समाचार

धेरै जसो आत्महत्या निराशाले बढ्यो

२०७३ माघ २७ गते ११:०८

काठमाण्डु २७ माघ – भरतपुर ९ का ५८ वर्षीय सुकलाल दर्जीले केही दिनअघि झुन्डिएर प्राण त्यागे । प्रहरीले अनुसन्धानमा कारण खुल्यो ‘नैराश्य’ । त्यही दिन कोराक १ का १९ वर्षीय जनकराज विकले विष सेवन गरी त्यही बाटो रोजे । उनको पनि कारण निराशा नै...

पर्यटन प्रवद्र्धन गर्न टुङघर निर्माण

२०७३ माघ २७ गते १०:४७

काठमाण्डु २७ माघ -दक्षिणी मोरङको वरडङ्गा–७ कल्याणपुरवासीले गाउँको पर्यटन प्रवद्र्धन गर्न कङ्क्रिटको १० तले टुङघर निर्माण गरेका छन् । विसं २०६४ सालमा निर्माण सुरु भएको टुङघरमा हाल धमाधम रङ्गरोगन भइरहेको छ । टुङ्घरमा चढेर वरपरको दृश्य अवलोकन गर्ने र तस्बिर लिन आन्तरिक पर्यटक आउन...

बिहेभोज खाएर आएका मृत भेटिए

२०७३ माघ २७ गते १०:१३

काठमाण्डु २७ माघ –  दक्षिण चितवनको माडीका एक पुरुष सुतेकै अवस्थामा मृत भेटिएका छन् । माडी नगरपालिका–५ बस्ने ३६ वर्षीय हरि तिवारी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । छिमेकी जीवन महत्तोको छोराको विवाहमा भोज खाई उनी घर आएर सुतेका थिए ।...

फोनबाट गुनासो टिपाउँदै महिला र बालबालिका

२०७३ माघ २७ गते १०:०५

काठमाण्डु २७ माघ मानवअधिकार सचेतन केन्द्र रोल्पाले कार्यक्रममा जवाफदेहिता, पारदर्शिता र गुणस्तरीयता बनाउन अपनाएको अनुगमन, मूल्याङ्कन, जवाफदेहिता र सिकाइ (मिल)मा विभिन्न खालका गुनासा आउने गरेका छन् । नागरिकबाट सेवा प्रवाहका बारेमा गुनासो व्यवस्थापनका लागि गुनासो पृष्ठपोषण संयन्त्रमार्फत गुनासा आइरहेका छन् । पैसा नलाग्ने टोल...

टोपबहादुरले देखाए प्रचण्डलाई डर !

२०७३ माघ २६ गते २०:५६

काठमाण्डु, २६ माघ–नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले मुलुकमा संविधान कार्यान्वयन हुन नसक्ने खतरा बढेकाले सरकारले अविलम्ब निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबले बुधबार आयोजना गरेको अन्तरक्रियामा उनले देशमा स्थायित्व कायम गर्न संविधानमा निर्दिष्ट गरिएको निर्वाचन निर्धारित समयसीमाभित्र सम्पन्न गर्नुपर्ने खाँचो...

यौन दुव्र्यवहार गरेको आरोपमा प्रिन्सिपललाई जुत्ताको माला लगाइयो

२०७३ माघ २६ गते १७:४८

काठमाण्डु, २६ माघ–दाङ धनौरीस्थित एक बोर्डिङ स्कुलको प्रिन्सिपललाई विप्लव माओवादीका कार्यकर्ताहरुले कालोमोसो दलेर जुत्ताको माला लगाइदिएका छन् । विप्लव माओवादीका कार्यकर्ताहरुले धनौरीस्थित मिड वेस्टर्न प्वाइन्ट एकाडेमीका प्रिन्सिपल बीरबहादुर घर्तीलाई कालोमोसो सहित जुत्ताको माला लगाइदिएका हुन् । घर्तीले स्कुलका छात्राहरुलाई पटक-पटक यौन दुर्व्यवहार गरेकाले अखिल...

