समाचार

देउवाले निकाले ट्रम्पको नाममा विज्ञप्ति

२०७३ कार्तिक २५ गते १७:१८

काठमाण्डु, २५ कात्तिक– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड जे ट्रम्पलाई आज बधाई दिएका छन् ।     पूर्वप्रधानमन्त्री देउवाले विज्ञप्ति जारी गरी ट्रम्पलाई व्यक्तिगत र पार्टीका तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै राष्ट्रपति ट्रम्पको...

महसुल नबुझाउने सयौं ग्राहकको विद्युत् लाइन काटियो

२०७३ कार्तिक २५ गते १७:१४

लहान, २५ कात्तिक-समयमा विद्युत्को महसुल नबुझाउने सिरहाका ४१६ जनाको विद्युत् लाइन काटिएको छ । लामो समयदेखि विद्युत् महसुल नबुझाएको भन्दै विद्युत् प्राधिकरण वितरण केन्द्रले ३६० जना र सिरहा वितरण केन्द्रले ५६ जना ग्राहकको विद्युत् लाइन काटेको हो । विद्युत्को बक्यौता रकम समयमा नबुझाउने र...

कातिक मसान्तसम्म हामी पर्खिन्छौं: कर्ण

२०७३ कार्तिक २५ गते १७:०६

काठमाण्डु, २५ कातिक– मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले विवादित विषयहरु नागरिकता, भाषा, सीमांकन र राष्ट्रियसभाको प्रतिनिधित्व लगायतका विषयमा संविधान संशोधन हुनैपर्ने जिकिर गरेका छन् । बिहीबार रिपोर्टस् क्लब नेपालले राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले...

पहाड र मधेसलाई अलग बनाउने कुरा कदापि मान्य छैन: आचार्य

२०७३ कार्तिक २५ गते १६:५६

काठमाण्डु, २५ कातिक– नेकपा एमालेका सचिव भीम आचार्यले अहिले बाहिर चर्चा भएजस्तो गरि नागरिकता, भाषा, सीमांकन र राष्ट्रियसभाको प्रतिनिधित्व बारेको समस्याको हल गर्ने कुरामा आफ्नो पार्टीको कुनै सहमति नरहने दाबी गरेका छन् । बिहीबार रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्दै उनले सो...

प्रचण्डले बोलाएपछि केपी ओली एकाएक सिंहदरबारमा

२०७३ कार्तिक २५ गते १६:५३

काठमाण्डु, २५ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएपछि एमाले अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका छन् । संविधान संशोधनको विषयमा एमाले र माओवादी केन्द्रबीच साझा धारणा बनाउन माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले ओलीलाई सिंहदरबार बोलाएका हुन् । प्रचण्ड र ओलीबीच सिंहदरबारमा भयो यस्तो सहमति...

महाअभियोगको मुद्धा छोडेर कांग्रेस भाग्दैनः गुरुङ

२०७३ कार्तिक २५ गते १६:४४

काठमाण्डु, २५ कातिक–सत्तारुढ दल नेपाली कांग्रेसका सांसद धनराज गुरुङ्ले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव जनताको प्रस्ताव भएकोले यसलाई सबै दल मिलेर पारित गर्नुपर्ने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद गुरूङ्ले सो कुरा बताएका...

राष्ट्रपति भण्डारीसमक्ष ३ देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र

२०७३ कार्तिक २५ गते १६:३७

काठमाण्डु, २५ कात्तिक-राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि चीन, कतार र स्विट्जरल्यान्डका आवासीय राजदूतहरुले बिहीबार आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरे । राष्ट्रपति कार्यालय शीतल निवासमा अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि चीनका राजदूत यु होङ, कतारका राजदूत युसुफ मोहमद अहमद मोहमद अल हायल र स्विट्जरल्यान्डका...

काठमाण्डु उपत्यकालाई लोडसेडिङ मुक्त गरेलगत्तै सरकारले सुरु गर्यो अर्को महत्वपूर्ण काम

२०७३ कार्तिक २५ गते १६:२९

काठमाण्डु, २५ कात्तिक-सरकारले परीक्षणका रुपमा काठमाण्डु उपत्यकामा लागू गरेको विद्युत्भार कटौती मुक्त अभियानलाई निरन्तरता दिने र देशका अन्य भागमा समेत अभियान केन्द्रित गर्ने भएको छ । विगत केही समयदेखि जारी रहेको विद्युत्भार कटौती मुक्त अभियानलाई सार्थक बनाउन प्राविधिक रुपमा तयारी गरिएको, वैकल्पिक स्रोतको पहिचान...

यसरी पर्दाफास भयो शेरबहादुर देउवाको झूठ (हेर्नुस् प्रमाणसहित)

२०७३ कार्तिक २५ गते १५:२८

काठमाण्डु, २५ कात्तिक– भारतीय जनता पार्टी निकट इण्डिया फाउण्डेसनले भारतको गोवामा आयोजना गरेको ‘थर्ड इण्डिया आइडियाज कन्क्लेभ–२०१६’ मा सहभागी भएर नेपाल फर्कने क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा पत्रकारसँग कड्किए । निर्वासित तिब्बती प्रधानमन्त्रीलाई भेटेको विषयलाई लिएर गलत प्रचार गरेको भन्दै देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

शनिबारदेखि विप्लवका युवाले भ्रष्टचारीको आश्रयस्थल खोज्ने

२०७३ कार्तिक २५ गते १५:२४

काठमाण्डु, २५ कातिक– विप्लव माओवादी निकट राष्टिय युवा जनस्वयंसेवकले कात्तिक २७ गतेदेखि देशभर भ्रष्टचारीहरुका आश्रयस्थल खोजी गरी भण्डाफोर अभियान थाल्ने भएको छ । ‘राष्ट्रका लागि युवा’ नामको अभियान चलाएर युवा संगठनले देशैभरका भ्रष्ट र दलालहरुको आश्रयस्थल खोजी सामाजिक कारवाही गर्ने भएको हो । अध्यक्ष...

अब अँध्यारोमा पनि सजिलै देखिने भए ट्राफिक प्रहरी

२०७३ कार्तिक २५ गते १४:५५

काठमाण्डु, २५ कात्तिक-अब ट्राफिक प्रहरीलाई अँध्यारोमा पनि टाढैबाट देख्न सकिने भएको छ । पतञ्जली योगपीठ नेपालले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक व्यवस्थापन गर्दा प्रयोग गर्ने एक हजार एक सय थान रिफ्लेक्टिभ भेष्ट (चम्किलो वेष्टकोट) सहयोग गरेको छ । बिहीबार महाशाखाको कार्यालय रामशाहपथमा आयोजना गरिएको...

आफन्तबाटै आफन्तको ज्यान जान्छ भने कहाँ छ सुरक्षा ?

२०७३ कार्तिक २५ गते १४:३८

लिबाङ, २५ कात्तिक- भनिन्छ मानिस सामाजिक प्राणी हो । ऊ घर परिवार र समाज बिना एकपल पनि बाँच्न सक्दैन । तर परिवारकै सदस्यले वा आफन्तले नै आफन्तको ज्यान लिन्छ भने कहाँ गएर मान्छेले जीवन सुरक्षाको अनुभूति गर्ने ?  प्रश्न यहीनेर खडा भएको छ रोल्पालीका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us