समाचार

उज्यालो यातायातले बस सञ्चालन गर्ने भएपछि सिन्डिकेट लगाउनेहरु रुष्ट

२०७३ वैशाख ७ गते ८:०६

पोखरा, ७ वैशाख – नेपालको पूर्वी क्षेत्रका विभिन्न जिल्लामा बस सेवा सञ्चालन गर्दै आएको उज्यालो यातायात व्यवसायी संघले पोखराबाट पनि देशका विभिन्न १२ स्थानका लागि बस सञ्चालनको तयारी गरेको छ । बस सञ्चालनबारे जानकारी गराउन सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संघका अध्यक्ष नलबहादुर...

हतियार बनाउने मेसिनसहित माओवादी लडाकु पक्राउ

२०७३ वैशाख ७ गते ८:०१

धनगढी, ७ वैशाख –जिल्ला प्रहरी कार्यालय कैलालीले अवैध हातहतियार बनाउन प्रयोग गरिने मेसिन र अन्य सामग्रीसहित एक जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । सल्यान जिल्ला परिडाँडा–२ कोडवाडा स्थायी ठेगाना भई हाल कैलालीको मसुरिया–२ इन्द्रपुर बस्ने ३९ वर्षीय राजेश भन्ने बाबुराम विकलाई आइतबार...

रोजगारीका लागि हिँडेका २६ नेपालीलाई सीमाबाटै फर्कायो भारतले

२०७३ वैशाख ६ गते १९:४१

भीमदत्तनगर, ६ वैशाख-कञ्चनपुरको गड्डाचौकीबाट भारत रोजगारीका लागि हिँडेका दैलेखका २६ किशोरलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमाबाट स्वदेश फिर्ता गरेको छ । दुई समूह बनाएर दैलेखका १० वर्षदेखि २० वर्षसम्मका किशोर रोजगारीका लागि जान लागेका बेला एसएसबीले उद्धार गरी आज इलाका प्रहरी कार्यालय...

बर्खेटार बस दुर्घटनाका दश घाइतेलाई आर्थिक सहयोग

२०७३ वैशाख ६ गते १८:११

खोटाङ, ६ वैशाख – बर्खेटारमा भएको बस दुर्घटनाका घाइतेलाई जिल्लावासीले आर्थिक सहयोग गरेका छन् । खोटाङ सेवा समाज काठमाणडुका अध्यक्ष राकेश राई संयोजक तथा जिल्लाका सबै राजनीतिक दलका प्रतिनिधि सदस्य रहेको सात सदस्यीय आर्थिक सङ्कलन सहयोग समितिले दुर्घटनामा घाइते भई विभिन्न अस्पतालमा उपचार गराइरहेका...

नेपाली क्रिकेट टोलीलाई बधाईको ओइरो, ओली र प्रचण्डले पनि दिए बधाई

२०७३ वैशाख ६ गते १७:२५

काठमाण्डु– विश्व क्रिकेट लिग च्याम्पीयनसीप अन्तर्गत सोमबार भएको दोश्रो खेलमा नेपालले नामिबियालाई ३ विकेटले हराएपछि टोलीलाई बधाईको ओइरो आएको छ । यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक संजालमार्फत टोलीलाई बधाई दिएका छन् । यसअघि शनिबार पनि जित...

हुलाक सेवालाई सुचना प्रविधिसँग मेल खानेगरी विस्तार गर्ने तयारीमा छौ: सञ्चारमन्त्री

२०७३ वैशाख ६ गते १६:५०

काठमाण्डु, ६ वैशाख-सूचना तथा सञ्चारमन्त्री शेरधर राईले राज्य पुनःसंरचनाको सिलसिलामा सञ्चार मन्त्रालयले आफ्नो मातहतका निकायको पुनःसंरचना गर्न सुरु गरेको बताएका छन् । हुलाक सेवा विभागद्वारा यहाँ सोमबार आयोजित ‘हुलाक सेवाको पुनःसंरचना’ सम्बन्धी एक गोष्ठीमा मन्त्री राईले सञ्चार मन्त्रालयअन्तर्गतका प्रत्येक निकायबाट राष्ट्रले चाहेको जस्तो सेवा...

