समाचार

प्रधानमन्त्री ओलीविरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा

२०८२ भदौ ६ गते १३:१०

काठमाण्डू, ६ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विश्वासको मत नलिएको भन्दै काम चलाऊ घोषणाको माग गर्दै दायर रिटमा पेशी चढेको छ । अधिवक्ता वीरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा दायर गरेको रिट न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ...

नेपाल विरोधी चीन–भारत सम्झौता खारेज गर्न नेता खनालको माग

२०८२ भदौ ६ गते १३:००

काठमाण्डू, ६ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अगस्ट १९ (३ भदौ, २०८२) मा चीन र भारतबिच नेपालविरोधी सम्झौता खारेज गर्न माग गरेका छन । आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै सम्मनित नेता खनालले यस्तो माग गरेका हुन ।...

लिपुलेकबाट नेपाल पछाडि हटेको छैनः सञ्चारमन्त्री गुरुङ

२०८२ भदौ ६ गते १२:४८

काठमाण्डू, ६ भदौ– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लिपुलेक नेपालकै भूमि भएको बताएका छन । साथै उनले लिपुलेकबाट नेपाल सरकार पछाडि नहटेको समेत घोषणा गरे । आज (शुक्रबार) पोखरामा प्रेस चौतारी कास्कीले गरेको पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री गुरुङले...

सीमा विवाद निरुपण गर्न त्रिदेशीय सहमतीय ढाँचा प्रस्ताव गरौंः नेसपा

२०८२ भदौ ६ गते १२:३५

काठमाण्डू, ६ भदौ– पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा (नयाँ शक्ति)ले भारत र चीनले नेपालको पूर्वसहमति र परामर्शबिना लिपुलेक नाका व्यापारिक प्रयोजनका लागि सञ्चालन गर्ने निर्णय गरेकोप्रति गम्भीर आपत्ति व्यक्त गरेको छ । नेसपाले आज (शुक्रबार) जारी गरेको विज्ञप्तिमा यस कदमलाई...

गुल्मीमा छल्दी खोलाले बगाएर एक जनाको मृत्यु

२०८२ भदौ ६ गते १०:४०

काठमाण्डू, ६ भदौ– गुल्मीमा छल्दी खोलाले बगाएर एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–१ राहले निवासी ५३ वर्षका मानबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिएको छ । बुधबार रातिदेखि परिवारको सम्पर्कमा नरहेका कुमाल शुक्रबार बिहान इस्मा–२ छल्दी...

सकारात्मकताका साथ अघि बढौँ, केही गरौँः प्रधानमन्त्री ओली

२०८२ भदौ ६ गते १०:२४

काठमाण्डू, ६ भदौ– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नकारात्मक भाष्य निर्माण हुँदै गइरहेको भन्दै आपत्ति जनाएका छन । बिहिबार बेलुका सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्णाली’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भएका कामहरुको चर्चा...

काठमाण्डूको तारकेश्वरमा आफ्नै श्रीमानले फरुवा प्रहार गरेर गरे श्रीमतीको हत्या

२०८२ भदौ ५ गते १७:४९

काठमाण्डू, ५ भदौ– काठमाण्डूको तारकेश्वरमा बुधबार राति आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । हत्या आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–१ बस्ने ३३ वर्षीय भीमसेन मग्राती रहेको प्रहरीले जानकारी दिएको छ । उनले आफ्नै श्रीमती ३५ वर्षीया शर्मिला मग्रातीको...

गोरखामा बेपत्ता पुरुष मृत फेला, खोजीमा गएका व्यक्तिको पनि लडेर मृत्यु

२०८२ भदौ ५ गते १७:२६

काठमाण्डू, ५ भदौ– गोरखाको चुमनुब्री गाउँपालिका–६ सिप्चेतका रिनजिन लामा मृत अवस्थामा भेटिएका छन । अन्दाजी ४३ वर्षीय उनी सोही स्थान नजिकै मृत फेला परेको जिल्ला प्रहरी कार्यलय गोरखाले जानकारी दिएको छ । गत सोमबार बिजुलीको बिल तिर्न तिर्न घरबाट निस्केका लामा सोही दिनदेखि सम्पर्कविहीन...

उपसभामुखले १७ पटक विदेश भ्रमण गर्नुभयो, १० पटक स्वीकृत नै गराउनुभएनः एमाले सांसद भट्टराई

२०८२ भदौ ५ गते १७:०८

काठमाण्डू, ५ भदौ– पूर्व मन्त्री एवं एमाले सांसद योगश कुमार भट्टराईले उपसभामुख इन्दिरा रानामगर यो कार्यकालमा १७ पटक विदेश भ्रमण गएको दाबी गरेका छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सचिव समेत रहेका सांसद भट्टराईले उपसभामुख यसरी १७ पटक विदेश जानु...

शिक्षा विधेयकमा माओवादी, रास्वपा र राप्रपाको फरक मत

२०८२ भदौ ५ गते १६:४२

काठमाण्डू, ५ भदौ– विद्यालय शिक्षा विधेयक पारित भएको छ । आज (बिहिबार) बसेको प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिले उक्त विधेयक पारित गरेको हो । समितिबाट पारति विधेयकमा प्रतिपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले...

दोलखाको सोरुमखोला ड्याममा एक व्यक्ति मृत फेला

२०८२ भदौ ५ गते १६:३८

काठमाण्डू, ५ भदौ– दोलखाको सोरुमखोला ड्याममा एक व्यक्ति मृत फेला परेका छन । दोलखाको बिगु गाउँपालिका– चिलंखाका २१ वर्षीय राजु तामाङ सोरुमखोलाको ड्याममा बिहीबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ । तामाङ बुधबार बिहान ११ बजे माछा मार्न भन्दै घरबाट...

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित

२०८२ भदौ ५ गते १६:३१

काठमाण्डू, ५ भदौ– प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ । बिहीबार प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो । विद्यालय शिक्षा विधेयकमा राखिएका केही प्रावधानहरूमा सरोकारवालाहरूले विमति जनाएपछि पारित हुन सकेको थिएन । यसबीचमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us