समाचार

धुर्मुस-सुन्तली सम्मानित

२०७३ पुष २५ गते ९:१२

बर्दिवास, २५ पुस- हास्य कलाकारद्वय धुर्मुस सीताराम कट्टेल र सुन्तली कुञ्जना घिमिरे महोत्तरीको बर्दिवासमा सम्मानित भएका छन् । बर्दिवास–२ को मुसहर जातिको बसोबास रहेको दलित बस्तीलाई नमुना बस्ती बनाउन जुट्नु भएका हास्यकलाकारद्वय लाई बर्दिवास नगरपालिकाले आइतबार आफ्नो तेस्रो नगर परिषद्को अवसरमा सम्मानित गरेको हो...

ओनसरीविरुद्ध यसरी खनिए माधव नेपाल

२०७३ पुष २४ गते २१:१२

मोरङ, २४ पुस– एमाले नेता माधवकुमार नेपालले सभामुखले संसदीय परिपाटी र रुलिङ विपरीत गएर संविधान संशोधन विधेयक दर्ता गराएको आरोप लगाएका छन् । मोरङको विराटनगरमा आइतबार साँझ पत्रकारसँग कुरा गर्दै नेता नेपालले प्रतिपक्षी दल सबैको विरोध र असहमति हुँदाहुँदै पनि सभामुखले संसद्को रुलिङ विपरीत...

हेर्दाहेर्दै एमालेलाई यसरी ‘थाङ्ना’ मा सुतायो माओवादीले !

२०७३ पुष २४ गते १९:४५

काठमाण्डु, २४ पुस– सरकारले व्यवस्थापिका–संसदमा निकै चलाखीपूर्वक संविधान संशोधन विधेयक पेस गरेको छ । एमालेसहित विपक्षीको नाराबाजीबीच कानूनमन्त्री अजयशंकर नायकले उक्त विधेयक संसदमा टेबल गरेका हुन् । लगातारको स्थगनपछि एमालेसहित विपक्षीले आइतबार संसद बैठक चल्न दिएका थिए । निर्वाचन कानून र अख्तियार प्रमुख लोकमानसिंह...

लोकमानका ज्वाईंलाई पनि छाडेन अदालतले

२०७३ पुष २४ गते १९:२८

काठमाण्डु, २४ पुस– सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध गर्ने तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीका ज्वाइँ प्रवल थापालाई सजाए सुनाएको छ । कार्कीको अयोग्यतासम्बन्धी मुद्धासँगैै मानहानी मुद्धामा थापामा समेत फैसला गरेको हो । थापालाई तामेलीमा अवरोध गरेकामा एक हजार जरिवाना गरिएको छ । थापासँगै तामेलादार...

घडी चोर दोष लागेका साँसद भन्छन्– मलाई गोली हानेर मारिदिएको भए हुन्थ्यो

२०७३ पुष २४ गते १८:५७

काठमाण्डु, २४ पुस– काँग्रेस साँसद तथा युवा नेता रामहरि खतिवडाले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले घडी चोरको आरोप लगाइएको बताएका छन् । खतिवडाले भ्रष्टाचार तथा संघीय मर्यादाविरुद्धका गतिविधिका साथै कतिपय अवस्थामा शीर्ष नेताकै आलोचना गर्ने गरेको स्मरण गर्दै त्यही कारण आफ्नो चरित्र हत्या गर्न...

देउवालाई बाहिर निकालेर प्रचण्ड र ओलीको बानेश्वरमा गोप्य मिटिङ

२०७३ पुष २४ गते १७:३७

काठमाण्ठु, २४ पुस– व्यवस्थापिका–संसदको बैठकअघि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीबीच एक्लाएक्लै भेटवार्ता भयो । नयाँबानेश्वरस्थित संसद भवनभित्रै भएको भेटमा प्रचण्डले सर्वोच्च अदालतले नै संविधान संशोधनका लागि ढोका खोलिसकेकाले विधेयक पेस गर्न दिन आग्रह गरे । ओलीले संशोधन...

