समाचार

एक/दुई जना होइन पुरै दुई दर्जन विद्युत् चोरी गर्ने पक्राउ

२०७३ वैशाख ११ गते ११:०१

राजविराज, ११ वैशाख – विद्युत् चोरी र ‘हुकिङ’ नियन्त्रण अभियानअन्तर्गत सप्तरीमा विद्युत् हुकिङ गरी चोरी गर्ने दुई दर्जन व्यक्ति पक्राउ परेका छन् । नेपाल विद्युत् प्राधिकरण शाखा राजविराज वितरण केन्द्र र जिल्ला प्रहरी कार्यालयको संयुक्तरुपमा जिल्लाभर खटिएको अनुगमन टोलीले एकै दिन दुई दर्जन व्यक्तिलाई...

नेपालका यस्ता ठाउँ जहाँ अहिलेसम्म नेपाली फोन सेवा नै छैन, विकल्पमा भारतीय मोबाइल प्रयोग हुन्छ

२०७३ वैशाख ११ गते १०:४७

इलाम, ११ वैशाख – इलाम जिल्लाका अधिकांश गाउँमा सञ्चार सुविधा पुगे पनि पूर्वी इलामको जिर्मलेका केही वडाका बासिन्दा वर्षाैंदेखि सञ्चार सुविधाबाट वञ्चित छन् ।   नेपाली भूमि भएर पनि सलकपुरमा नेपाली मोबाइल सेवा उपलब्ध नहुँदा सर्वसाधारण भारतीय मोबाइल प्रयोग गर्न बाध्य छन् । जिर्मलेको...

अख्तियारले पक्राउ गरेका कनकमणिमाथि डरलाग्दो आरोप

२०७३ वैशाख १० गते २०:२४

काठमाण्डु, १० वैशाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायातका अध्यक्ष एवं पत्रकार कनकमणि दीक्षितलाई पक्राउ गरेको छ । आयोगको टोलीले दीक्षितलाई ललितपुर पाटनस्थित उनकै निवासबाट शुक्रबार नियन्त्रणमा लिएको हो । अख्तियारले अनियमितता गरेको आरोपमा पत्र काटेर स्पटीकरण दिन बोलाउँदा दीक्षित गएका थिएनन् । यसैबीच...

संविधान कार्यान्वयनका लागि वाम शक्ति एक हुनुपर्छः प्रधानमन्त्री

२०७३ वैशाख १० गते १८:५४

काठमाण्डु, १० वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै वाम शक्ति एक हुनुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको ६८ औँ स्थापना दिवसको अवसरमा नेकपा एमाले केन्द्रीय कार्यालयले आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्षसमेत रहेका ओलीले कम्युनिस्ट पार्टी अब विभाजित र विखण्डित...

फेरि गयो सिन्धुपाल्चोकमा भूकम्प

२०७३ वैशाख १० गते १८:३७

काठमाण्डु, १० वैशाख– सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर अपराह्न पुनः अर्को परकम्प गएको छ । दिउँसोे ४ बजेर ४९ मिनेट जाँदा ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि आजै बिहान १२ बजेर ४१ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भई ४ रेक्टर...

दैनिक जोहोका लागि चर्को सङ्घर्षमै बित्योे भूकम्पपीडितको एकवर्ष

२०७३ वैशाख १० गते १८:११

चितवन, १० वैशाख – आठजनाको परिवारका अगुवा लीलाबहादुर विक फलामलाई खुर्पाको आकार दिंँदै छन् । फलाम सेलाउँदा ताप दिन छोरा लोकबहादुर पछाडि उभिएका छन् । ‘छोराले आरन मेसिन (हावा दिने मेसिन) चलाउँछ, म घन ठोक्छु हजुर, यस्तै छ काम,’ घन हानिरहेका लीलाबहादुरले हेर्दै नहेरी...

