आइतबार, १६ वैशाख, २०८१

समाचार

शेरबहादुर देउवा ओली सरकारसँग फायर

२०७२ चैत २९ गते १३:०४

काठमाण्डु, २९ चैत– चैत २६ गने मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा ११ सदस्यीय उच्चस्तरीय संघीयता कार्यान्वयन तथा पुनःसंरचना निर्देशक समिति गठन गरेकोप्रति कांग्रेसले आपत्ति जनाएको छ। सोमबार आफ्नै घरमा स्थानीय शान्ति समितिको कार्यालय खोटाङ दिक्तेलले स्थानीय निकायको विकासका लागि सरकारसँग पहल गरिदिन...

सम्झौता अघि बन्न सुरु भएका घरलाई पनि अनुदान दिइने

२०७२ चैत २९ गते १२:५५

काठमाण्डु, २९ चैत – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सम्झौता हुनुअघि भूकम्प प्रतिरोधी घर निर्माण प्रारम्भ भएको अवस्थामा पनि अनुदान रकम उपलब्ध हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको प्राधिकरणको निर्देशक समितिको तेस्रो बैठकले भूकम्पपीडितले आफँै घर निर्माण प्रारम्भ गरेको र त्यस्तो...

बस दुर्घटनामा एकको मृत्यु ५५ घाइते

२०७२ चैत २९ गते १२:२१

गौशाला, २९ चैत – महोत्तरीको सदरमुकाम जलेश्वरमा बिहान एक यात्रुवाहक बस दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् । मृत्यु हुनेमा थर, वतन नखुलेको तर हातमा दीपेन्द्र एन्ड बाचिया ट्याटु लेखिएको, गोरो वर्णको अन्दाजी वर्ष २४/२५ को युवक...

मौलिक बिस्केट जात्रा : यसवर्ष पनि बोडेका युवा जुजुभाइले जिब्रो छेड्ने

२०७२ चैत २९ गते १२:०९

 भक्तपुर, २९ चैत – बिस्केट जात्रा भन्ने बित्तिकै हरेकको मानसपटलमा भक्तपुरको भैरवनाथको रथ तान्ने र लिङ्गो उभ्याउने दृश्य मडारिन्छ । बिस्केट जात्राकै अभिन्न अङ्ग मध्यपुर थिमि क्षेत्रमा मनाइने सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा पनि हो भन्ने धेरैलाई हेक्का रहँदैन । मध्यपुर थिमि क्षेत्रमा...

घर फर्कदै गरेका दुई नेपाली युवा भारतीय बजारमा बेपत्ता

२०७२ चैत २९ गते ११:४६

कञ्चनपुर, २९ चैत – भारतको अल्मोडा दुराकोटबाट मजदुरी गरी घर फर्कदै गरेका बर्दिया बनियाभारका दुई जना नेपाली युवा सीमावर्ती भारतीय बजार बनवसा क्षेत्रबाट बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बनियाभार–४ का ३९ वर्षीय छविलाल बोहरा र सोही ठाउँका ४३ वर्षीय इन्द्रप्रसाद ज्ञवाली रहेका छन्...

आन्दोलनका नाममा अराजक गतिविधि गर्नेलाई छाड्दैनौँः गृहमन्त्री

२०७२ चैत २९ गते ११:४३

विराटनगर, २९ चैत– गृहमन्त्री शक्तिबहादुर बस्नेतले राजनीतिक समस्या राजनीतिक ढङ्गले समाधान गर्नुपर्नेमा जोड दिएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई भएको तर आन्दोलनका नाममा अराजक गतिविधि गर्ने छुट कसैलाई नभएको स्पष्ट पारे । लोकतान्त्रिक विधि र प्रक्रिया...

आगलागीबाट लाखौँको क्षति, दुई घाइते

२०७२ चैत २९ गते ११:३५

म्याग्दी, २९ चैत – म्याग्दीको बाबियाचौर–५ लरेनीको जङ्गलमा आइतबार दिउँसो लागेको डढेलो बस्तीमा पस्दा तीन वटा घरगोठ जलेर लाखौँको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् । आगोको लप्काले पोलेर बाबियाचौर–७ की ४ वर्षीया आयुस्मा किसान र ४५ वर्षीया सुनमती किसान घाइते भएको...

अब मालपोतको काम अनलाइनबाट

२०७२ चैत २९ गते ११:३०

चितवन, २९ चैत – निकै व्यस्त रहने चितवनको मालपोत कार्यालयको क्षेत्राधिकारभित्र रहेका चार स्थानका जग्गाको कारोबार आइतबारबाट अनलाइनमार्फत सुरुवात गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव उत्तरकुमार खत्री र भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक रोहितकुमार भट्टराईले सेवाको शुभारम्भ गर्नु भयो । यससँगै साविक...

पत्रकार आक्रमणको निन्दा

२०७२ चैत २९ गते १०:५५

काठमाण्डु,२९ चैत– फोटो पत्रकार कविन अधिकारीमाथि सिंहदरबारभित्र प्रहरीद्वारा गरिएको आक्रमणको नेपाल प्रेस सोसाइटीले विरोध गरेको छ । सोसाइटीका संयोजक रुद्रप्रसाद भट्टद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा कर्मचारी आन्दोलनको समाचार संकलन गर्न गएका पत्रकारमाथि भएको दूव्र्यवहारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप भएको उल्लेख छ । प्रेस सोसाइटीले घटनाको...

रनिङ सिल्ड हेर्न गएका युवकको ढुंगामा टाउको बजाजरेर हत्या

२०७२ चैत २९ गते १०:४१

जुम्ला, २९ चैत – आठौँ अन्तर मावि राष्ट्रपति रनिङ सिल्ड हेर्न गएका एक युवकको आइतबार ढुङ्गामा टाउको बजारेर हत्या गरिएको छ । हत्या गरिएका युवक चन्दननाथ नगरपालिका–१५ गैरागाउँ निवासी १९ वर्षीय रमेश खत्री रहेको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए । खत्रीलाई केटीसँग...

सरकारी अस्पतालको एक्सरेमा ताला लगाएर डाक्टर निजी क्लिनिकमा

२०७२ चैत २९ गते १०:०८

पर्वत, २९ चैत– जिल्ला अस्पताल पर्वतमा रहेको एक्सरे मेसिन झन्डै एक महिनादेखि अलपत्र बनेको छ । अस्पतालमा कार्यरत चिकित्सकले आन्तरिक कारण देखाउँदै अस्पतालमा रहेको भिडियो एक्सरे सेवा बन्द गरेपछि सर्वसाधारण निजी क्लिनिकमा जान बाध्य बनेका छन् ।  सेवा बन्द हुँदा अस्पतालमा पुग्ने असहाय, अशक्त...

विद्युत प्राधिकरणका कारण नेपालगञ्जको विकास नै रोकियो

२०७२ चैत २९ गते ९:०७

नेपालगन्ज, २९ चैत – नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको चरम लापर्बाही र उदासिनताका कारण नेपालगन्जमा सञ्चालित एकीकृत सहरी विकास आयोजनाको काम प्रभावित भएको छ । आयोजनाअन्तर्गत सतही नाला र सडक निर्माण गर्ने क्रममा विद्युतको पोल सार्न विभिन्न बहाना बनाई आनाकानी गर्ने प्राधिकरणका पदाधिकारीको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us