नयाँ दिल्ली, १५ कात्तिक- भारतीय राज्य मध्यप्रदेशमा अवस्थित एक जेलमा रहेका आठजना विद्रोहीले सोमबार बिहानै जेल तोडेर भागेको समाचार छ । मध्यप्रदेशको जेलमा राखिएका भारतको एक प्रतिबन्धित समूह, स्टुडेन्ट्स इस्लामिक मोभमेन्ट अफ इन्डियाका ती विद्रोही भोपालको जेलबाट भागेका हुन् । उक्त प्रतिबन्धित इस्लामिक संगठनका...
काठमाण्डु, १५ कात्तिक– भारतका लागि नवनियुक्त नेपाली राजदूत दिपकुमार उपाध्यायले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपालको कुटनीतिलाई नयाँ उचाईमा पुर्याउनको लागि ठूलो भूमिका खेल्ने बताएका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको नेतृत्वमा पुगेको क्लबको देउसी–भैलो कार्यक्रममा बोल्दै नवनिुयुक्त राजदूत उपाध्यायले...
काठमाण्डु, १५ कात्तिक- नयाँशक्ति नेपालले संविधान संशोधनमार्फत संविधाको स्वीकार्यता विस्तार गर्ने क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति कायम गर्नुपर्नेमा जोड दिएको छ । जनतामा देखिएको राजनीतिक अन्यौलता चिर्दै संविधानको सफल कार्यान्वयनको दौरानमा स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक समावेशी प्रावधानका लागि...
काठमाण्डु, १५ कात्तिक-भारतका राष्ट्रपति प्रणव मुखर्जीको राजकीय भ्रमणको तयारीका लागि काठमाण्डुका मुख्य स्थल स्वागतद्वार र दुबै देशका राष्ट्रिय झन्डाले सजिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि उनी सवार हुने मुख्य सहर, चोक, आवासस्थल र राजधानीका केन्द्रमा स्वागत तथा सजावट गरिएको हो । स्वागतद्वारमा अङ्ग्रेजीमा ‘भारतमा...
कावासोती, १५ कात्तिक– पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनबल–५ मा माइक्रो बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना४ख ७८२४ नम्बरको माइक्रो बसले विपरित दिशातर्फ गुडिरहेको ना२९प २३८ नम्बरको मोटरसाइकलाई आइतबार साँझ...
काठमाण्डु, १५ कात्तिक– राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणको सुरक्षा योेजनाका बारेमा परराष्ट्र, रक्षा मन्त्रीसहित उच्च सरकारी अधिकृतले जानकारी लिएका छन् । भारतीय राष्ट्रपति मुखर्जीले यही कात्तिक १७ देखि १९ सम्म नेपालको राजकीय भ्रमण गर्ने भएका...
ललितपुर, १५ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गरेर निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् । न्हुदँ समारोह समितिद्वारा नेपाल संवत् ११३७ को अवसरमा आयोजित सांस्कृतिक र्यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन र निर्वाचनका लागि सबै राजनीतिक दल एक हुनु जरुरी रहेको...
काठमाण्डु १५ कात्तिक– धुर्मुस–सुन्तलीले सिन्धुपाल्चोकमा बनाएको एकीकृत बस्तीको चौतर्फ तारिफ भइरहेका बेला जनजाती नेता आङकाजी शेर्पाले भने त्यसको विरोध गरेका छन् । शेर्पाले आफ्नो फेसबुकमार्फत भूकम्पपीडितको सहयोग गरेर सारा नेपालीको मन जितेका धुर्मुस–सुन्तलीलाई होहल्ला गरेको आरोप लगाएका छन् । राम्रो...
काठमाण्डु, १५ कात्तिक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देश ठप्प भएको बताएका छन् । राजधानीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले आफूले सरकार छाडेपछि देश ठप्प भएको बताएका हुन् । उनले भने, ‘मैले सरकार...
काठमाण्डु १५ कात्तिक– अमेरिकी राष्ट्रपति बाराक ओबामाले ह्वाइट हाउसमा विशेष कार्याक्रमका साथ दिपावली मनाएका छन् । उनले दियो जलाएर दिपावली पर्व मनाउँदै हिन्दु धर्मावलम्बीका लागि सन्देशसमेत दिएका छन् । ट्वीटरमार्फत दिपावली मनाएको तस्बिर सार्वजनिक गर्दै दिइएको सन्देशमा लेखिएको छ, ‘अमेरिका र...
वासिङ्टन डिसी, १५ कात्तिक– पूर्वराष्ट्रपति रामवरण यादवले आफू क्यान्सरको सङ्क्रमणबाट मुक्त भएको भन्दै आफ्नो उपचारमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । आइतबार रासससँगको संक्षिप्त कुराकानीको क्रममा डा यादवले भने, ‘मेरो उपचारमा संलग्न चिकित्सक, सहयोग गर्ने नेपाल सरकारका निकाय, अमेरिकास्थित नेपाली दूतावास र...
म्याग्दी, १५ कात्तिक– शिक्षामन्त्री धनीराम पौडेलले सरकारले संविधान संशोधन प्रस्ताव दर्ताको लागि अन्तिम तयारी गरेको बताएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला शाखा म्याग्दीले आज बिहान बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले संशोधन प्रस्तावले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनको वातावरण बनाउन सघाउ...