यी पो रहेछन् पुनःनिर्माणको काम अघि नबढ्नुमा मुख्य दोषीहरु

२०७३ वैशाख १० गते १८:०३

काठमाण्डु, १० बैशाख– कृषि मन्त्री हरिबोल गजुरेलले पुनःनिर्माणको कामलाई अगाडि बढाउन ऐन–कानून र कार्यकारी अधिकृत नियूक्तीमा समयमै राजनीतिक सहमति जुटाउन नसक्दा ढिलाई भएको स्विकार्दै यसमा कांग्रेस पहिलो, एमाले दोस्रो र एमाओवादीे तेस्रो दोषी भएको बताए । रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा उनले...

भारत र राष्ट्रपति भण्डारीको चाहना मिल्यो !

२०७३ वैशाख १० गते १७:४८

काठमाण्डु, १० वैशाख– भारतले राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विदशे भ्रमण आफ्नो देशमा होस् भन्ने चाहेको खुल्न आएको छ । भारतीय विदेश मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार भेटघाटमा मन्त्रालयका प्रवक्ता विकाश स्वरुपले भण्डारीले छिट्टै भारत भ्रमण गर्ने बताउँदै, ‘उहाँको पहिलो विदेश भ्रमण भारतमा हुन्छ’ भने...

नेपालका महिला केमा कम, पुरुषसँग काँधमा काँध मिलाएर लागेका छन्

२०७३ वैशाख १० गते १७:३७

ओखलढुङ्गा, १० वैशाख – ‘महिला भएर यस्तो काम गर्न गाह्रो हुँदैन ?’ चर्काे घामको पर्वाह नगरी सडक विस्तारमा व्यस्त प्राप्चा गाविसकी शम्भुकुमारी सार्कीको जवाफ छ, ‘आफ्नै गाउँको बाटो हो । हामी पुरुष र महिला सबैै मिलेर बनाउन लागेका छौँ ।’ पहिरोले ल्याएका ठूल्ठूला ढुङ्गा...

विवाहको आश्वासनमा अवैध सम्बन्धपछि गर्भवती बनेकी युवतीले गरिन् आत्महत्या

२०७३ वैशाख १० गते १७:२८

धनगढी, १० वैशाख – विवाह गर्ने प्रलोभन देखाई राखिएको अवैध शारीरिक सम्बन्धपछि रहेको गर्भका कारण नै यहाँ एक युवतीले आत्महत्या गर्नुपरेको प्रहरी अनुसन्धानले देखाएको छ । स्थानीय आसिस मोबाइल ग्यालरी पसलमा काम गर्दै आएकी २५ वर्षीया मेनकाकुमारी चौधरीलाई पसल सञ्चालक धनगढीका तोहित सिद्दकीले विवाह...

यसरी लेखाउँदैछन् विष्टले ‘गिनिज बुक अफ वल्र्ड’मा आफ्नो नाम

२०७३ वैशाख १० गते १७:१३

काठमाण्डु, १० वैशाख– कैलाली घोडाघोडीका २३ वर्षीय भरत विष्टले फिफाका २०९ सदस्य राष्ट्रहरुको नाम सबैभन्दा छोटो समयमा बाचन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा कीर्तिमान दर्ता गराउने तयारी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले आफूले ६१ सेकेन्डमा सबै देशको...

पाँच दिनदेखि अन्धकार छन् नौ गाविस

२०७३ वैशाख १० गते १७:०७

वीरगन्ज, १० वैशाख – हावाहुरीका कारण विद्युत्को तार चुाडिएपछि पाँच दिनदेखि पर्साका नौवटा गाविसका बासिन्दा अन्धकारमा बस्न विवश भएका छन् । गत सोमबार आएको आँधीहुरीले बर्बा र विन्दवासिनीमा रहेको विद्युतीय तार चुाडिएको र त्यसलाई विद्युत् प्राधिकरणले हालसम्म मर्मत नगरेका कारण चर्को गर्मी सहेर पनि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us