अन्तत: सर्वोच्चले ठोक्यो लोकमानलाई, नियुक्ति नै असंवैधानिक !

२०७३ पुष २४ गते १७:२५

काठमाण्डु, २४ पुस–सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी मुद्धामा अन्तिम फैसला गर्दै उनको नियुक्ति असंवैधानिक भएको ठहर गरेको छ । न्यायाधीशहरु ईश्वरीप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनीलकुमार सिन्हाको पूर्ण इजलासले कार्कीविरुद्ध परेको योग्यतासम्बन्धी मुद्धामा अन्तिम फैसला गरेको हो । नियुक्ति बदरसँगै कार्की स्वतः पदमुक्त...

कानूनमन्त्रीले विपक्षीमाथि संसदमा छापामार शैलीमा अट्याक गरेपछि…

२०७३ पुष २४ गते १७:१४

काठमाण्ठु, २४ पुस– एमालेसहित विपक्षीको लगातारको अवरोधपछि सर्वोच्च अदादलतको आदेशले सुचारु भएको आइतबारको संसद बैठकको पहिलो कार्यसूचीमै निर्वाचनसम्बन्धी दुई विधेयक थिए । कानूनमन्त्री अजयशंकर नायकले विधेयक पेस गरे । विधेयक एमालेसहिको सहमतिमा पारित भयो । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाउने...

लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग समितिमा पुग्यो

२०७३ पुष २४ गते १६:५४

काठमाण्डु, २४ पुस– अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव महाअभियोग सिफारिस समितिमा गएको छ । व्यवस्थापिका–संसदको आइतबारको बैठकले कार्कीविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाउने निर्णय गरेको हो । एमालेसहित विपक्षीको लगातारको अवरोधका कारण महाअभियोग प्रस्ताव समितिमा जान पाएको थिएन । तर, सवोच्च अदातलको...

संविधान संशोधन विधेयक पेस भएपछि यस्तो आयो एमालेको पहिलो प्रतिक्रिया

२०७३ पुष २४ गते १६:४६

काठमाण्डु, २४ पुस– आफूसहित विपक्षीको विरोधका बीच सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएकामा प्रतिपक्षी एमाले क्रुद्ध बनेको छ । सभामुख ओनसरी घर्तीले अवरोधमा बीच संशोधन प्रस्ताव पेस गर्न दिएर संसदीय अभ्यासविपरीत काम गरेको आरोप एमालेले लगाएको छ । यसअघि पटकपटक संसद बैठक अवरुद्ध...

एमालेले हल्ला गर्दागर्दै संसदमा पेस भयो संविधान संशोधन

२०७३ पुष २४ गते १६:३२

काठमाण्डु, २४ पुस– एमालेसहित विपक्षीको विरोधबीच सरकारले व्यवस्थापिका–संसदमा संविधान संशोधन विधेयक पेस गरेको छ । संसदको आइतबारको बैठकमा कानूनमन्त्री अजयशंकर नायकले विधेयक प्रस्तुत गरेका हुन् । सभामुख ओनसरी घर्तीले मन्त्री नायकलाई विधेयक पेस गर्न अनुमति दिएपछि विपक्षी दलका सांसदहरु आफ्नो स्थानबाट उठेर नाराबाजी गरेका...

चितुवाको आक्रमणबाट चार घाइते

२०७३ पुष २४ गते १६:२१

भीमदत्तनगर, २४ पुस – कञ्चनपुरको भीमदत्तनगरपालिका– १ भाषी गाउँ पसेको चितुवाको आक्रमणबाट एक प्रहरीसहित चार जना स्थानीय बासिन्दा घाइते भएका छन् । आज बिहान भाषी खोलामा रहेको चितुवाले आक्रमण गर्दा वडा प्रहरी कार्यालय भीमदत्तनगरका प्रहरी हवल्दार शङ्करदत्त मिश्रसहित घाइते भएका छन् । घाइते हुनेमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us