जाजरकोट, २३ कात्तिक– ऐतिहासिक तथा पुरातात्विक महत्वको जाजरकोट दरबार अति जीर्ण भएको छ । सरकार र सरोकारवाला निकायले ध्यान नदिँदा २४८ वर्ष पुरानो यो दरबार जीर्ण भएको हो । मर्मतर सम्भार नहुँदा दरबारको ऐतिहासिक महत्व र कलात्मकतासमेत हराउँदै गएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले...
काठमाण्डु, २३ कात्तिक– भारत भ्रमणमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका छन्। दुई नेताबीच मंगलबार बिहान करिब ३० मिनेट नेपाल–भारत सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक अवस्था आदीका बारेमा छलफल भएको थियो । भेटमा देउवा पत्नी आरजु राणा, भारतीय...
सोलुखुम्बु, २३ कात्तिक– लामो समयको छलफलपछि सोलुखुम्बु जिल्लालाई आठवटा स्थानीय तह बनाउने सहमति भएको छ । सर्वदलीय बैठकको लामो प्रयासपछि साविकको एक नगरपालिका र ३० वटा गाविसलाई एक नगरपालिका र सात वटा गाउँपालिका बनाउने सहमति भएको स्थानीय तह पुनःसंरचना तथा प्राविधिक सहयोग...
चितवन, २३ कात्तिक– लामो समयदेखि बन्द रहेको चितवनको दोस्रो विमानस्थल मेघौली विमानस्थल पुनः सञ्चालनमा आएको छ । विसं २०६७ देखि बन्द रहेको विमानस्थलमा अहिले पुनः विमान अवतरण हुन थालेपछि स्थानीय खुसी भएका छन् । विशेष गरी निकुञ्जभित्रका होटल विस्थापित भएसँगै यहाँ विमान अवतरण बन्द...
खोटाङ, २३ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहाल खोटाङ आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाइएको छ । मध्यपहाडी लोकमार्गको अवलोकन, कार्यालय प्रमुखलाई निर्देशन तथा पार्टी कार्यकर्ता भेटघाटका लागि आज प्रधानमन्त्री दिक्तेल आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाइएको हो । प्रधानमन्त्री आउने भएपछि...
धनगढी, २३ कात्तिक– नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले अंगीकृत नागरिकलाई देशको राष्ट्रपति बनाउनु पर्छ भन्ने पक्षमा काँग्रेस नरहेको बताएका छन् । नेपाल प्रेस युनियन, कैलालीद्वारा आयोजत पत्रकार सम्मेलनमा कोइरालाले अंगीकृत नागरिक भारतमा प्रधानमन्त्री र अमेरिकामा राष्ट्रपति बन्न नपाएको उदाहरण दिँदै सानो देश नेपालमा...
काठमाण्डु, २२ कात्तिक– अयोग्य पूर्वलडाकुले कोटेश्वर पेरिसडाँडास्थित माओवादी मुख्यालय कब्जामा लिएका छन् । करिब तीन सय संख्यामा रहेका अयोग्य लडाकुले पेरिसडाँडा कब्जामा लिएका हुन् । उनीहरु सबैले सैनिक पोशाक लगाएका छन् । अयोग्य लडाकुको नेतृत्व गरिरहेका लेनिन विष्टले आफूहरुले माओवादी कार्यालय नियन्त्रणमा लिएको बताए...
जाजरकोट, २२ कात्तिक-राज्य पुनःसंरचनाका लागि तीन नगरपालिका र चार गाउँपालिकासहित सात स्थानीय तहको प्रस्ताव गरिएको छ । प्राविधिक समिति र स्थानीय राजनीतिक दलहरुको सोमबार बसेको संयुक्त बैठकले सर्वसम्मतिमा स्थानीय निकायको सङ्ख्या सीमा र नामको टुङ्गो लगाएको स्थानीय विकास अधिकारी इन्द्र गौतमले बताए । स्थानीय...
काठमाण्डु, २२ कात्तिक– सोमबार अनलाइन खबरमा प्रकाशित समाचारप्रति प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो कार्यालयले श्रावण महिनादेखिको खर्च विवरण आफ्नो वेबसाइटमा राखेकोमा अनलाइन खबरमा त्यसलाई बङ्याउँदै भ्रामक समाचार आएको प्रति प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो ।...
ललितपुर, २२ कात्तिक- उपराष्ट्रपति नन्दबहादुर पुनले देश लामो समय राजनीतिक परिवर्तनमा लागेकाले अब आर्थिक समृद्धिमा लाग्नुपर्ने बताएका छन् । मानव विकास तथा सामुदायिक सेवाको रजतोत्सवका अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रममा उनले हिमाल, तराई र पहाड सबै क्षेत्रमा बसोबास गर्ने नेपाली मिलेर लाग्दा मात्रै समृद्ध...
काठमाण्डु, २२ कात्तिक-प्रधान न्यायाधीश सुशीला कार्कीसँग नेपाल बार एसोसिएसनका पदाधिकारीले न्यायाधीश नियुक्ति गर्दा ५० प्रतिशत बारको प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् । प्रधान न्यायाधीशको कार्यकक्षमा सोमबार भएको भेटमा बारका अध्यक्ष शेरबहादुर केसीको नेतृत्वमा गएका पदाधिकारीले न्यायाधीश नियुक्ति गर्दा कम्तीमा ५० प्रतिशत बारको प्रतिनिधित्व हुनुपर्ने,...
काठमाण्डु, २२ कात्तिक– नेपालका लागि चिनियाँ राजदूत यु होङ सोमबार काठमाण्डु आएकी छन् । उ चुन्ताईको कार्यकाल सकिएपछि नयाँ राजदूतमा नियुक्त भएकी यु आफ्नो चार वर्षीय कार्यकाल सम्हाल्न यहाँ आएकी हुन् । होङ यसअघि इन्डोनेसियाको सुराबयामा महावाणिज्यदूतको रुपमा कार्यरत थिइन् । ...