स्वास्थ्यमन्त्री थापा भन्छन् : देश संघीयतामा जानुको विकल्प छैन

२०७३ माघ २६ गते १७:२८

काठमाण्डु, २६ माघ–स्वास्थ्यमन्त्री गगनकुमार थापाले देश संघीयतामा जान्छ कि जाँदैन भनेर दुविधा नपाल्न आग्रह गरेका छन् । राजधानीमा दुई दिनसम्म चलेको सरकार र दातृ निकायको संयुक्त वार्षिक समिक्षा गोष्ठी कार्यक्रमको समापनमा मन्त्री थापाले संघीयतामा जानु बाहेक अर्को विकल्प नभएको बताए । उनले भने, ‘हामीसित...

तीन दिने विकास पत्रकारिता तालिम सम्पन्न

२०७३ माघ २६ गते १७:१६

काठमाण्डु, २६ माघ– ललितपुर । नेपाल पत्रकार महासघ ललितपुरले तीन दिने विकास पत्रकारिता तालिम सम्पन्न गरेको छ । माघ २४ देखी २६ गतेसम्म चलेको तालिममा ५५ जना क्रियाशिल पत्रकारलाई बिभिन्न बिधामा तालिम दिइएको हो । जिल्ला विकास समिति ललितपुरको सहयोगमा सञ्चालित उक्त तालिमको पहिलो...

संविधान संशोधन विना चुनाव हुनै सक्दैन्ःभट्टराई

२०७३ माघ २६ गते १६:४२

काठमाण्डु, २६ माघ–नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान संशोधन नभइ निर्वाचन हुनै नसक्ने दाबी गरेका छन् । हेटौंडामा बुधबार नेपाल प्रेस सोसाइटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले निर्वाचनको वातावरण तयार गर्न पहिले संविधान संशोधन हुनु पर्ने बताए ।...

कार्कीविरुद्ध महाभियोग प्रस्तावमा लगाइएका आरोप सत्य साबितः आयोग

२०७३ माघ २६ गते १६:२३

काठमाण्डु, २६ माघ–संसदीय समितिले लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमा लगाइएका अधिकांश आरोप पुष्टि भएको प्रतिवेदन तयार गरेको छ ।   व्यवस्थापिका–संसद्को महाभियोग सिफारिस समितिअन्तर्गत गठित उपसमितिले गरेको अनुसन्धान, छानबिन र प्राप्त कागजातबाट कार्कीमाथि लागेका अधिकांश आरोप पुष्टि भएको समितिका सदस्य रेवतीरमण भण्डारीले जानकारी दिए ।...

प्रधानमन्त्रीसँग लागुऔषध रोकथामका लागि राष्ट्रिय अभियान घोषणा गर्न माग

२०७३ माघ २६ गते १६:१७

काठमाण्डु, २६ माघ–मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी लागुऔषध तथा मदिरा दुव्र्यसन रोकथामका लागि राष्ट्रिय अभियान घोषणा गर्न आग्रह गरेको छ । प्रधानमन्त्री दाहालले दुव्र्यसन नियन्त्रणका लागि कार्ययोजनाले सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै समाजले दिएका सुझावलाई सरकारले कार्यान्वयन...

पूर्वसभापति कोइरालाप्रति श्रद्धाञ्जलि

२०७३ माघ २६ गते १६:१२

काठमाण्डु, २६ माघ–संविधानसभाबाट संविधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरियो । काँग्रेस केन्द्रीय कार्यालयद्वारा आज सानेपामा आयोजित कार्यक्रममा काँग्रेसका शीर्ष नेताहरुले संविधानको प्रभावकारी कार्यान्वयन र निर्धारित मितिमा तीनै तहका निर्वाचन गर्न सकेमात्र स्व कोइरालाप्रति...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us