काठमाण्डु, १२ कात्तिक-राप्रपा नेपालका उपाध्यक्ष निरञ्जन थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध आएको महाभियोग प्रस्तावमा पार्टीको केन्द्रीय समिति बैठक बसेर उचित समयमा निर्णय लिने बताएका छन् । पार्टीले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले नेपाली काँग्रेसले सो विषयमा अहिलेसम्म निर्णय नलिएको बताउँदै...
काठमाण्डु १२ कात्तिक- सरकारले छिमेकी देशका राष्ट्र प्रमुखहरुको भ्रमणका क्रममा सार्वजनिक विदा दिने निर्णयप्रति चौतर्फी आलोचना सुरु भएको छ । भारतीय र चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा विदा दिने सरकारको निर्णय आउँदा नआउँदै सामाजिक सञ्जालहरुमा कडा आलोचना सुरु भएको हो । मन्त्रिपरिषद बैठकले बिहीबार भारतीय...
पोखरा, १२ कात्तिक– भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट यही कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपालको राजकीय भ्रमणको सिलसिलामा कात्तिक १९ गते पोखरा आउने भएपछि यहाँ त्यसको तयारी तीब्र पारिएको छ । राष्ट्रपति मुखर्जीको पोखरा भ्रमणलाई भव्यरुपमा सफल बनाउन पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक खगराज बरालको संयोजकत्वमा...
जनकपुरधाम, १२ कात्तिक– नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले मुलुक संविधान संशोधनको दिशाातर्फ गइरहेको अवस्थालाई दृष्टिगत गरेर सबै पक्ष गम्भीर हुनु आवश्यक भएको बताएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले भने – नेकपा एमाले पनि संशोधनप्रति नकारात्मक छैन्...
काठमाण्डु, १२ कात्तिक– एमाले र माओवादी केन्द्रले अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको पक्षमा उभिन आफ्ना सांसदलाई निर्देशन दिएपनि यस विषयमा कांग्रेस मौन छ । कांग्रेसले एमाले–माओवादीले आफूसँग छलफल नै नगरी महाअभियोग प्रस्ताव दर्ता गराएको आरोप लगाउँदै निर्णय लिनबाट भाग्न...
काठमाण्डु, १२ कात्तिक-सर्वोच्च अदालतले तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको मुद्दा सुनुवाइ गर्ने भएको छ । तीन दिनभन्दा बढी अदालत बन्द रहने भएमा बन्दी प्रत्यक्षीकरणको सुनुवाइ गर्ने कानुनी व्यवस्थाअनुसार तिहार पर्वमा पनि बन्दीको मुद्दा सुनुवाइ गर्न लागिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।...
मूलपानी, (धादिङ) १२ कात्तिक- चारैतिर पञ्चैबाजा घन्किएको थियो, झट्ट हेर्दा कसैको विवाह भए जस्तो लाग्थ्यो तर त्यो विवाह नभएर मन्त्री र विदेशी पाहुनाको स्वागत थियो । दुबै हातमा फूलको माला बोकेर चर्को घाममा उभिएका बालबालिका आफ्ना विद्यालय निर्माणमा सहयोग गर्ने विदेशी पाहुना र विद्यालय...
काठमाण्डु, १२ कार्तिक –नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मधेसीहरुमा हिम्मत भए संविधान संशोधन गरेर देखाउन चूनौती दिएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको भेटमा बोल्दै गौतमले सो चेतावनी दिएका हुन् । उपाध्यक्ष गौतमले कुनै हालतमा संविधान संशोधन हुन नसक्ने बताए । उनले संविधान कार्यान्वयन...
काठमाण्डु १२ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहालले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव सकारात्मक निष्कर्षतर्फ अघि बढेको बताएका छन् । आज लोकमानविरुद्धको महाअभियोग प्रस्ताव अविलम्ब अघि बढाउन दबाब दिन सिंहदरबार पुगेका संयुक्त विद्यार्थी संगठनका नेताहरुसँग प्रधानमन्त्री दाहालले भने, ‘काङ्ग्रेस, एमाले र मधेसी मोर्चा समेतसँग...
राजविराज, १२ कात्तिक-सशस्त्र प्रहरीले सप्तरीको मानराजाबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध चरेस बरामद गरेको छ । सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय राजविराजबाट खटिएको टोलीले नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा मानराजा– ५ बाट एक किलोका दरले पाँच प्याकेट लागुऔषध चरेस बरामद गरिएको...
सिन्धुपाल्चोक, १२ कात्तिक– राष्ट्रपति विद्यादेवी भण्डारीले पुराना मूल्य मान्यता र संस्कृतिका कारण मानव समुदाय नयाँ ठाउँमा स्थानान्तरण हुन तयार नभएकाले जटिलता देखिएको बताएकी छन् । सिन्धुपाल्चोकको मेलम्ची–८ गिरानचौरमा धुर्मुस–सुन्तली फाउन्डेसनले आज आयोजना गरेको एकीकृत नमुना बस्ती हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पुराना...
काठमाण्डु, १२ कात्तिक- ब्राजिलका लागि नेपाली राजदूत ताराप्रसाद पोखरेलले ब्रासिलियास्थित राष्ट्रपति प्रासादमा बिहीबार आयोजित विशेष समारोहमा त्यहाँका राष्ट्रपति मिसेल टेमरसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरे । त्यस अवसरमा राजदूत पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट राष्ट्रपति टेमरको सुख, सुस्वास्थ्यका साथै ब्राजिलका जनताको निरन्तर प्रगति, समृद्धि...