समाचार

राष्ट्रियता संकटमा परेको छ: रावल

२०७३ कार्तिक १२ गते १७:३०

काठमाण्डु, १२ कात्तिक- एमाले उपाध्यक्ष भीम रावलले देशको राष्ट्रियता यसबेला गम्भीर संकटमा परेको बताएका छन् । बडादशैं, तिहार, नेपाल संवत्, छठ, ल्होसार लगायत चाडपर्वका अवसरमा नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटी, क्षेत्र नं ९ काठमाण्डुको आयोजनामा शुक्रबार आयोजित शुभकामना आदान-प्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै...

‘जनसेवामा लाग्न दाहालको माओवादीका नेता तथा कार्यकर्तालाई निर्देशन’

२०७३ कार्तिक १२ गते १७:१८

काठमाण्डु, १२ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्तालाई विकास र जनसेवामा सहभागी हुन गाउँ–गाउँमा जान निर्देशन दिएका छन् ।   नेकपा माओवादी केन्द्र निकट मोर्चा तथा जनवर्गीय सङ्गठनका प्रमुखसँग आज भएकोे सामूहिक भेटमा प्रधानमन्त्रीले भने, ‘पार्टीको सम्पूर्ण शक्तिलाई विकास र...

चीनले गर्यो भारतको गोप्य योजनाको पर्दाफास, तिब्बतमाथि ठूलै षडयन्त्र भएको आरोप !

२०७३ कार्तिक १२ गते १६:५८

एजेन्सी– चीनले आफ्नो राष्ट्रविरुद्ध भर्खरै भारतले चालेको एउटा गोप्य कदमको पर्दाफास गरेको छ । भारत सरकारले चीनविरुद्ध विद्रोह गर्र्दै आएका तिब्बतका धार्मिक नेता दलाई लामालाई आगामी वर्ष चीन र भारतको सीमाको पूर्वी क्षेत्र जान अनुमति दिएको कुराको चीनले खुलासा गरेको हो । चीनले सो...

काठमाण्डुमा बुल्गेरियाली नागरिकले यसरी चोर्दा रहेछन् अरुको बैंक खाताको पैसा !

२०७३ कार्तिक १२ गते १५:५८

काठमाण्डु, १२ कात्तिक-नक्कली एटिएम कार्डको प्रयोग गरी अन्य व्यक्तिको रकम निकाल्ने कार्यमा संलग्न एक बुल्गेरियाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । डिमो एटान्सोभ स्टेफनोभ नामका ३८ वर्षीय उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) ले बिहीबार ठमेलबाट पक्राउ गरेको हो । उनले एटिएम बुथमा प्रवेश गरी...

मोटरसाइकलको ठक्करबाट मृत्यु भएकी कमलाका आफन्तद्धारा प्रहरी वृत्त घेराउ

२०७३ कार्तिक १२ गते १५:४६

भक्तपुर, १२ कात्तिक-मोटरसाइकल ठक्करबाट मृत्यु भएका महिलाका आफन्तले क्षतिपूर्तिको माग गर्दै महानगरीय प्रहरी वृत्त थिमिमा शुक्रबार घेराउ गरेका छन् । तीव्रगतिमा आएका बा ८० प ५००८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मध्यपुरथिमिमा हिजो साँझ दोलखा– ८ जिरीकी ४५ वर्षकी कमला भन्ने सरस्वती खड्काको मृत्यु भएपछि...

झाडापखालाबाट १ जनाको मृत्यु, ५२ जना सिकिस्त

२०७३ कार्तिक १२ गते १५:३०

गौशाला, १२ कात्तिक-जलेश्वर नगरपालिका–१३ धबौलीस्थित दलित बस्तीमा झाडापखालाबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर–१३ बस्ने श्रवण सदाकी छोरी दुई वर्षीया राधिका सदा रहेको जिल्ला जनस्वास्थ्य निरीक्षक सन्तोष ठाकुरले बताए । झाडापाखालाबाट सिकिस्त भएकी राधिकालाई उपचारका लागि गएराति जिल्ला अस्पताल जलेश्वर ल्याउँदै गर्दा...

