समाचार

डढेलोले ध्वस्त अधिकांश सामुदायिक वन

२०७३ वैशाख ३ गते १७:०८

गुल्मी, ३ वैशाख – एक महिनाको अवधिमा गुल्मी जिल्लामा ५०० हेक्टर बढी वन क्षेत्र आगलागीबाट ध्वस्त भएको छ । जिल्लाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन गरी ५०० बढी हेक्टर वनमा आगलागी भएको जिल्ला वन कार्यालय, गुल्मीले जनाएको छ ।] डढेलोले खायो लामो समयसम्म खडेरी...

जिप दुर्घटनामा एकको मृत्यु

२०७३ वैशाख ३ गते १६:२१

धनगढी, ३ वैशाख – पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने कैलालीको घोडाघोडी सडक खण्डमा भएको जिप दुर्घटनामा परी घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । से १ ज ४३० नं को उक्त जिप दुर्घटनाबाट घाइते भएका घोडाघोडी नगरपालिका—१ का १७ वर्षीय प्रकाश बडुवालको...

संविधान कार्यान्वयनको नेतृत्व कांग्रेसले गर्छः प्रकाशमान

२०७३ वैशाख ३ गते १५:५९

काठमाण्डु, ३ वैशाख– कांग्रेस नेता प्रकाशमान सिंहले कांग्रेस नेतृत्वमा बनेको संविधान कार्यान्वयनको नेतृत्व पनि कांग्रेसले नै गर्ने बताएका छन् । नेपाली कांग्रेस कीर्तिपुर नगरसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफूहरु मधेसको समस्या समाधानमा लाग्ने भन्दै मधेस र मधेसी जनता पनि नेपाली भएकाले जतिसक्दो छिटो...

मधेसको प्रचण्ड गर्मीमा जनता जगाउन पुगेका बाबुराम सरकारप्रति भने नरम !

२०७३ वैशाख ३ गते १५:५७

विराटनगर ३ वैशाख- नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले वर्तमान सरकारको विकल्प खोज्ने भन्दा पनि सुस्त सरकारलाई काम गर्न दबाव दिनुपर्ने बताएका छन् । मधेस जागरणको लागि एक हप्ते अभियानमा सहभागी हुन शुक्रबार मध्य मधेस निस्किएका नेता भट्टराईले विराटनगर विमानस्थलमा सञ्चाकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै...

माधव नेपाल र झलनाथलाई कडा दिए ओलीले

२०७३ वैशाख ३ गते १५:४८

काठमाण्डु, ३ चैत– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालप्रति कडा रुपमा प्रस्तुत भएका छन् । केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो प्रतिवेदनमाथि सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले पार्टीमा गुटबन्दी गरेको भन्दै खनाल...

उपत्यकाको सुरक्षा प्रणाली समयअनुसार बदलिदै जान्छ: गृहमन्त्री

२०७३ वैशाख ३ गते १५:३९

काठमण्डु ३ वैशाख– गृहमन्त्री शक्तिबहादुर बस्नेतले प्रहरी संगठनको नीति नियमलाई समयानुकूल परिवर्तन गरी लागू गरिने बताएका छन् । शुक्रबार गृहमन्त्रालयद्धारा राजधानीमा आयोजित ‘उपत्यका विशेष सुरक्षा गोष्ठी’लाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । गृहमन्त्रीले त्यस्ता विषयको लेखाजोखा गर्न विशेष समय र परिस्थितिमा यस्ता...

गर्मीसँगै ठेउला र दादुराको प्रकोप बढ्यो

२०७३ वैशाख ३ गते १५:२५

गौशाला, ३ वैशाख – चर्को घाम र असहनीय गर्मीका कारण महोत्तरी जिल्लाका विभिन्न गाउँ ठाउँमा ठेउला रोगको प्रकोप सुरु भएको छ । जिल्लामा बदलिँदो मौसमसँगै ल्याएको हावाहुरी र प्रचण्ड गर्मीका कारण हावापानी दूषित भई विभिन्न गाविस तथा नगरपालिकामा ठेउलाका रोगी फेला परेको जिल्ला स्वास्थ्य...

परिवारले उनको शव बुझिसकेको थियो तर उनी टुप्लुक्क आइपुगे !

२०७३ वैशाख ३ गते १५:२२

दाङ, ३ वैशाख-दाङको तुलसीपुर–१ को राम्रीमा बुधबार साँझ लु२त २५५८ नं को ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको भनिएका चालक दुईदिनपछि अस्पतालमा आएका छन् । घाइते अवस्थामा उनी शुक्रबार बिहान राप्ती अञ्चल अस्पतालमा उपचारका लागि आएका हुन् । दुर्घटनामा परी ट्र्याक्टर चालक रोल्पा कोटगाउँ–१ का...

सञ्चारमाध्यमलाई व्यवस्थित गरिनेछ: सञ्चारमन्त्री

२०७३ वैशाख ३ गते १५:०२

काठमाण्डु, ३ वैशाख-सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सञ्चारमाध्यमलाई स्पष्ट मापदण्ड बनाएर व्यवस्थित गरिने बताएका छन् । ‘भक्ति दर्शन’ टेलिभिजनको चौथो वार्षिकोत्सवका अवसरमा शुक्रबार पशुपतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले सञ्चारमाध्यम धेरै खुले पनि धेरैजसोको स्पष्ट धार नभएको तर ‘भक्ति दर्शन’ टेलिभिजनले निश्चित उद्देश्य...

ग्रामीण विद्यालयमा ‘बिहेवारि २० वर्षपारि’ अभियान

२०७३ वैशाख ३ गते १४:५०

म्याग्दी, ३ वैशाख – पछिल्लो समय बिहे गर्ने उमेर नै नपुगी बिहे गरिदिने चलन बढ्दै गएपछि म्याग्दी जिल्लाका २० वटा विद्यालयमा ‘बिहेवारी २० वर्षपारि’ अभियान सञ्चालन भएको छ । किशोरावस्थामा गरिने विवाहका कारण शारीरिक, मानसिक तथा पारिवारिक समस्या देखिन थालेपछि कलिलो उमेर गरिने विवाह...

अमेरिका जाने भए गगन, रवीन्द्र र प्रदीप

२०७३ वैशाख ३ गते १४:१२

काठमाण्डु, ३ वैशाख– अमेरिकामा रहेका नेपालीको संस्था एसोसिएसन अफ दी नेप्लिज इन दी अमेरिका (एएनए) को साधारणसभामा नेपालबाट युवापुस्ताका तीन चर्चित नेता सहभागी हुने भएका छन् । जर्जियाको एटलान्टामा आगामी जुलाई पहिलो साता हुने साधारण सभामा कांग्रेस युवा नेताद्वय गगन थापा र प्रदीप पौडेल...

खोटाङ हलेसीमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

२०७३ वैशाख ३ गते १३:१५

खोटाङ, ३ वैशाख – धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा पूजाआजा गर्ने दर्शनार्थीको बाक्लो भिड लागेको छ । रामनवमीको अवसरमा १५ दिनसम्म लाग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीको आज बिहानैबाट घुइँचो लागेको हो । मेलामा नेपाललगायत छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, कोरियालगायतका हजारौँ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us