भक्तपर, ३० कात्तिक- मापदण्ड विपरीत बिनास्वीकृत भवन निर्माण गरेको भन्दै गत २३ गते मध्यपुर थिमि नगरपालिकाले सिलबन्दी गरेको मध्यपुर थिमि नगरपालिका–९ राधे राधेस्थित निर्माणाधीन भाटभटेनी कम्प्लेक्समा शङ्कास्पद अवस्थामा मंगलबार एक किशोरको शव भेटिएको छ । निर्माण भइरहेको भवनको जग (हात्तीपाइले) राख्न बनाएको भवनको बीच...
भक्तपुर, ३० कात्तिक-नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अङ्गीकृत नागरिकलाई देशको प्रमुख पदको जिम्मेवारीमा लान सक्ने षडयन्त्र जनताले विफल पार्ने बताएका छन् । रफत सञ्चार क्लबले मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले अङ्गीकृत नागरिकलाई देशको प्रमुख पदमा लैजाने भारतीय षडयन्त्र जनताले...
काठमाण्डु, ३० कात्तिक-विशेष अदालतले नेकपा माओवादी केन्द्रका निलम्बित सांसद ल्यारक्याल लामालाई सार्वजनिक पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको आरोपको मुद्दामा सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई सदस्यहरु प्रभा बस्नेत र महेश पुडासैनीको इजलासले मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गरेअनुसार...
पोखरा, ३० कात्तिक-नेपाल तरुण दलको जारी चौथो महाधिवेशनको मंगलबार चौथो दिन निर्वाचन प्रक्रिया बढ्ने भनिए पनि नेताहरूबीच छलफल जारी रहेका कारण प्रक्रिया नबढेपछि देशभरबाट आएका महाधिवेशन प्रतिनिधि अन्यौलमा परेका छन् । निर्देशन समितिले सोमबार निर्वाचन प्रक्रियामार्फत नै सर्वसम्मतिका आधारमा नेतृत्व चयन गर्ने जनाए पनि आज...
इलाम, ३० कात्तिक- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनभन्दा पनि कार्यान्वयनतर्फ राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् । प्रेस चौतारी इलामले मंगलबार सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले तीन दलको एकताबिना संविधान कार्यान्वयन असम्भव छ, अहिलेको आवश्यकता संविधान कार्यान्वयन...
काठमाण्डु, ३० कात्तिक-सभामुख ओनसरी घर्तीले लोकतन्त्रमा आफ्नो विचार प्रकट गर्न सबै स्वतन्त्र भएको बताएकी छन् । राष्ट्रिय ख्रीस्टियन महासङ्घ नेपालको ज्ञापनपत्र बुझ्दै मंगलबार सभामुख घर्तीले संविधानले धर्मनिरपेक्षताको व्यवस्था गरेकाले सबैले आफ्नो हक अधिकारका लागि संविधानप्रति विश्वास गर्नुपर्ने बताइन् । संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने...
चितवन, ३० कात्तिक-पर्साको ठोरीका स्थानीयबासिन्दाले आफूहरुको इच्छाविपरीत राज्य पुनःसंरचनमा प्रदेश नं २ मा राखेकामा आपत्ति जनाएका छन् । मंगलबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी ठोरी चितवन पुनःसमायोजन समितिले राज्यले आफ्ना माग नसुनेकामा चिन्ता व्यक्त गर्दै उनीहरुले आफूहरुलाई प्रदेश नं ३ मा राख्न आग्रह गरे...
रसुवा, ३० कात्तिक-खोपाङ भीरमा मंगलबार बिहान मालवाहक कन्टेनर पल्टँदा धुन्चे–स्याफ्रुखण्ड अवरुद्ध भएको छ । रसुवाका निमित्त प्रजिअ दीपक केसीका अनुसार टिमुरेबाट भन्सार जाँचपास भएको ना २ ख ६१८३ नं को कन्टेनर खोपाङ भीरको अत्यन्तै साँधुरो ठाउँमा पल्टँदा सडक अवरुद्ध भएको हो । कन्टेनर हटाउन...
काठमाण्डु, ३० कात्तिक– निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की मंगलबार सर्वोच्च अदालतमा उपस्थित भएका छन् । कार्की केही दिनअघि सर्वोच्चले तामेली अवरोध गर्नेहरुले आफै उपस्थित हुनुर्ने आदेशलाई सिरोपर गरी सर्वोच्च अदालत पुगेका हुन् । केही दिनअघि निवेदनकर्ता ओमप्रकाश अर्यालले म्याद तामेली गर्नेविरुद्ध मुद्धा दर्ता गरेका...
काठमाण्डु, ३० कात्तिक-नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपालमा बहुजाति तथा बहुभाषा, बहुधर्म र बहुसंस्कृति रहेकाले तीनको संरक्षण गरिनुपर्ने बताएका छन् । एमाले भातृ सङ्गठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको नयाँ नेतृत्वलाई स्वागत तथा शुभकामना दिन मंगलबार यहाँ आयोजित कार्यक्रममा उनले कुनै पनि जातिको बहुमत...
काठमाण्डु, ३० कात्तिक-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न सातवटा जिल्लालाई सुपर जोन (उत्कृष्ट क्षेत्र) बनाएर कार्यक्रम अगाडि बढाउन कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले मंगलबार कृषि विकासमन्त्री चौधरीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर झापामा धान, बारामा माछा, काभ्रेमा आलु, कास्कीमा तरकारी, दाङमा...
भक्तपुर, ३० कात्तिक-अनन्तलिङ्गेश्वर नगरपालिका– १५ का भूकम्पपीडितले आफ्नो् नाम लाभग्राहीको सूचीमा छुटेको भन्दै आक्रोश व्यक्त गरेका छन् । भूकम्पबाट घर भत्किए पनि अनुदान पाउनेको सूचीमा नाम समावेश नगरेको भन्दै उनीहरुले भूकम्पीय आवास पुनःनिर्माण परियोजना जिल्ला आयोजना कार्यान्वयन एकाइ समक्ष नाम समावेश गर्न आग्रह गरेका...