काठमाण्डु, १ मंसिर– महानगरीय प्रहरी परिसर काठमाण्डुका एसएसपी विक्रम सिंह थापा र अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले उत्कृष्ट प्रहरीको सम्मान पाएका छन् । ११ औं महानगरीय प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले थापा र खनाललाई सम्मान गरेका हुन् । एसएसपी थापालाई उत्कृष्ट...
काठमाण्डु, १ मंसिर– सरकारलाई प्रतिवेदन बुझाउन तोकिएको कात्तिक मसान्तसम्मको म्याद सकिँदा स्थानीय तह पुनःसंरचना आयोगमा ६१ जिल्लाको प्रतिवेदन प्राप्त भएको छ । फागुन मसान्तसम्म अवधि बाँकी भए पनि सरकारले चैतमा स्थानीय तहको निर्वाचन गराउन कात्तिक मसान्तभित्र प्रतिवेदन बुझाउन आयोगलाई भनेको थियो । सबै...
काठमाण्डु, १ मंसिर– व्यवस्थापिका संसद्को आज बसेको बैठकले नेकपा माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधनमा प्रस्तुत शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । रुपन्देही जिल्लाबाट समानुपातिक सदस्य बनेका पाण्डेको फोक्सोको अर्बुद्ध रोगको उपचारका क्रममा कात्तिक २८ गते साँझ ६२ वर्षको उमेरमा ललिपुरको क्यान्सर...
काठमाण्डु, १ मंसिर– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको आज बसेको संयुक्त बैठकले दुबै पार्टीका एकीकरणका लागि यही मङ्सिर ६ गते गरिने घोषणा सभालाई व्यवस्थित र मर्यादित बनाउने निर्णय गरेको छ । धुम्बाराहीस्थित राप्रपा नेपालको कार्यालयमा बसेको बैठकले दुबै पार्टीबाट १२/१२...
काठमाण्डु, १ मंसिर– संविधान संशोधनका विषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेतृत्वबीच कुराकानी भएको छ । व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालका बीचमा आज अपराह्न सो विषयमा कुराकानी भएको हो ।...
भक्तपुर, १ मंसिर– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले मधेसमा दुई प्रदेशसहित विभिन्न मागलाई सम्बोधन गर्न संविधान संशोधनको तयारी भइरहेको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रमा बोल्दै जबराले अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुख बाहेक अन्य महत्वपूर्ण...
बागलुङ, १ मंसिर–बागलुङदेखि काठमाण्डुसम्म पर्यटक बस सञ्चालनमा आएको छ । यात्रुलाई स्तरीय सेवा दिन धवलागिरि अञ्चल यातायात बस व्यवसायी समितिले बस सेवा सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले आज यहाँ आयोजित कार्यक्रममा सो बस सेवा शुभारम्भ गरे । ‘रोडवेज् टुर्स एन्ड...
इलाम, १ मंसिर– नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले चिया खेतीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन विशेष पहल सुरू भएको बताएका छन् । आज बिहान सञ्चारकर्मीसँगको भेटघाटमा उनले इलामको पहिचान चियालाई ‘अग्र्यानिक’ अभियानमा लगेर विश्व बजारमा पुर्याउन सकेमा इलामसहित देशकै आर्थिक विकासमा टेवा पुग्ने...
डोल्पा, १ मंसिर– काठमाण्डु लगिँदै गरेका उपल्लो डोल्पाका २७ बालबालिका सुर्खेतमा अलपत्र परेका छन् । उत्तरी डोल्पाको तिन्जे गाविसका ती बालबालिकालाई लामा ज्ञान दिने भन्दै काठमाण्डु लगिँदै थियो । उनीहरुलाई गत आइतबार सुर्खेतको छिन्चुबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका बालबालिका पाँच...
काठमाण्डु, १ मङ्सिर– नेपाल तरुण दलको चौथो महाधिवेशनले अध्यक्षमा जितजङ्ग बस्नेतलाई सर्वसम्मतरुपमा चयन गरेको छ । नेपाली काँग्रेसको भ्रातृ संस्था तरुण दलको पोखरामा जारी महाधिवशेनको आज पाँचौँ दिन सर्वसम्मतिका आधारमा नेतृत्व चयन गरेको पार्टीको निर्देशन समिति सदस्य रामकृष्ण यादवले जानकारी दिए । ...
काठमाण्डु, १ मंसिर– भारतमा पाँच सय र एक हजार दरका भारु नोटमा प्रतिबन्ध लाग्दा त्यसको प्रत्यक्ष असर नेपालमा समेत परेको छ । नेपालका हजारौँ मानिस रोजगार र उपचारका लागि भारत जाने, आवश्यक सामान खरिदका लागि सीमा क्षेत्रका भारतीय बजारमा निर्भर रहने, धार्मिक यात्रामा भक्तालु...
काठमाण्डु, १ मंसिर– एएफसी सोलिडारिटी कपको उपाधि जितेपछि नेपाली फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरले मनछुने फेसबुक स्टाटस राखेका छन् । मेलेसियामा सम्पन्न प्रतियोगिताको फाइनलमा मकाउलाई १–० ले पराजित गरेपछि विमलले जित सारा नेपालीको भएको बताएका हुन् । उनले आफूभन्दामाथि टीम र...