समाचार

महाअभियोगबारे संसदीय दलले टुंगो लगाउँछ: महत

२०७३ कार्तिक १३ गते १५:०४

चितवन, १३ कात्तिक- परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपाली काँग्रेसको संसदीय दलले अख्तियार प्रमुखमाथिको महाअभियोग विषयको टुङ्गो लगाउने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले शनिबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका नेता समेत रहेका महतले पार्टीको केन्द्रीय समितिले यो विषयको टुङ्गो लगाउने जिम्मा संसदीय...

पूर्व जनमुक्ति सेनाले राखे प्रचण्डसँग कडा माग

२०७३ कार्तिक १३ गते १४:५७

काठमाण्डु, १३ कात्तिक-बहिर्गमित जनमुक्ति सेनाले देशमा आमूल परिवर्तनका लागि आफूहरुले ज्यानको बाजी थापेर मुक्तिको लडाई लडेको भन्दै त्यस योगदानको कदर गर्दै तत्काल आफूहरुमाथि लागेको अयोग्यको बिल्ला हटाउन माग गरेका छन् । उनीहरुले अयोग्य पदावलीको प्रयोग गर्न बन्द गरी उनीहरूको कदर गर्दै गणतन्त्रका योद्धा घोषणा...

देउवाले देखे अब खतरा !

२०७३ कार्तिक १३ गते १४:५१

काठमाण्डु १३ कात्तिक– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लगत्तै स्थानीय निर्वाचन गर्न नसकिए प्राप्त राजनीतिक उपलव्धीहरु संकटमा पर्न सक्ने खतरा औंल्याएका छन् । शनिबार काठमाण्डु निर्वाचन क्षेत्र नं.५ का भातृसंगठनहरुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सो खतरा औंल्याएका हुन् ।...

गृहमन्त्री निधिले लिए जनकपुरको सुरक्षाबारे जानकारी

२०७३ कार्तिक १३ गते १४:४०

जनकपुरधाम, १३ कात्तिक-उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर भ्रमणको तयारी सन्दर्भमा शनिबार जानकारी लिए । गृहमन्त्री निधिलाई जानकी मन्दिरका महन्त रामतपेश्वरलाल दास र सहायक महन्त रामरोशन दास तथा प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाँईले दर्शन र नागरिक अभिनन्दनको तयारीको व्यवस्था र...

महाअभियोग प्रस्ताव फेल भए सरकार परिवर्तन हुन्छः केसी

२०७३ कार्तिक १३ गते १४:२४

दाङ, १३ कात्तिक– नेपाल बार एशोसियसनका केन्द्रीय अध्यक्ष शेरबहादुर केसीले महाअभियोग प्रस्ताव फेल भए सरकार परिवर्तन हुन सक्ने बताएका छन् ।  शनिबार रिपोटर्स क्लब नेपाल दाङले गरेको साक्षात्कारमा केसीले त्यस्तो बताउनु भएको हो । दलहरुले ल्याएको महाअभियोग प्रस्ताव दूइ तिहाई बहुमतले पारित हुनुपर्ने संवैधानिक...

हात र आँखामा बाँधेको अवस्थामा पुलमुनी भेटिए यादव !

२०७३ कार्तिक १३ गते १४:११

महोत्तरी, १३ कात्तिक-अपहृत युवक हात र आँखा बाँधेको अवस्थामा शनिबार विहान खदैरबनीस्थित हरदी खोला पुलमुनि फेला परेका छन् । महोत्तरी सोनमा गाविस–२ का ३५ वर्षीय सिकिन्द्र यादव बिहीबार राति ९ बजे अपहरणमा परेका थिए । जिल्लाको पर्सा देवाड– २ स्थित आफ्नो ससुराली आएका यादव...

यस्तो छ भारतीय राष्ट्रपतिको लागि सुरक्षा घेरा ! सय मिटरभित्रका फोन समेत निश्क्रिय हुँदैछन् !

२०७३ कार्तिक १३ गते १३:४९

काठमाण्डु, १३ कात्तिक- भारतीय राष्ट्रपति प्रवण मुखर्जीको कात्तिक १७ देखि १९ सम्मको नेपाल भ्रमणको लागि विशेष सुरक्षा योजना तयार पारिएको छ । गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले राष्ट्रपति मुखर्जीको भ्रमणका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताए । राष्ट्रपति आउने र जाने क्रममा विमानस्थलदेखि...

एमाले महासचिवले थापे माओवादी र कांग्रेस तुरुन्तै पर्नसक्ने नयाँ पासो !

२०७३ कार्तिक १३ गते १३:३१

काठमाण्डु, १३ कात्तिक- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपाली कांग्रेस र माओवादी केन्द्रका लागि नयाँ पासा फयाँकेका छन् । महासचिव पोख्रेलले संविधान संशोधन गर्ने नै हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने भन्दै नयाँ पासा फ्याँकेका हुन् । एमाले काठमाण्डु– ४ नम्बर वडा...

उदयपुरमा दलहरुबीचमा नयाँ सहमति

२०७३ कार्तिक १३ गते १३:१५

गाईघाट, १३ कात्तिक-उदयपुर जिल्लालाई स्थानीय तहमा पुनरसंरचना गर्दा अब आठ वटा तहमा पुनरसंचना गर्ने जिल्लाका राजनीतिक दलहरुबीच समहमति भएको छ । जिविसमा बिहीबार र शुक्रबार बसेको राजनीतिक दलहरुको सर्वदलीय बैठकपछि शुक्रबार जिल्लाका राजनीतिक दलहरु आठ वटा निकायमा पुनरसंचरना गर्न सहमत भएका नेकपा माओवादी केन्द्रका...

पिकअप पल्टिँदा दुई जनाको मृत्यु

२०७३ कार्तिक १३ गते १२:५१

धनकुटा, १३ कात्तिक-छिन्ताङ–८ स्थित सिम्लेडाँडामा गए राति पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । धरानबाट मूलघाट हुँदै भोजपुरको सीमास्थित अखुवाटारतर्फ जाँदै गरेको को१ज २७२२ नंको पिकअप ब्रेक फेल भएर सडकबाट करिब ७० मि तल खस्दा सो...

कसले गर्यो यी सुत्केरी महिलाको हत्या ?

२०७३ कार्तिक १३ गते १२:४७

बुटवल, १३ कात्तिक-रुपन्देहीको ग्रामीण क्षेत्र देवदहमा अज्ञात समूहको आक्रमणबाट हत्या गरिएकी २२ वर्षीया महिलाको हत्यामा लुटेरा समूह रहेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । सोही अनुसार अनुसन्धानकार्यलाई प्रहरीले अगाडि बढाएको छ । जिल्लाको देवदह नगरपालिका– २ ढेगार, हजरीटोलकी करिब २४ वर्षीया नमकला पाण्डेको...

मोटरसाइकलको ठक्करबाट पूर्व सैनिकको मृत्यु

२०७३ कार्तिक १३ गते १२:४२

भीमदत्तनगर, १३ कात्तिक- इलाका प्रहरी कार्यालय झलारीको मोटरसाइकलको ठक्करबाट गए राति कञ्चनपुर, झलारीपिपलाडी नगरपालिका–११ कलुवापुरका ५५ वर्षीय प्रतापसिंह महराको मृत्यु भएको छ । पूर्व सैनिक महरा राति झलारी बजारबाट पूर्वपश्चिम राजमार्गमा पैदल हिँड्दै घरतर्फ गइरहेका बेला विपरीत दिशाबाट आएको प्रहरीको मोटरसाइकलले राजमार्गको सुनवरा नदी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us