इनरुवा, २३ कात्तिक-जिल्ला प्रहरी कार्यालय सुनसरीले सदरमुकाम इनरुवाबाट नक्कली नेपाली नागरिकतासहित दुई बङ्गलादेशी नागरिकलाई पक्राउ गरेका छन् । इनरुवा–६ स्थित रहेको एक होटलबाट दुई विदेशीलाई नक्कली नेपाली नागरिकतासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको गस्ती टोलीले कात्तिक १९...
धनगढी, २३ कात्तिक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कूटनीतिक पक्ष, वैदेशिक एवम छिमेकी सम्बन्धका विषयमा सरकारी पक्षबाट अत्यन्त असावधानी र अशोभनीय क्रियाकलाप भइरहेको टिप्पणी गरेका छन् । प्रेस चौतरी नेपालले धनगढी विमानस्थलमा मंगलबार गरेको पत्रकारसम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले छिमेकीसँगको सम्बन्धको महत्व र सन्तुलन...
दाङ, २३ कात्तिक– ऊर्जामन्त्री जनार्दन शर्माले अब राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै आर्थिक समृद्धितर्फ देशलाई लैजानुपर्ने बताएका छन्। तुलसीपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै निजी क्षेत्र र सरकारको सहकार्य बिना आर्थिक समृद्धि हासिल नहुने भन्दै उनले सरकारले लगानी मैत्री वातावरण...
दोलखा, २३ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहालले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई आगामी ६ महिनाभित्र सम्पन्न गरे सरकारले कर्मचारीलाई पुरस्कृत गर्ने बताएका छन् । आज आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरी कर्मचारीहरुसँगको कुराकानीमा उनले देशकै मोडेलका रुपमा रहेको यो आयोजनाको काम निश्चित अवधिभन्दा अगावै सकेर देशकै...
काठमाण्डु, २३ कात्तिक– प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको यही कात्तिक २७ गतेबाट हुने चौथो महाधिबेशनका लागि दर्जन बढी अध्यक्षका प्रत्यासीहरु मैदानमा उत्रिएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा चौथो महाधिबेशनका लागि अध्यक्षका प्रत्यासीहरुले आफ्नो जित सुनिश्चित...
काठमाण्डु, २३ कातिक– पछिल्लो समय नेपालको राजनीतिक समीकरणमा ह्वात्तै फेरबदल आउने संकेत देखिइनसके पनि छिमेकी राष्ट्रहरुसँगको सम्बन्धको समिकरणले भने त्यो संकेत दिन थालेको छ । केही महिनाअघि तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढलेसँगै छिमेकी मुलुकहरुसँगको सामिप्यतामा निकैनै धेरै परिवर्तनहरु देखिएका छन् । सरकारको...
काठमाण्डु, २३ कात्तिक– सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीसहित चारजनालाई एकहप्ताभित्र लिखित जवाफसहित आफैँ उपस्थित हुन आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले आज एकहप्ताभित्र लिखित जवाफसहित उपस्थित...
काठमाण्डु, २३ कात्तिक– नेकपा माओवादीका पोलिट्व्यूरो सदस्य ओमप्रकाश पुनले मुलुकमा खाद्य सम्प्रभुताको ग्यारेन्टीका लागि आफ्नो पार्टी नेपाल बन्द गर्न बाध्य भएको बताएका छन् । मंगलबार संवाद डबलीमा आयोजित ‘खाद्य संप्रभुतामा नागरिकको मौलिक अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पुनले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि...
दुनै, २३ कात्तिक-डोल्पाको प्रसिद्ध धार्मिकस्थल त्रिपुरासुन्दरी देवीको १५ वर्ष अगाडि हराएको शिला बर्दियाको बाँसगडीमा नवनिर्मित ओम केदारेश्वर धाममा रहेको तथ्य बाहिर आएको छ । करिब एक महिनाको अनुसन्धानपछि हराएको शिला केदारेश्वर धाममा फेला पारिएको दाबी मिसन नेपालका कर्णाली अञ्चल प्रमुख तथा केन्द्रीय उपाध्यक्ष मानव...
काठमाण्डु, २३ कात्तिक– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालका लागि अमेरिकी राजदूत एलेन टेप्लिजलाई नेपालको पछिल्लो राजनीतिक अवस्था र संविधान संशोधनको विषयमा जानकारी गराउनु भएको छ । सिंहनिवास चाक्सीबासीमा भएको सो भेटवार्तामा राजदूत टेप्लिजले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र काँग्रेसको भूमिकाबारे जिज्ञासा राख्नुभएको...
ललितपुर, २३ कात्तिक- दसैँ तिहार सकिएर देशका अन्य ठाउँमा मनसुन हुँदा पाटन भने उल्लासमय बनेको छ । पाटनवासीले विशेष महत्वका साथ मनाउने पर्व कात्तिक नाच मङ्गलबजारस्थित कात्तिक नाच डबलीमा तिहार सकिएसँगै सुरु भएको छ । बिहीबार सुरु भएको नाच आगामी सोमबार (२९ गते) सकिँदैछ...
खोटाङ, २३ कात्तिक- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको मस्यौदा प्रक्रिया सम्बन्धित मन्त्रालयका सचिव र सरकारमा सामेल नेताहरुलाई राखेर अघि बढाइने बताएका छन् । मध्यपहाडी लोकमार्गको निरीक्षणका लागि यहाँ आएका प्रधानमन्त्री दाहालले सदरमुकाम दिक्तेलमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गरेर निर्वाचनमा...