समाचार

दुर्गा प्रसाईँसहित ५० जनाविरुद्धको मुद्दामा अन्तिम सुनुवाइको लागि पेसी तोकियो

२०८२ भदौ १५ गते १२:३६

काठमाण्डू, १५ भदौ– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको नेतृत्व गरेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित ५० जनाविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका जिल्ला अदालत काठमाण्डूमा पेसी तोकिएको छ । न्यायाधीश उमानाथ गौतमको इजलासमा सुनुवाइका लागि पहिलो नम्बरमै पेसी तोकिएको हो । जिल्ला...

अरनिको अस्पतालको शौचालयमा सालनालसहिको शिशु फेला

२०८२ भदौ १५ गते १२:३१

काठमाण्डू, १५ भदौ– मोरङको उर्लाबारीमा रहेको अरनिको अस्पतालको शौचालयमा सालनालसहितको शिशु भेटिएको छ । शनिबार बिहान उर्लाबारी बजारमा रहेको अरनिको अस्पतालको शौचालयभित्र सालनालसहितको शिशु फेला परेको हो । शिशुको तौल १ किलो २ सय ग्राम रहेको बताइएको छ । शौचालयबाट शिशु रोएको आवाज आएपछि...

चीनमा रहेका प्रधानमन्त्री ओलीले गरे धान उत्पादन विशेष क्षेत्रको भ्रमण

२०८२ भदौ १५ गते १२:२८

काठमाण्डू, १५ भदौ– छिमेकी देश चीनको पाँच दिने औपचारीक भ्रमणमा रहेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका छन् । चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओलीले आज जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेको प्रधानमन्त्रीको सचिवालय...

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२०८२ भदौ १५ गते १२:०३

काठमाण्डू, १५ भदौ– मकवानपुरको थाहा नगरपालिका–१० टौखेलस्थित गणेशमान सिंह सडकखण्डमा माटेरसाइकल अनियन्त्रित भई ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ३२ वर्षीय अमिर गोपाली रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ । बिसङ्खेबाट टौखेलतर्फ आउँदै गरेको बाप्र६६प...

दशैंका लागि सुकिला नोट २९ गतेदेखि साटिने

२०८२ भदौ १५ गते ११:५३

काठमाण्डू, १५ भदौ– नेपाल राष्ट्र बैंकले आगमी बर्षको दशैंका लागि सुकिला नोट यही भदौ २९ गतेदेखि साट्ने भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने जानकारी दिएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन...

रञ्जिताले बोलाएको बैठकमा रेशम पक्ष अनुपस्थित हुने

२०८२ भदौ १५ गते ११:४४

काठमाण्डू, १५ भदौ– नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाएको बैठकमा संरक्षक रेशम चौधरी पक्ष उपस्थित भएका छैैनन् । आज (आइबतार) र भोली (सोमबार)का लागि रञ्जिताले केन्द्रीय समितिको बैठक बोलाएकी छन । बैठकमा छलफलका एजेन्डामा केन्द्रीय समिति सदस्यहरुको नाम निर्वाचन आयोगमा अद्यावधिक, विधान...

पार्टी छोडेर जानेहरूले जति बकवास गरे पनि हुन्छः प्रचण्ड

२०८२ भदौ १४ गते १८:०२

काठमाण्डू, १४ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी छाडेर जानेहरूलाई बकवास गर्ने छुट भएको बताएका छन । आज (शनिबार) माओवादीको मुख्यालय पेरिसडाँडामा आयोजित नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौती’ विषयक विचार गोष्ठीमा प्रचण्डले प्रशिक्षणात्मक सम्बोधन...

८४ मा एकीकृत समाजवादी पहिलो शक्ति बन्न सक्छः माधव नेपाल

२०८२ भदौ १४ गते १७:४८

काठमाण्डू, १४ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी ०८४ सालको आम निर्वाचनमा आफ्नो पार्टी देशको पहिलो शक्ति बन्न सक्ने बताएका छन । आज (शनिबार) काठमाण्डूमा आयोजित समाजवादी प्रेस संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो तर्क गरेका हुन...

पक्राउ परिन खानेपानी मन्त्री यादवलाई धम्की दिने युवती

२०८२ भदौ १४ गते १७:२५

काठमाण्डू, १४ भदौ– पर्सा प्रहरीले खानेपानी मन्त्री प्रदीप यादवलाई फोन गरी धम्की दिने युवतीलाई शनिबार नियन्त्रणमा लिएको छ । मन्त्री यादव र वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई फोनगरी धम्की दिने वीरगञ्ज महानगरपालिका–२४, रामगढवाकी किरण साहलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ...

सुनसरीमा एक जना मृत फेला

२०८२ भदौ १४ गते १७:१८

काठमाण्डू, १४ भदौ– सुनसरीमा एक जना मृत अवस्थामा फेला परेका छन । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित इटहरी मेडिकल हलको पछाडी अन्दाजी ५० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी...

राष्ट्रपति सीसँगको भेटवार्ता फलदायी भएको छः प्रधानमन्त्री

२०८२ भदौ १४ गते १७:१३

काठमाण्डू, १४ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता फलदायी भएको बताएका छन् । शनिबार थियानजिन अतिथि गृहमा भएको भेटवार्तापछि प्रधानमन्त्री ओलीले लगातार दोस्रो वर्ष राष्ट्रपति सीलाई भेट्न र फलदायी द्विपक्षीय वार्ता गर्न पाउँदा खुसी लागेको बताएका...

मधेसी समुदायप्रति भेदभाव कायमै छः उपेन्द्र यादव

२०८२ भदौ १४ गते १६:२८

काठमाण्डू, १४ भदौ– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी समुदायमाथि भेदभाव कायमै रहेको तर्क गरेका छन । आज (शनिबार) जनकपुरधाममा आयोजित मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको दोस्रो प्रदेश महाधिवेशनलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले यस्तो बताएका हुन । अध्यक्ष यादवले मधेसी समुदायमाथिको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us