समाचार

दुर्घटनामा ट्रक चालकको मृत्यु

२०७३ माघ २७ गते १४:०२

काठमाण्डु २७ माघ -पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानमा आज बिहान दुई ट्रक एकापसमा ठोक्किँदा एक चालकको मृत्यु भएको छ भने अर्का चालक गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ४ ख ७१२ र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख १९२५ नम्बरको...

भारतबाट घर फर्कदै गरेका नेपाली बेपत्ता

२०७३ माघ २७ गते १३:५६

काठमाण्डु २७ माघ -भारतको मुम्बईबाट घर फर्किने क्रममा अछाम जिल्ला पायल गाविस घर भई हाल अत्तरिया नगरपालिका–१३ बस्ने युवक वीरेन्द्र खत्री बाटोबाटै सम्पर्कविहीन भएका छन् । यही माघ २१ गते खत्री घर फर्किने क्रममा बाटोमा पर्ने भारतको लखिमपुर पुगेपछि आफू घर आउँदै छु भन्ने...

सबै जिल्लामा विशेषज्ञ चिकित्सकसहितको आकस्मिक शल्यक्रिया सेवा सञ्चालन

२०७३ माघ २७ गते १३:२१

काठमाण्डु २७ माघ -स्वास्थ्य मन्त्रालयले देशभरका सबै जिल्ला अस्पतालहरुमा विशेषज्ञ चिकित्सकसहितको आकस्मिक शल्यक्रिया सेवा सञ्चालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले हालसम्म पनि शल्यक्रिया सेवा उपलब्ध नभएका ३० अस्पतालमा यो सेवा सुरु गर्न लागेको हो । आउँदो फागुन एक गतेदेखि १३ जिल्ला अस्पतालहरुमा यो...

ओली र नेपाल पक्षका कार्यकर्ताबीच कुटाकुट

२०७३ माघ २७ गते १३:१३

काठमाण्डु २७ माघ -स्ववियु निर्वाचनमा उम्मेदवारको विषयलाई लिएर एमाले निकट अनेरास्ववियुका दुई पक्षबीच यहाँको पृथ्वीनारायण क्याम्पसमा झडप हुँदा ४ घाइते भएका छन् । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल पक्षका विद्यार्थीबीच कुटाकुट भएको र अहिले स्थिति नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।...

२२५ परिवारलाई कम्बल वितरण

२०७३ माघ २७ गते १३:०७

काठमाण्डु २७ माघ -नेपाल भारत महिलामैत्री समाज काठमाडौँले महोत्तरी जिल्लाको मटिहानी गाविसका २२५ परिवारलाई आज बिहान कम्बल वितरण गरेको छ । माघ अन्तिम साता लागिसक्दा पनि महोत्तरीमा जाडो कम नहुँदा जाडोबाट प्रभावित मटिहानीका २२५ विपन्न परिवारलाई समाजले कम्बल वितरण गरेको हो । मटिहानीस्थित राम...

विश्वकै उत्कृष्ट संविधानः नेता खनाल

२०७३ माघ २७ गते १२:५३

काठमाण्डु २७ माघ -नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार विभिन्न बहाना बनाउँदै निर्वाचनको मिति घोषणा गर्न नचाहेको आरोप लगाएका छन् । त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ क्याम्पस एकाइ कमिटी इलाम शाखाले आज बिहान आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नेता खनालले सो...

श्रीमतीको हत्या गरी विष सेवन

२०७३ माघ २७ गते १२:३०

काठमाण्डु २७ माघ – मोरङको सिजुवामा एक युवकले धारिलो हतियार प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका स्थानीय उदय सुतिहारले हिजो साँझ बासिलाले प्रहार गरेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी उनकी श्रीमती शान्ता सुतिहारको उपचारका क्रममा रंगेलीस्थित...

गाविस सचिवलाई कार्यक्षेत्रमा जान निर्देशन

२०७३ माघ २७ गते १२:२६

काठमाण्डु २७ माघ -अझै पनि अधिकांश गाविस सचिवहरु आफ्नो कार्यक्षेत्रमा नगई सदरमुकाममै बसेर काम गरिरहेको भेटिएको छ । संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो । मन्त्रालयले २७ वटा जिल्ला विकास समितिको कार्यालय, २७ वटा नगरपालिका र ३२ वटा...

झुटो विवरण पेश गरी अनुदान रकम लिने खबरदार !

२०७३ माघ २७ गते १२:१५

काठमाण्डु २७ माघ -राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले झुटो विवरण पेश गरी अनुदान रकम लिने वा लिन प्रयास गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ। बस्न योग्य घर भएका वा अन्यत्र घर भएकाहरुले पनि झुटो विवरण पेश गरी लाभग्राही सूचीमा आफ्नो नाम पारेको भन्ने गुनासो आएकोमा ध्यानाकर्षण...

नगरपालिका हुनका लागि नयाँ मापदण्ड पूरा गर्नुपर्ने

२०७३ माघ २७ गते ११:५८

काठमाण्डु, २७ माघ -संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नगरपालिका घोषणाका लागि मापदण्डमा केही परिमार्जनको प्रस्ताव ल्याएको छ । हिमाली जिल्लाका सदरमुकामहरुलाई नगरपालिकामा समेट्न मन्त्रालयले मापदण्ड नै परिवर्तन गर्ने प्रस्ताव ल्याएको हो । अहिलेको मापदण्डअनुसार हिमाली क्षेत्रमा नगरपालिका घोषणाका लागि कम्तिमा १७ हजार जनसंख्या...

नदीमा माछा मार्न जाँदा डुबेर मृत्यु

२०७३ माघ २७ गते ११:४८

काठमाण्डु २७ माघ – यहाँका एक बालकको ठूलो भेरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा नर्क–३ निवासी ९ वर्षीय हिमाल शाही रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । शाहीको बुधबार माछा मार्न गएको बेला भेरीमा डुबेर मृत्यु...

सङ्घको अविलम्ब निर्वाचन गर्न माग

२०७३ माघ २७ गते ११:१३

काठमाण्डु २७ माघ – नेपाली काँग्रेसनिकट भ्रातृ सङ्गठन नेपाल सांस्कृतिक सङ्घको अधिवेशनमा अविलम्ब निर्वाचन गर्न माग गरिएको छ । यहाँ बुधबार आयोजित पत्रकार सम्मेलनमा सङ्घको अध्यक्ष पदका प्रत्याशी सुष्मा कार्कीले लोकतान्त्रिक प्रणालीमा सर्वसम्मत कायम गर्ने नाममा सम्बन्धित उम्मेदवारलाई परामर्श नगरीकन पदाधिकारी घोषणा गरेकाले त्यसलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us