समाचार

संविधान कार्यान्वयनमा इमान्दारिता देखिएन: खरेल

२०७३ मंसिर १४ गते १६:५७

भद्रपुर-नेकपा एमालेका नेता एवम् पूर्व कानुनमन्त्री अग्नि खरेलले सरकारले संविधान कार्यान्वयनका लागि इमान्दार प्रयत्न नगरी संशोधनको कुरा मात्रै गरिरहेको बताएका छन् । प्रेस क्लब भद्रपुरद्वारा मंगलबार यहाँ आयोजित पत्रकार भेटघाटमा उनले केही महत्वपूर्ण विषय बाहेक संविधानमा अरु प्रावधानलाई संशोधन गर्न सकिने तर कार्यान्वयनमा नै...

कांग्रेसबाट जाने दश राज्यमन्त्रीले पाए यस्ता मन्त्रालय

२०७३ मंसिर १४ गते १६:५१

काठमाण्डु-नेपाली कांग्रेसले वर्तमान सरकारमा पार्टीका तर्फबाट पठाउने १० राज्यमन्त्रीको नामको टुङ्गो लगाएको छ । काँग्रेसले पठाउने राज्यमन्त्रीमा दीर्घराज भाट (भौतिक पूर्वाधार तथा यातायात), सीताराम मेहता (वन तथा भू–संरक्षण), कञ्चनचन्द्र वादे (उद्योग), सुरेन्द्र आचार्य (सिँचाइ), दीपक खड्का (खानेपानी तथा सरसफाइ), इन्द्र बानियाँ (संस्कृति, पर्यटन तथा...

केन्द्रीय अनुसन्धान ब्युरोको टोली जुम्ला पुग्यो

२०७३ मंसिर १४ गते १६:२१

जुम्ला-चन्दननाथ बाबाको मन्दिरबाट विभिन्न मूर्ति चोरीको घटना अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोको एक टोली जुम्ला पुगेको छ ।  ब्युरोमा कार्यरत प्रहरी नायब उपरीक्षक अर्जुन पौडेलको नेतृत्वमा तीन सदस्यीय टोली हवाई मार्गबाट जुम्ला पुगेको हो । टोलीले जिल्ला सुरक्षा समितिसँग जिल्लाको घटनाबारे बुझेर स्थानीय नागरिकसँग...

सार्वजनिक सुनुवाइमा धुरुधुरु रोए भूकम्पपीडित

२०७३ मंसिर १४ गते १६:१७

भक्तपुर-लाभग्राहीको सूचीमा नाम समावेश भए पनि लालपुर्जा नभएर अनुदान सम्झौता गर्न नपाएपछि भक्तपुरका भूकम्पपीडितले राहत अनुदान सम्झौता प्रक्रिया पीडितको पक्षमा नभएको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार सञ्जालको समन्वयमा मंगलबार भक्तपुरको चाँगुनारायण नगरपालिका– १ छालिङमा आयोजना गरेको भूकम्पपीडितका...

मोर्चाले सरकारको समर्थन फिर्ता ल्याउनेबारे बोले मधेसी नेता

२०७३ मंसिर १४ गते १६:१०

काठमाण्डु– मधेसी मोर्चाका नेता महेन्द्र राय यादवले मोर्चाले सरकारलाई दिएको समर्थन अहिले नै फिर्ता नलिने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्ताव ल्याउनेमा आफूहरु अझै विश्वस्त रहेको बताउँदै सरकारलाई दिएको समर्थन...

महिला, पुरुष मृत भेटिए

२०७३ मंसिर १४ गते १५:४४

भक्तपुर– अनन्तलिङ्गेश्वर नगरपालिका –११ स्थित दधिकोट अरनिको उमाविसँगै आज एक पुरुष मृत अवस्थामा भेटिएका छन् । स्थानीयवासीमाझ कुमार विक भनेर चिनिने अन्दाजी ५२ वर्षका ती पुरुषको वास्तविक नाम र ठेगाना खुल्न नसकेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।   यता, भक्तपुरको सूर्यविनायकमा...