महाभियोगबारे निर्णय लिन हतार भएको छैन: थापा

२०७३ कार्तिक १२ गते १५:२३

काठमाण्डु, १२ कात्तिक-राप्रपा नेपालका उपाध्यक्ष निरञ्जन थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध आएको महाभियोग प्रस्तावमा पार्टीको केन्द्रीय समिति बैठक बसेर उचित समयमा निर्णय लिने बताएका छन् । पार्टीले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले नेपाली काँग्रेसले सो विषयमा अहिलेसम्म निर्णय नलिएको बताउँदै...

प्रचण्डलाई फेरि अर्को ठूलै झड्का लाग्ने संकेत !

२०७३ कार्तिक १२ गते १५:१३

काठमाण्डु १२ कात्तिक- सरकारले छिमेकी देशका राष्ट्र प्रमुखहरुको भ्रमणका क्रममा सार्वजनिक विदा दिने निर्णयप्रति चौतर्फी आलोचना सुरु भएको छ । भारतीय र चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा विदा दिने सरकारको निर्णय आउँदा नआउँदै सामाजिक सञ्जालहरुमा कडा आलोचना सुरु भएको हो । मन्त्रिपरिषद बैठकले बिहीबार भारतीय...

के–के गर्दैछन् पोखरा गएर भारतीय राष्ट्रपति मुखर्जी ?

२०७३ कार्तिक १२ गते १५:०५

पोखरा, १२ कात्तिक– भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट यही कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपालको राजकीय भ्रमणको सिलसिलामा कात्तिक १९ गते पोखरा आउने भएपछि यहाँ त्यसको तयारी तीब्र पारिएको छ । राष्ट्रपति मुखर्जीको पोखरा भ्रमणलाई भव्यरुपमा सफल बनाउन पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक खगराज बरालको संयोजकत्वमा...

दुईवटा प्रदेशको मागप्रति गम्भीर भएर सोच्न शशांक कोइरालाको आग्रह

२०७३ कार्तिक १२ गते १४:५०

जनकपुरधाम, १२ कात्तिक– नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले मुलुक संविधान संशोधनको दिशाातर्फ गइरहेको अवस्थालाई दृष्टिगत गरेर सबै पक्ष गम्भीर हुनु आवश्यक भएको बताएका छन् ।   नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले भने – नेकपा एमाले पनि संशोधनप्रति नकारात्मक छैन्...

यस्ता छन्, लोकमानको विषयमा कांग्रेस नखुल्नुका ३ भित्रि कारण

२०७३ कार्तिक १२ गते १४:३५

काठमाण्डु, १२ कात्तिक– एमाले र माओवादी केन्द्रले अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको पक्षमा उभिन आफ्ना सांसदलाई निर्देशन दिएपनि यस विषयमा कांग्रेस मौन छ । कांग्रेसले एमाले–माओवादीले आफूसँग छलफल नै नगरी महाअभियोग प्रस्ताव दर्ता गराएको आरोप लगाउँदै निर्णय लिनबाट भाग्न...

सर्वोच्चले तिहारमा पनि बन्दीको मुद्दा सुनुवाइ गर्ने

२०७३ कार्तिक १२ गते १४:१४

काठमाण्डु, १२ कात्तिक-सर्वोच्च अदालतले तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको मुद्दा सुनुवाइ गर्ने भएको छ । तीन दिनभन्दा बढी अदालत बन्द रहने भएमा बन्दी प्रत्यक्षीकरणको सुनुवाइ गर्ने कानुनी व्यवस्थाअनुसार तिहार पर्वमा पनि बन्दीको मुद्दा सुनुवाइ गर्न लागिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us