काठमाण्डू, २८ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले देश कस्तो बनाउने भन्नेकुरा नागरिकले निर्धारण गर्न सक्नुपर्ने तर्क गरेका छन ।
आज (शनिबार) भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै रास्वपा महामन्त्री बुर्लाकोटीले यस्तो बताएका हुन । राजनीतिले देश चलाउने भएको कारणले देश कस्तो बनाउने भन्ने कुराको निर्धारण जनताले गर्नुपर्ने पनि बताएका छन ।
महामन्त्री बुर्लाकोटीले भने, ‘तर हाम्रोमा राजनीतिक दलहरू संगठित हुने कारणले गर्दा दलहरू बढी सर्वशक्तिमान् भएको देखिन्छ । नागरिक शक्तिशाली हुनुपर्छ । लोकतन्त्रमा दलीय व्यवस्था र नागरिक शक्तिशाली हुनुपर्छ ।
नागरिकको सोचले दल ड्रिभन गर्नुपर्छ । ’महामन्त्री बुर्लाकोटीले गणतन्त्र सकिने अवस्थामा नरहेको कारणले नै आफूहरू गणतन्त्रको पक्षमा आन्दोलनमा नआएको पनि उनले बताए ।