समाचार

सरकार संस्थागत भ्रष्टाचारको नेतृत्व गर्छः माओवादी सांसद दाहाल

२०८२ असार २८ गते १८:१६

काठमाण्डू, २८ असार– नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले वर्तमान कांग्रेस–एमाले नेतृत्वको सरकारलाई पूर्ण रूपमा असफल भएको तर्क गरेका छन । आज (शनिबार) काठमाण्डूमा आयोजित साक्षात्कारमा माओवादी सांसद दाहालले यस्तो बताएका हुन । उनले भने, ‘ओली शासनको एक वर्ष पूरा हुँदैछ । यो सरकारको...

आधुनिक लोकतन्त्रको विकल्प छैनः सभामुख घिमिरे

२०८२ असार २८ गते १८:०८

काठमाण्डू, २८ असार– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आधुनिक लोकतन्त्रको विकल्प नभएको बताएका छन । आज (शनिबार) भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन । उनले अहिलेको लोकतन्त्रलाई अझ बलियो बनाउनका लागि सबै राजनीतिक दलहरूले आफ्नो ठाउँबाट महत्त्वपूर्ण भुमिका खेल्न जरुरी...

दलहरू बलियो हुँदा मात्रै राज्य बलियो हुन्छः शक्ति बस्नेत

२०८२ असार २८ गते १७:५९

काठमाण्डू, २८ असार– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले राजनीतिक दलहरू बलियो हुँदा मात्रै राज्य बलियो हुने तर्क गरेका छन । आज (शनिबार) भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव बस्नेतले यस्तो बताएका हुन । उनले राजनीतिक दलहरू बलियो भएमात्रै राजनीतिक...

एमाले र कांग्रेस रास्वपाभन्दा पनि नौजवान पार्टी होः योगेश भट्टराई

२०८२ असार २८ गते १७:५४

काठमाण्डू, २८ असार– पूर्व मन्त्री एवं एमाले सचिव योगेश भट्टराईले राजनीतिक दलहरू कहिले पनि पुराना नहुने भन्दै एमाले र कांग्रेस अहिले पनि नौजवान पार्टी भएको तर्क गरेका छन । आज (शनिबार) भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै एमाले सांसद भट्टराईले यस्तो बताएका हुन । उनले...

परोपकारी काम गर्नुपर्छ, मान्छेले मर्दा केही लाँदैनः प्रधानमन्त्री ओली

२०८२ असार २८ गते १७:४६

काठमाण्डू, २८ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी कार्य सबैले गर्न सिक्नुपर्ने बताएका छन् । मानिसले मर्दा केही नलैजाने भन्दै आफ्ना कामहरूबाट स्मरण गर्नसक्ने बनाउनुपर्ने उनले बताए । आज (शनिबार) झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको भागिरथा बुद्धशान्ति अस्पतालको शुभारम्भ गर्दै...

जबज केवल राजनीतिक सिद्धान्त मात्रै होइनः विद्यादेवी भण्डारी

२०८२ असार २८ गते १६:५६

काठमाण्डू, २८ असार– पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) केवल राजनीतिक सिद्धान्त मात्रै नभएको तर्क गरेकी छन । आज (शनिबार) मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको जर्नल जर्नल विमोचन तथा विमर्श कार्यक्रममा सम्बोधन गर्दै एमाले नेतृ भण्डारीले यस्तो बताएकी हुन ।...

राजनीतिक दलहरू जनताभन्दा सर्वशक्तिमान् भएः रास्वपा महामन्त्री बुर्लाकोटी

२०८२ असार २८ गते १६:४७

काठमाण्डू, २८ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले देश कस्तो बनाउने भन्नेकुरा नागरिकले निर्धारण गर्न सक्नुपर्ने तर्क गरेका छन । आज (शनिबार) भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै रास्वपा महामन्त्री बुर्लाकोटीले यस्तो बताएका हुन । राजनीतिले देश चलाउने भएको कारणले देश कस्तो बनाउने...

लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै

२०८२ असार २८ गते १६:४३

काठमाण्डू, २८ असार– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्ष पदबाट नवराज सुवेदीलाई हटाएपछि सो पार्टीमा असन्तुष्टि ह्वातै बढेको छ । असार २५ गतेको उक्त निर्णयविरुद्ध सुवेदीले निर्वाचन आयोगमा उजुरी दिने तयारी गरेका छन । सुवेदी हाल हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका...

राप्रपामा चुलियो विवाद , धवल शम्शेरको नेतृत्वमा छुट्टै भेला

२०८२ असार २८ गते १४:२३

काठमाण्डू, २८ असार– प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्तरिक विवाद सतहमा आएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन स्वेच्छाचारी ढंगले चलेको भन्दै इतर समूहले छुट्टै गुटगत भेला सुरु गरेका छन । पार्टीका महामन्त्री शवलशम्शेर राणाको नेतृत्वमा छुट्टै भेला बसेको हो । भेला राणाकै नक्सालस्थित...

नक्कली पेस्तोल देखाई सात लाख खोसेर भाग्ने चार जना पक्राउ

२०८२ असार २८ गते १४:१०

काठमाण्डू, २८ असार– प्रहरीले नक्कली पेस्तोल देखाई सात लाख खोसेर भाग्ने चार जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको भन्दै बिहीबार चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरु सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका स्थायी बासिन्दा रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा...

मन्त्रीहरू फेरबदलको तयारीमा प्रधानमन्त्री ओली !

२०८२ असार २८ गते १३:५८

काठमाण्डू, २८ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सात महिनाअघि मन्त्री र सचिवहरूलाई सिंहदरबारमा बोलाएर कार्यक्षमता प्रभावकारी नभए मन्त्री फेर्नुपर्ने चेतावनी दिएका थिए । तर, त्यसयता शिक्षा मन्त्री विद्या भट्टराईबाहेक अरू मन्त्रीमा कुनै फेरबदल भएको छैन । एमाले नेता रघुजी पन्तले...

जनमतका निलम्बित कोषाध्यक्ष यादवले बुझाए धरौटी रकम

२०८२ असार २८ गते १३:४४

काठमाण्डू, २८ असार– जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादवले १ लाख २५ हजार रुपैयाँ धरौटी बुझाएका छन । ललितपुर जिल्ला अदालतमा चलेको ठगी सम्बन्धी कसूर मुद्दामा जनमतका निलम्बित कोषाध्यक्ष यादवले १ लाख २५ हजार रुपैयाँ धरौटी बुझाएका हुन । नेपाल सरकार वादी भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us