भ्रष्टाचारमुक्त राष्ट्र निर्माण गर्न कानुन व्यावसायीहरुले गरे यस्तो आह्वान

२०७३ मंसिर १४ गते १५:४०

काठमाण्डु-मुलुकलाई भ्रष्टाचारविहीन बनाउन सबै स्वाभिमानी नेपाली एक हुनुपर्नेमा कानुन व्यवसायीले जोड दिएका छन् ।  ‘स्वाभिमानी नेपालीको खुल्ला आह्वान, तिव्र विकास र समृद्धिका निमित्त’ विषयक मंगलबार यहाँ आयोजित कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले देशलाई भ्रष्टाचारबाट मुक्त गर्न स्वाभिमानी नेपालीले अभियानै चलाउनुपर्नेमा जोड दिए...

सांसदहरुको सरकारलाई प्रश्न, ‘महाकालीको चियानघाटमा भारतीय सेना किन राखेको ?’

२०७३ मंसिर १४ गते १५:१६

काठमाण्डु-व्यवस्थापिका–संसद्को मंगलबारको बैठकको शून्य समयमा सांसदले स्थानीय निकायको सङ्ख्या र सीमाको पुनःसंरचना गर्दा स्थानीय समुदायका मागलाई सम्बोधन गर्न आग्रह गरेका छन् । उनीहरुले भूकम्प गएको लामो समय बितिसक्दा पनि वास्तविक भूकम्पपीडितले आवास निर्माण गर्न राहत नपाएको, कोसी वन्यजन्तु क्षेत्रमा हात्ती आतङ्क बढेको र कञ्चनपुरको...

माओवादी बैठकमा संविधान संशोधनको विषयमा प्रचण्डले गरे यस्तो ब्रिफिङ, संकेत सकारात्मक

२०७३ मंसिर १४ गते १५:०५

काठमाण्डु-नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो बैठकमा संविधान संशोधनका विषयमा गम्भीर छलफल भएको छ । मंगलबार बिहान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने निर्णय भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले संविधान संशोधनबारे...

यसो भने आजको संसद बैठकमा सांसदहरले

२०७३ मंसिर १४ गते १४:५२

काठमाण्डु– व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदले स्थानीय निकायको सङ्ख्या र सीमाको पुनःसंरचना गर्दा स्थानीय समुदायका मागलाई सम्बोधन गर्न आग्रह गरे । उनीहरुले भूकम्प गएको लामो समय बितिसक्दा पनि वास्तविक भूकम्पपीडितले आवास निर्माण गर्न राहत नपाएको, कोसी वन्यजन्तु क्षेत्रमा हात्ती आतङ्क बढेको र कञ्चनपुरको...

भारतीय राजदूत रायलाई देश निकाला गर्न माग

२०७३ मंसिर १४ गते १४:३३

काठमाण्डु– नेपाल मजदुर किसान पार्टीले नेपालका लागि भारतीय राजदूत रणजित रायलाई देश निकाला गर्न माग गरेको छ । व्यवस्थापिका संसदको मंगलबारको बैठकमा बोल्दै उक्त पार्टीका सांसद प्रेम सुवालले रायले नेपालको संविधान अपूर्ण रहेकाले सच्याउनुपर्ने बताउँदै हिँडेकाले उनलाई भारत फर्काउन माग गरे ।   राजधानीको...

एक्कासि भेट्न पुगेका गगन थापाको अनशनरत डा.केसीसँग यस्तो कुरा भयो

२०७३ मंसिर १४ गते १४:२३

काठमाण्डु-स्वास्थ्यमन्त्री गगनकुमार थापाले मंगलबार चिकित्साशास्त्र अध्ययन संस्थान  (आइओएम) का डिन डा. केपी सिंह र शिक्षण अस्पतालमा अनशनरत डा.गोविन्द केसीसँग भेट गरेका छन् । भेटका क्रममा मन्त्री थापाले डा.केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै समस्या समाधानका लागि आफूले उच्चस्तरीय राजनीतिक संयन्त्रसँग छलफल गर्ने बताए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us