काठमाण्डु– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् चुहावट नियन्त्रण अभियानमा गुणात्मक सफलता हासिल गर्ने गरी काम गर्न ऊर्जा मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्कअनुसार हाल मुलुकभर विद्युत् चुहावट २५ प्रतिशतभन्दा बढी रहेको र कुल जडित क्षमतामा २५० मेगावाट बराबर हुने...
दमौली-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन प्रक्रियामा देखिएको विवाद तीन ठूला दल मिलेर समाधान खोज्नुपर्ने बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँको नयाँ बन्ने भवनको सोमबार शिलान्यास गर्दै उनले भने, संविधान संशोधन विधेयक दर्ता भइसकेकाले यसलाई सबै मिलेर टुङ्ग्याउन सक्नुपर्दछ । नेता...
इनरुवा– चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले जनताको चाहना विपरीत कुनै समुदाय र विदेशीलाई खुसी बनाउने उद्देश्यले संविधान संशोधन विधेयक ल्याइएको भन्दै त्यसमा आफूहरुको असहमति रहेको बताएका छन् । पत्रकारसँगको भेटमा उनले सो विधेयकले नेपालीलाई मधेस र पहाडका नाममा टुक्रयाउने र...
काठमाण्डु– सम्झौता भएअनुसार सेवासुविधा नपाएको भन्दै सहरी विकास मन्त्रालयअन्तर्गत खटिएका भूकम्प अतिप्रभावित १४ जिल्लाका प्राविधिकले काम रोकेका छन् । भूकम्पपछिको पुनःनिर्माणका लागि सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर र भक्तपुरमा गरी दुई हजार ६५० प्राविधिक खटिएका छन्...
काठमाण्डु-सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले विदेशी चललिचत्रसँग प्रतिस्पर्धा गर्न सक्ने खालका नेपाली चलचित्र निर्माण गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । नेपाल चलचित्र विकास बोर्डको सोमबार निरीक्षणका क्रममा उनले नेपालको भौगोलिक स्थिति, रहनसहन, हावापानी र विविध भाषाशैलीका कारण यहाँ जुनसुकै चलचित्र पनि उत्कृष्ट बनाउन...
काठमाण्डु– न्यूनतम पारिश्रमिक निर्धारण समितिले सरकारले निर्धारण गरेको आमसञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार र कर्मचारीको न्यूनतम पारिश्रमिक पूर्ण कार्यान्वयनका लागि पहल गर्ने भएको छ । नेपाल पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको ‘आधारभूत समाचार तालिम’को समापन गर्दै समितिका अध्यक्ष पोषण केसीले न्यूनतम पारिश्रमिक कार्यान्वयन भए...
काठमाण्डु– नवगठित देशभक्त लोकतान्त्रिक पार्टीले मुलुकलाई राजनीतिक सङ्कटबाट निकास दिन संविधान परिमार्जनसभाको अवधारणा अघि सारेको छ । उक्त पार्टीद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष मनमोहनशम्शेर राणाले संविधान कार्यान्वयनका नाममा संसद् बाहिरका शक्तिलाई बेवास्ता गरेर निर्वाचन गर्न खोजिएमा थप राजनीतिक सङ्कट निम्त्याउन सक्ने...
काठमाण्डु– राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापालाई युरोपेली सङ्घका लागि पनि नेपाली राजदूतमा नियुक्त गरेकी छन् । नेपालको संविधान अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राजदूत थापालाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयबाट सोमबार जारी विज्ञप्तिमा जनाइएको छ ।...
काठमाण्डु– सरकारले विभिन्न कारणले बन्द भएका निजी क्षेत्रका उद्योग खोल्न सहजीकरण गर्ने भएको छ । उद्योग मन्त्रालयले २१ दिनभित्र सूचना प्रकाशन गरी मुलुकभर बन्द भएका त्यस्ता उद्योगको विवरण लिने जनाएको छ । बन्द भएको स्पष्ट कारणसहित सम्पर्कमा आउन आग्रह गर्दै मन्त्रालयले त्यस्ता उद्योगको अध्ययन...
बर्दिबास-महोत्तरीसहितका पूर्वी तराईमा सोमबार नवौँ दिनमा झलमल्ल घाम देखिएपछि स्थानीय जनतामा खुसी छाएको छ । गएको १९ गते आइतबार बिहानदेखि बाक्लो हुस्सुसँगै लगातार चिसो सिरेटो चलेर मुटु कमाउने जाडो बढिरहेकैबीच सोमबार दिउँसो झलमल्ल घाम लागेपछि यस क्षेत्रमा खुसी छाएको हो । सोमबार मध्याह्नसम्म बाक्लो हुस्सुले ढाकेको...
काठमाण्डु– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले क्यालेन्डर बनाएर २०७४ साल माघभित्र तीन तहको निर्वाचन सम्पन्न गराइने बताएका छन् । नेपाल विद्यार्थी सङ्घले आयोजना गरेको ‘संविधान कार्यान्वयन, स्ववियु निर्वाचन, शैक्षिक सुधार र सङ्गठन सुढृढीकरणका लागि ६ महिने सदस्यता वितरण तथा जनजागरण अभियान’ कार्यक्रममा सभापति देउवाले...
काठमाण्डु– चर्चित नायिका रेखा थापा माओवादी केन्द्र छाडेर राप्रपामा प्रवेश गरेपछि कलाकार दीपकराज गिरीले घुमाउरो स्टाटस राखेका छन् । गिरीले थापा राप्रपामा प्रवेश गर्न थालेको समाचार सुनेर आफू खुसी भएको भन्दै घुमाउरो पारामा टीका लगाउने भन्दा टिक्नेलाई आफ्नो सम्झन दलहरुलाई आग्रह गरेका छन् ।...