खारेज हुन सक्छन् आयुर्वेद चिकित्सालयका दर्ता

२०७३ वैशाख ६ गते १६:४३

काठमााणडु, ६ वैशाख – सरकारले निर्धारण गरेको मापदण्ड विपरीत सञ्चालन भएका आयुर्वेद चिकित्सालयको दर्ता खारेज गरिने छ । आयुर्वेद विभागमा दर्ता नभएका, जथाभावी विज्ञापन गरी भ्रम सिर्जना गरेका र पूर्वाधार नभएका उपचार केन्द्रलाई कारबाही गर्न लागिएको हो । कपाल झर्न रोक्ने, अर्बुद रोग निको पार्ने...

गृहमन्त्रीले गरे आन्दोलरत पक्षलाई यस्तो आव्हान

२०७३ वैशाख ६ गते १५:३९

काठमाण्डु, ६ वैशाख-गृहमन्त्री शक्तिबहादुर बस्नेतले ढिलै भए पनि भूकम्पपीडितका लागि पुनः निर्माण महाअभियानको कार्यक्रमसँगै चाँडै अस्थायी बसोबासको व्यवस्था गरिने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले पुनः निर्माणको कार्यक्रम सम्पन्न गर्न चार वर्षसम्म लाग्ने भएकाले बर्सात सुरु हुनुअगावै...

मधेसमा भएको आन्दोलन मधेसी जनताको होइन: नेपाल

२०७३ वैशाख ६ गते १५:२१

कावासोती, ६ वैशाख-नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्ता र प्रतिपक्ष हनाथापमा संविधान कार्यान्वयनमा जटिलता हुने भएकाले काँग्रेस सरकारमा आउनुपर्ने धारणा राखेका छन् । प्रेस चौतारी नेपाल नवलपरासीले सोमबार कावासोतीमा गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री नेपालले भने, ‘राष्ट्रिय सहमतिमा अगाडि बढ्नुपर्छ त्यसका लागि...

जनयुद्ध कालमा मृतक तथा बेपत्ता परिवारलाई नगद राहत

२०७३ वैशाख ६ गते १४:२६

नेपालगन्ज, ६ वैशाख । तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धका समयमा राज्य र विद्रोही पक्षबाट मारिएका बाँके जिल्लाका २१० मृतकका परिवारलाई जनही पाँच÷पाँच लाख रुपैयाँ राहत सहयोग यहाँस्थित स्थानीय शान्ति समितिले उपलब्ध गराएको छ । समितिका सचिव पीताम्बर आचार्यका अनुसार, कुल २३७ मृतकका परिवारमध्ये...

आँखा अस्पतालको पूर्वाधारका लागि पाँच करोडको निर्माण सम्झौता

२०७३ वैशाख ६ गते १४:०७

नेपालगन्ज, ६ वैशाख – नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा पाँच करोड रुपैयाँको लागतमा थप भौतिक पूर्वाधार निर्माण हुनेभएको छ । भारतीय राजदूतावासको सो आर्थिक सहयोगमा बाँके जिल्ला विकास समितिमार्फत निर्माण कार्य अघि बढाउन राजदूतावास, जिविस र अस्पताल व्यवस्थापनबीच त्रिपक्षीय सम्झौता भएको छ । गत चैत २९...

झलनाथले भने, ‘एमालेले सरकारको नेतृत्व छाड्दैन’

२०७३ वैशाख ६ गते १४:०५

इलाम, ६ वैशाख-नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेकै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने बताएका छन् । प्रेस चौतारी नेपाल इलामले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काँग्रेसलगायत अरू दल पनि वर्तमान सरकारमै सहभागी भएर राष्ट्रिय सहमतिको सरकार बन्नुपर्नेमा जोड दिए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us