छ । स्थानीयवासीले बिहान उक्त ठाउँमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान खुल्न नसकेको र शरीरका विभिन्न भागमा धारिलो हतियार प्रयोग गरेर फालेको अवस्थामा शव...

प्राक्टिकल नम्बर हराउँदा जिल्लाकै नतिजा आएन्

२०७२ असार ५ गते ८:४८

मुस्ताङ, ५ असार – प्राक्टिकल नम्बर हराउँदा हिमाली मुस्ताङको प्रवेशिका परीक्षाको नतिजा आउन सकेको छैन ।  जिल्ला शिक्षा कार्यालयले पठाएको प्राक्टिकलको नम्बर परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीका कारण हराउँदा जिल्लाको परीक्षाको नतिजा शून्य भएको हो । जिल्लाभरकै नतिजा नआएपछि यहाँका विद्यार्थी र अभिभावक आक्रोशित भएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us