समाचार

एकाएक केपी ओली बिरामी

२०७३ मंसिर १५ गते १४:५५

काठमाण्डु– एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । एकाएक ओलीको स्वास्थ खराब भएपछि उनी बुधबार बसेको एमाले संसदीय दलको बैठकमा उपस्थित भएनन् । ओली बैठकमा नआएपछि उपनेता सुवास नेम्वाङले बैठकको अध्यक्षतामा ग्रहण गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । तर, उनले...

अब एमालेले संसद चल्न नदिने, सडक तताउने

२०७३ मंसिर १५ गते १४:३७

काठमाण्डु– एमालेले सरकारले व्यवस्थापिका–संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावविरुद्ध संसद अवरुद्ध गर्ने भएको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकले सीमांकन हेरफेरिसहित दर्ता गराइएको संशोधन विद्येयक फेल गराउनका लागि सदन र सडकबाट आन्दोलन थाल्ने निर्णय गरेको सचेतक गोकुलप्रसाद घर्तीले काठमाण्डु टुडेलाई जानकारी दिए...

देउवा र प्रचण्डको समिकरण मिलाएर यस्तो पो गरेछ भारतले !

२०७३ मंसिर १५ गते १४:१०

मंसिर– राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनकोे विद्ययक भारतीय विस्तारबादीको इसारमा दर्ता भएको बताएका छन् । संवाद क्लव नेपालले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै केसीले तराइलाई पहाडबाट अलग गर्ने र अन्तत सिकिमीकरण गर्ने उद्देश्य अनुरुप केपी...

२४ घण्टाभित्र गोविन्द कसीको माग पुरा नभए सबै सरकारी स्वास्थ्य संस्था बन्द हुने

२०७३ मंसिर १५ गते १४:००

काठमाण्डु– त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का नवनियुक्त डिनको राजिनामा लगायतका माग राख्दै विगत १८ दिनदेखि अनशनरत प्राडा गोविन्द केसीलाई सरकारी चिकित्सक संङ्ग नेपाल (गोदान) ले समर्थन जनाएको छ । गोदानका महासचिव डा विष्णुरथ गिरीले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रा...

‘सिके राउत र केपी ओली प्रवृत्ति एउटै’

२०७३ मंसिर १५ गते १३:४४

कलैया– क्रान्तिकारी विद्यार्थी जागरण अभियानका क्रममा कलैया पुगेका अखिल (क्रान्तिकारी) का नेताहरूले सिके राउत र केपी ओली दुवै प्रवृत्ति घातक रहेको बताएका छन् । उनीहरुले संविधान संशोधनको नयाँ प्रस्तावले मात्र राष्ट्रलाई निकास दिने दाबी गरे । आज कलैयामा क्रान्तिकारीद्वारा आयोजित अभियान उद्घाटन तथा एकता...

नेपाल हेल्थकेयर र भारतको मेन्टोरबीच सहकार्य

२०७३ मंसिर १५ गते १३:३३

काठमाण्डु– उपचारका लागि नेपाल आउने र विदेश जानु पर्ने अवस्थाका विरामीको उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले नेपाल हेल्थकेयर सलुसन र भारतको मेन्टोर इथिकेयरबिच सहकार्य भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच भारतबाट नेपाल आउने विरामीको उपचारमा हेल्थकेयरले र नेपालबाट भारत जाने विरामीलाई मेन्टोरले...

यो खबर पढेपछि प्रचण्डलाई लाग्नसक्छ झड्कामाथि अर्को झड्का

२०७३ मंसिर १५ गते १३:२३

काठमाण्डु– नेकपा एमालेले संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव असफल बनाउन सदन र सडकमा प्रतिरोध गर्ने भएको छ । एमालेका सचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीसँग छलफलबिना जनमत र संविधानको भावनाविपरीत सङ्घीयता लगायतका विषयमा संशोधनको प्रस्ताव आएकाले त्यसलाई सफल हुन नदिने जनाए । पार्टीको प्रचार...

संविधान संशोधन प्रस्तावविरुद्ध युवा संघ र अनेरास्ववियुले गर्ने भए कडा आन्दोलन

२०७३ मंसिर १५ गते १३:१०

काठमाण्डु– व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको विषयलाई लिएर नेकपा एमालेनिकट युवा सङ्घ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संयुक्त विरोध गर्ने निर्णय गरेका छन् । युवा सङ्घको कार्यालयमा आज बसेको संयुक्त बैठकले सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावले समस्या समाधान...

अर्को मधेसी पार्टीले पनि दियो सरकारलाई कडा चेतावनी, प्रचण्डलाई तनाव

२०७३ मंसिर १५ गते १२:४७

काठमाण्डु– नेपाल सरकारले व्यवस्थापिका–संसद सचिवालयमा दर्ता गराएको नेपालको संविधानः २०७२ (दोश्रो संसोधन–२०७३) को मर्म, भावना र शब्दहरु प्रति अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीले आपत्ति जनाएको छ । सरकारद्वारा प्रस्तुत संविधान संशोधन सम्बन्धि विधेयकले मधेस आन्दोलनको समग्र एजेण्डा, आकांक्षा र मागलाई सम्बोधन गर्न नसकेको,...

सरकारले ५ नम्बर प्रदेश टुक्राउने प्रस्ताव ल्याएपछि दन्कियो आगो, देखियो खतरनाक संकेत

२०७३ मंसिर १५ गते १२:३०

रुपन्देही– सरकारले ५ नम्बर प्रदेश टुक्राउने गरी संविधान संशोधन प्रस्ताव ल्याएको प्रति विरोध सुरु भएको छ । मंगलबार राति सरकारले व्यवस्थापिका–संसदमा दर्ता गरेको संशोधन प्रस्तावमा ५ नम्बर प्रदेशलाई टुक्राएर तराई–पहाड अलग गर्ने निर्णय गरेको भन्दै बुटवलमा टायर बालेर विरोध प्रदर्शन गरिएको हो । बुधबार बिहानै...

दिपेश पुनद्धारा विद्यार्थी जागरण अभियानमा फरक कार्यको सुरुवात

२०७३ मंसिर १५ गते १२:०३

मकवानपुर– अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव दिपेश पुनले क्रान्तिकारी विद्यार्थी जागरण अभियानमा फरक खालको सुरुवात गरेका छन् । क्रान्तिकारीले थालेको देशव्यापी अभियान अन्तर्गत मकवानपुर पुगेका पुनले मकवानपुर बहुमुखी क्याम्पसमा फरसफाइ र विद्यार्थी भर्ना डेल्प डेस्कको स्थापना गर्दै अभियानमा फरक कार्यको सुरुवात गरेका हुन् ।...

संशोधन प्रस्ताव दर्ता गरेको १५ घण्टा नपुग्दै आयो सरकारलाई झड्का लाग्ने खबर

२०७३ मंसिर १५ गते ११:३६

काठमाण्डु– सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकप्रति संघीय समाजवादी फोरमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आदिवासी जनजाति, थारू, खस, मुस्लिम, महिला, दलित तथा मधेसमा भएका आन्दोलनको माग बमोजिम संविधान संशोधन प्रस्ताव दर्ता नगरेर सरकारले गम्भीर गल्ती गरेको भन्दै उसले असन्तुष्टी जनाएको हो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us