काठमाण्डू, २८ असार– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आधुनिक लोकतन्त्रको विकल्प नभएको बताएका छन । आज (शनिबार) भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन ।
उनले अहिलेको लोकतन्त्रलाई अझ बलियो बनाउनका लागि सबै राजनीतिक दलहरूले आफ्नो ठाउँबाट महत्त्वपूर्ण भुमिका खेल्न जरुरी रहेको पनि बताएका छन । उनले राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन गर्नेकुरा मुलुकमा रहेका राजनीतिक दलहरूको नै भएकाले जनताको समस्यालाई सम्बोधन गर्ने र जनताको आवाजलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने काम राजनीतिक दलहरूको नै रहेको पनि बताए ।
सभामुख घिमिरेले भने, ‘वास्वतमा राजनीतिक शक्तिबाट यो मुलुकलाई परिवर्तन गरेर राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन गरेर विभिन्न बाटो हुँदै आएका विभिन्न राजनीतिक दलहरू नै यसका महत्वपूर्ण मेरुदण्ड हुन्, ‘ती मेरुदण्डहरूले जनताको समस्यालाई सम्बोधन गर्ने र जनताको आवाजलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने माध्यम उनीहरूको संसद् हो । संसदको माध्यमबाट यि सबै कामहरू गर्दछन् ।
आफूलाई करेक्शन पनि गर्नुपर्छ ।’ उनले राजनीतिक दलहरूले आफ्नो सिद्धान्त र सिद्धान्तमा आधारित कार्यक्रम कार्यान्वयन गर्न संसदमा प्रभावकारी भूमिका खेल्न जरुरी रहेको पनि बताएका छन ।