गृहमन्त्रीलाई कांग्रेसको चुनौती: तपाईंले लगाएको आरोप प्रमाणित गर्नुस्

काठमाण्डु टुडे २०८१ जेठ ७ गते १५:५० मा प्रकाशित

काठमाण्डु,७ जेठ– प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्नो दलका नेताहरुमाथि लगाएको आरोप प्रमाणित गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन् ।

साथै कांग्रेसले अरुमाथि लाञ्छना लगाएर सहकारीको रकम अपचलनमा लामिछानेले उन्मुक्ति नपाउने पनि बताएको छ । कांग्रेसले सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ ।

आइतबार संसदमा जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले कांग्रेसका नेताहरुमाथि समेत प्रश्न उठाएका थिए । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले गृहमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार, कपोलकल्पित र हिंस्रक भएको दाबी गरेको छ । बैठकका निर्णयहरु जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘उहाँले आफूमाथि लागेको अभियोगरप्रश्नबाट भाग्न तथाकथित प्रश्न खडा गर्न पाइँदैन ।

आफूमाथि लागेको प्रश्नको जवाफ दिन जरुरी छ ।’ उनले अगाडि भने, ‘आफू शेयर सदस्यका साथै प्रबन्ध निर्देशक हुने, अनि करौडौं रुपैयाँ कहाँबाट आयो थाहा भएन भनेर भाग्न पाइन्छ ?’ कांग्रेसले आफ्ना नेताहरुमाथि लगाएको आरोप प्रमाणित गर्न समेत चुनौती दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us