समाचार

पुरुषभन्दा महिला एड्स संक्रमित धेरै

२०७३ मंसिर १४ गते १०:१६

पर्वत, १४ मंसिर– एचआइभी एड्सबाट पर्वत जिल्लामा १९ जना सङ्क्रमित रहेको पाइएको छ । तीमध्ये सातजना पुरुष, आठजना महिलामा एड्स सङ्क्रमण देखिएको हो । एड्स सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या भने तीन रहेको छ । जिल्ला अस्पताल पर्वतले यही साउनदेखि तथ्याङ्क सङ्कलन अभियान सुरु गरेको...

रामदेवको सेवा गर्न पत्रकार कुट्ने प्रहरीलाई आपत

२०७३ मंसिर १४ गते १०:०८

सप्तरी, १३ मंसिर– नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) ले सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा शनिबार योगगुरु रामदेवको समाचार सङ्कलनमा गएका पत्रकारमाथि सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले दुब्र्यवहार गरेको भन्दै घोर भत्र्सना तथा विरोध गरेको छ । पार्टीका केन्द्रीय अध्यक्ष विकासकुमार तिवारीले सोमबार जारी गरेको विज्ञप्तिमा नेपालमा...

बक्स अफिस प्रणाली लागू गरिन्छः सञ्चारमन्त्री

२०७३ मंसिर १३ गते १९:०७

काठमाण्डु– सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण मानिएको ‘बक्स अफिस’ प्रणाली लागू गरिने बताएका छन् । चलचित्र निर्माता सङ्घले आज उनकै कार्यकक्षमा बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री कार्कीले चलचित्रको व्यावसायिकता र उत्थानका लागि सरकारले ठोस कार्ययोजना अगाडि सारेको र त्यसमा सहयोग गर्न...

माओवादी बैठक स्थगित

२०७३ मंसिर १३ गते १९:०७

काठमाण्डु-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यस्तताका कारण नेकपा माओवादी केन्द्रको सोमबारका लागि तय भएको पोलिटब्युरो बैठक स्थगित भएको छ । संविधान संशोधन विषय लगायतका अन्य सरकारी काममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष व्यस्त भएकाले बैठक स्थगित गरिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । काठमाण्डु विश्वविद्यालयको दीक्षान्त...

एमालेद्वारा दुःख व्यक्त

२०७३ मंसिर १३ गते १९:००

काठमाण्डु– नेकपा एमालेले नेकपा (माक्र्सवादी) का अध्यक्ष माधव ज्ञवालीको निधनप्रति दुःख व्यक्त गरेको छ । एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले सोमबार विज्ञप्ति जारी गरी वामपन्थी आन्दोलनका लोकप्रिय नेता ‘मधुगुरु’को निधनबाट आन्दोलनलाई क्षति पुगेको उल्लेख गरेका छन् । वि.सं २०१३ देखि नेकपामा सङ्गठित भई जीवनका ६०...

मेलम्चीको पानी काठमाण्डु नआउँदै थालियो यस्तो तयारी

२०७३ मंसिर १३ गते १८:३४

काठमाण्डु– सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे र एसियाली विकास बैंक (एडिबी) का देशीय निर्देशक केनिची योकोयामाबीच मेलम्ची खानेपानी परियोजना सम्पन्न हुने चरणमा रहेकाले काठमाण्डु उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) मार्फत पानी वितरण प्रणालीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । मन्त्रालयमा आज भएको...

रक्तसञ्चार सेवा सुरु भएको पचास वर्ष पूरा

२०७३ मंसिर १३ गते १८:२०

काठमाण्डु,१३ मंसिर-नेपालमा रक्तसञ्चार सेवा सुरु भएको ५० वर्ष पूरा हुँदा पनि तीन जिल्लामा सेवा पुग्न सकेको छैन । मनाङ, मुस्ताङ र डोल्पामा रक्तसञ्चार सेवा सुरु हुन सकेको छैन । रक्त सञ्चार सेवा सुरु भएको स्वर्णजयन्तीका अवसरमा नेपाल जनस्वास्थ्य प्रयोगशाखा र नेपाल रेडक्रस सोसाइटीले संयुक्तरुपमा...

केसीको जीवनरक्षा गर्न मानवअधिकार आयोगले गर्यो सरकारसँग आग्रह

२०७३ मंसिर १३ गते १८:१५

काठमाण्डु– राष्ट्रिय मानवअधिकार आयोगले स्वास्थ्य क्षेत्रको माग राखी आन्दोलनरत डा गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक वार्ताबाट समस्याको समाधान गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज प्रेस विज्ञप्ति निकाल्दै विरोधको स्वरुप जस्तोसुकै भए पनि डा केसीको स्वास्थ्योपचार जीवनको अधिकारसँग जोडिएकाले...

राजेन्द्र महतोले खोलिदिए काँग्रेस र माओवादीको पोल

२०७३ मंसिर १३ गते १७:४७

कपिलवस्तु– सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकारले संविधान संशोधनको प्रस्ताव मोर्चाको विरोधका कारण दर्ता गर्न नसकेको झूठो आरोप लगाएको बताएका छन् । प्रेस मञ्च नेपालले तौलिहवामा आज गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रकै सभासद्हरुको विरोधका...

माओवादीले अहिले के चाहिरहेको छ ?, पुनले गरे खुलासा

२०७३ मंसिर १३ गते १७:०८

काठमाण्डु– माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले आफ्नो पार्टीको एकमात्र अर्जुनदृष्टि स्थानीय चुनाव रहेको बताएका छन् । नेता पुनले सरकारको एक सुत्रीय ध्यान निर्धारित समयमा स्थानीय चुनाव गराउनमा केन्द्रित रहेको जिकिर गरे। आज राजधानीमा अखिल (क्रान्तिकारी) को विद्यार्थी स्वयंसेवकको केन्द्रीय भेला उद्घाटन गर्दै नेता...

मूर्ति हराएको विषयमा सँस्कृति मन्त्रालयको चासो

२०७३ मंसिर १३ गते १६:५०

काठमाण्डु– जुम्लामा रहेको नेपालको प्रसिद्ध धार्मिक स्थल चन्दननाथबाबाबाट चार हात लामो दतात्रय भगावनको मूर्तिसहित बहुमूल्य बस्तु चोरी भएको घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ध्यानाकर्षण भएको बताएको छ । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएका...

प्रचण्डलाई दिएको १५ दिने अल्टिमेटम सकिएकै दिन गठबन्धनले गर्यो यस्तो निर्णय

२०७३ मंसिर १३ गते १६:४२

काठमाण्डु– सरकारलाई दिएको समयसीमाभित्र सदनमा संविधान संशोधन प्रस्ताव दर्ता नभएपछि भावी रणनीति बनाउन बसेको संघीय गठबन्धको बैठक बिना निस्कर्ष टुंगिएको छ । गत कात्तिक २९ गते गठबन्धनले संशोधनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर दिएको १५ दिने अल्टिमेटम सकिएकै दिन आइतबार संघीय समाजवादी फोरमको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us