समाचार

‘गतिरोध अन्त्यका लागि परिमार्जनसहित संविधान संशोधन आवश्यक’

२०७३ पुष २४ गते १६:१०

लहान, २४ पुस – नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि परिमार्जनसहित संविधान संशोधन एक मात्र विकल्प रहेको बताए । नेपाल प्रेस सोसाइटी सिरहाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुकलाई सङ्कटबाट जोगाउन र संविधानमा सबै समुदायको अपनत्व झल्किने...

सभामुखलाई आदिवासीको २० बुँदे ज्ञापनपत्र

२०७३ पुष २४ गते १६:०२

काठमाडौँ, २४ पुस – सभामुख ओनसरी घर्तीलाई नेपाल आदिवासी जनजाति महासङ्घले आज संविधान संशोधन र राज्य पुनःसंरचनासम्बन्धी २० बँुदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । महासङ्का अध्यक्ष जगतबहादुर बरामको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले संविधान सशोधनको प्रस्तावका विषयमा आफूहरुसँग अविलम्ब छलफल गरी महासङ्घका मागलाई समावेश गर्न माग...

नेपाली सेनाको गाडी दुर्घटनामा

२०७३ पुष २४ गते १५:५६

डडेल्धुरा, २४ पुस – शनिबार राति परेको हिमपातका कारण साउखर्कमा अवरुद्ध भएको भीमदत्त राजमार्ग खोलेर फर्कँदा नेपाली सेनाको गाडी दुर्घटना भएको छ । हिमपातका कारण अवरुद्ध सडक खोलेर फर्कने क्रममा गरुड दल गण डडेल्धुरास्थित नेपाली सेना चढेको गाडी दुर्घटना हँुदा ३३ जना घाइते भएका...

दुई भारतीय पक्राउ

२०७३ पुष २४ गते १५:५०

काठमाडौँ, २४ पुस – लागुऔषध नियन्त्रण ब्युरोले अवैध लागुऔषध खैरो हेरोइन २१ ग्रामसहित दुई भारतीयलाई आज पक्राउ गरेको छ । ब्युरोबाट खटिएको विशेष प्रहरीको टोलीले स्थानीय तिलगङ्गा क्षेत्रबाट अवैध लागुऔषध खैरो हेरोइन २१ ग्रामसहित भारत बहराइच जिल्ला ककोरा मोहमदपुर थाना विशेश्वरगङ्ज घर बताउने २५...

पर्यटनमन्त्री शाही थाइल्यान्ड प्रस्थान

२०७३ पुष २४ गते १५:४६

काठमाडौँ, २४ पुस – अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ० को बैठकमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही आज थाइल्यान्ड प्रस्थान गरेका छन् । बैङ्ककमा रहेको आइकाओको एसिया तथा प्रशान्त क्षेत्रको कार्यालयमा यही पुस २५ देखि २६ गतेसम्म हुने बैठक मा सहभागी...

मौसमी राडर राख्ने तयारी

२०७३ पुष २४ गते १५:३९

काठमाडौँ, २४ पुस – मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले नेपालमै पहिलो पटक मौसमी राडार राख्ने तयारी गरेको छ । मौसमीय पूर्वसूचनालाई प्रभावकारी बनाउन मौसमी राडार जडानका लागि खरिद प्रक्रिया अघि बढेको विभागका महानिर्देशक डा ऋषिराम शर्माले...

कार्कीको नियुक्तिविरुद्ध मुद्दामा सुनुवाइ सकियो

२०७३ पुष २४ गते १५:२१

काठमाडौँ, २४ पुस – सर्वोच्च अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति र योग्यताविरुद्ध मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा दुबै पक्षका कानुन व्यवसायीको बहस सकिएको हो ।...

सूचना लुकाउनु भनेकै भ्रष्टाचार बढ्नु हो

२०७३ पुष २४ गते १५:१४

पर्वत, २४ पुस – राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सूचना लुकाउनेहरु दण्डका भागी हुने बताएका छन । आज बिहान सदरमुकाम कुश्माबजार पुगेका बास्कोटाले सूचना लुकाउनेले भ्रष्टाचार बढाउने र सुशासन कायम हुन नदिने भएकाले त्यस्ता सूचना अधिकारीलाई दण्डित गर्नुपर्ने बताए । “सू्चना लुकाउने...

सबै क्षेत्र र तहका निर्वाचनमा मतदाता परिचयपत्र अनिवार्य

२०७३ पुष २४ गते १५:०३

काठमाडौँ, २४ पुस – व्यवस्थापिका–ससद्को राज्य व्यवस्था समितिमा मतदाता नामावलीसम्बन्धी विधेयकमाथि छलफल सुरु भएको छ । बैठकमा भाग लिने अधिकांश सदस्यले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष तुल्याउन मतदाता परिचयपत्रको व्यवस्थालाई अनिवार्य गर्ने व्यवस्था विधेयकले सुनिश्चित गर्नुपर्ने सुझाव दिए । सबै तहका निर्वाचन र सबै...

महोत्तरीका विद्यालय सञ्चालनमा आए

२०७३ पुष २४ गते १४:५६

गौशाला, २४ पुस – जाडोका कारण एक साताका लागि बन्द गरिएको महोत्तरी जिल्लाका सबै विद्यालय आजदेखि पुनः सञ्चालनमा आएको छg । कठ्याङ्ग्रीदो जाडोबाट बालबालिका प्रभावित भएपछि गत आइतबारदेखि एक साताका लागि बन्द गरिएको महोत्तरीका सबै सामुदायिक विद्यालय आजदेखि पुनः सञ्चालनमा आएको जिल्ला शिक्षा कार्यालयले...

सामाजिक सञ्जालमार्फत आएका उजुरी अध्ययन गरी कारबाही

२०७३ पुष २४ गते १४:५३

काठमाडौँ, २४ पुस – महानगरीय ट्राफिक प्रहरी महाशाखाले सामाजिक सञ्जालमार्फत नागरिकले पठाएका उजुरीलाई अध्ययन गरी कारबाही थालेको छ । ट्राफिक प्रहरीको मोबाइल एप्स, फेसबुक, ट्विटर, भाइबर लगायत सामजिक सञ्जालमार्फत सर्वसाधारणले गरेको गुनासो र उजुरीलाई अध्ययन गरी कारबाही थालिएको हो । लेन अनुशासन पालना नगर्ने,...

आठ गाविस खुला दिसामुक्त हुन बाँकी

२०७३ पुष २४ गते १४:४७

धनगढी, २४ पुस – कैलाली जिल्लामा सन् २०१६ को अन्त्यसम्ममा एक नगर क्षेत्रसहित २० गाविसलाई खुला दिसामुक्त घोषणा गरिएको छ । सन् २०१६ को अन्त्यसम्ममा जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिसक्ने लक्ष्य राखिएको थियो । अझै कतिपय गाविस क्षेत्रका घरपरिवारमा शौचालय निर्माण हुन नसकेकाले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us