समाचार

उपराष्ट्रपति समेत पृथ्वीनारायण शाहको पक्षमा !

२०७३ पुष २५ गते १६:००

काठमाण्डु, २५ पुस– उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहबाट भएको योगदान सम्झनु उपयुक्त भएको बताएका छन् । ‘राष्ट्रिय एकता दिवस’ का अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते आयोजना गर्ने चियापान कार्यक्रममा निमन्त्रणा दिन गएको प्रतिनिधिमण्डलसँग उनले उक्त विचार व्यक्त गरेका...

एमालेले रोकेन संसद बैठक ?

२०७३ पुष २५ गते १५:५५

काठमाण्डु, २५ पुस– नियमित कार्यसूचीमा प्रवेश गर्दै सोमबार व्यवस्थापिका–संसद्को बैठक सञ्चालन भइरहेको छ ।   संविधान संशोधन विधेयकको विरोध गर्दै आएका विपक्षी दलले आज त्यससम्बन्धी छलफलको कार्यसूची नभएपछि संसद् सञ्चालनमा अवरोध नगरेको बताइएको छ ।     आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले सहितका...

महन्थ ठाकुर भन्छन्– अब एमालेको केही चल्दैन, हामीले जे भन्यो त्यही हुन्छ

२०७३ पुष २५ गते १५:४९

गौशाला, २५ पुस– तराई मधेस लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मधेसको माग छिट्टै पूरा हुने बताएका छन् । महोत्तरी सदरमुकाम जलेश्वरमा सोमबार तमलोपाको पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष ठाकुरले अब मधेसको माग पूरा हुनबाट कसैले रोक्न नसक्ने दाबी गरेका हुन् । सोही अवसरमा...

चार भारतीयले केपी ओलीको जिल्लामा आएर उपद्रो गरेपछि…

२०७३ पुष २५ गते १३:४०

झापा, २५ पुस– झापाको बिर्तामोडस्थित नयाँ बसपार्कबाट चार जना भारतीय नागरिक र चार जना महिला यौनकर्मीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहारका २८ वर्षीय रुपेश कुमार, २७ वर्षीय विशाल कुमार, २४ वर्षीय गौरवकुमार रौवन र २९ वर्षीय शिवमकुमार रहेको...

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

२०७३ पुष २५ गते १३:३६

कालीकोट, २५ पुस– जिल्लाको भर्ता गाविसमा गएराति ट्र्याक्टर दुर्घटनामा परी दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टर सहचालक मान्म गाविस–२ निवासी १८ वर्षीया प्रेम नेपाली र मान्म–४ निवासी २१ वर्षीया देवी विक रहेका छन् । लु१त ५७२२ नम्बरको ट्र्याक्टर सडकमा रोकिराखेको अवस्थामा...

चौहत्तर वर्षीय वृद्ध कक्षा ८ का विद्यार्थी

२०७३ पुष २५ गते १३:३२

रामेछाप, २५, पुस– पढ्नलाई उमेरले छेक्दैन भन्ने प्रेरणा रामेछाप गर्जाङ–२ धौले निवासी रामबहादुर कार्कीबाट लिन सकिन्छ । ७४ वर्षको उमेरमा उनी नातिनातिना उमेरका केटाकेटीसँगै चटेश्वरी उच्च मावि कक्षा ८ मा नियमित विद्यालय गएर अङ्ग्रेजी नेपाली दुवै विषय पढ्छन् । इच्छा भए उपाय अवश्य निस्कन्छ...

माधव नेपाल भन्छन्– माओवादी र सभामुख मिलेर एमालेलाई झुक्याए

२०७३ पुष २५ गते १३:२१

इटहरी, २५ पुस– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले झुक्याएर संविधान संशोधन प्रस्तावलाई संसद्मा टेबल गराउने कार्य आपत्तिजनक भएको बताएका छन् । प्रेस चौतारी सुनसरीले इटहरीमा सोमबार गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता नेपालले भने, ‘‘सभामुखले झुक्याएर प्रस्ताव दर्ता गराउने काम संसदीय पद्दतिविरुद्ध छ...

प्रचण्डले खोले केपी ओलीको पोलः भन्छन्– केपीजी र मैले एग्री टु डिसएग्री ग-यौँ

२०७३ पुष २५ गते १३:१६

चितवन, २५ पुस– प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख विपक्षी दल नेकपा एमालेसँग सहमति गरेर नै आइतबार संसद्मा संविधान संशोधनको प्रस्ताव पेस गरिएको बताएका छन् । प्रेस सेन्टर चितवनले सोमबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उनले एमाले अध्यक्ष केपी ओली र आफ्नो बीचमा एकखालको सहमति भएर नै...

विमलेन्द्र निधिले नाप्ने भए केपी ओलीको हैसियत !

२०७३ पुष २५ गते १३:०७

ललितपुर, पुस २५– उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सरकारले संसदमा टेबल गरेको विधेयक असफल पार्न प्रमुखप्रतिपक्षी एमालेसहितका विपक्षीलाई चुनौती दिएका छन् । बज्रबाराही नगारपालिका ललितपुरको तेस्रो नगर परिषद्को सोमबार उद्घाटन गर्दै निधिले हैसियत भए विधेयक फेल गरेर देखाउन चुनौती दिए । उनले संविधान संशोधन...

प्रहरी नेतृत्व हत्याउन सुटुक्क भारत उडेका डिआईजी चन्दलाई आपत !

२०७३ पुष २५ गते १२:५४

काठमाण्डु, २५ पुस– नेपाल प्रहरीको भावी नेतृत्व हत्याउन आकांक्षीहरुको दौडधुप सुरु भएको छ । हालका महानिरीक्षक (आईजिपी) उपेन्द्रकान्त अर्यालको नियमित कार्यकाल फागुन २ गते सकिएपछि नेपाल प्रहरीले २५ औं महानिरीक्षक पाउनेछ । प्रहरीको भावी हत्याउन हालका नायब महानिरीक्षकहरु (डिआईजी) नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर...

मलेसियामा नेपालीको मृत्यु

२०७३ पुष २५ गते ९:४५

पाल्पा, २४ पुस– स्याङ्जा कारिकोट चन्डिभज्ञ्याङ गाविस–९, जोगीडाँडाका मनबहादुर विकको मलेसियामा मृत्यु भएको छ ।   मलेसियास्थित कापरमा विगत चार वर्षदेखि कफी कम्पनीमा कार्यरत २६ वर्षीय विकको शनिबार मृत्यु भएको उनका आफन्त यमबहादुर विकले जानकारी दिए ।   शनिबार काम सकेर सुतेका उनी आज...

पर्सामा गोली चल्यो

२०७३ पुष २५ गते ९:१८

पर्सा, २५ पुस– हत्याको अभियोगमा फरार रहेका एक अभियुक्तलाई नियन्त्रणमा लिन प्रहरीले आइतबार साँझ छ राउन्ड गोली चलाएको छ । बाराको गढीमाई नगरपालिका–८ निवासी २८ वर्षीय वृजकिशोर गिरीलाई नियन्त्रणमा लिने क्रममा पर्सा प्रहरीले गोली चलाउनुपरेको हो । दुई बालकको हत्याको अभियोगमा फरार रहेका गिरीलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us