समाचार

अवैध चोरीपैठारी र निकासी रोक्न समन्वय गरेर काम गर्नुस्ः गृहमन्त्री

२०८२ भदौ १५ गते १५:१५

काठमाण्डू, १५ भदौ– गृहमन्त्री रमेश लेखकले सिमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न सरोकारवाला निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन । आज (आइतबार) जिल्ला प्रशासन कार्यालय पर्सामा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन । उनले...

एमालेभित्रको खलबली महाधिवेशनसम्मै जान्छः घनश्याम भुसाल

२०८२ भदौ १५ गते १४:३४

काठमाण्डू, १५ भदौ– पूर्व मन्त्री एवं नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेभित्रको खलबली महाधिवेशनसम्मै जाने दाबी गरेका छन । आज (आइबतार) प्रवासी नेपाली एकता मञ्चको जापानको टोकियोमा भएको अधिवेशनलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका महासचिव भुसालले यस्तो बताएका हुन । महासचिव भुसालले अहिलेका प्रमुख...

डा. गोविन्द केसीले सुरु गरे तीन दिने सत्याग्रह

२०८२ भदौ १५ गते १४:२८

काठमाण्डू, १५ भदौ– डा. गोविन्द केसीले तीन दिने सत्याग्रह सुरु गरेका छन् । शिक्षा स्वास्थ्यजस्तो सेवामूलक क्षेत्रको गुणस्तर र समतामूलक पहुँच अभिवृद्धिको सुनिश्चितता, युद्धग्रस्त मुलुकमा शान्ति स्थापनाको माग गर्दै डा. केसीले आइतबार कैलालीको गेटामा तीन दिने सत्याग्रह घोषणा गरेका हुन् । आफ्नो माग पूरा...

जुवातास खेलेको आरोपमा भक्तपुरबाट ५ जना पक्राउ

२०८२ भदौ १५ गते १४:२३

काठमाण्डू, १५ भदौ– प्रहरीले भक्तपुरको सूर्यबिनायक नगरपालिका–१ दधिकोट तर्खालबाट जुवातास खेलेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएको छ । तर्खाल बस्ने ४३ वर्षीय सुमन खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सुमन समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले...

पानी ट्यांकीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु

२०८२ भदौ १५ गते १४:१९

काठमाण्डू, १५ भदौ– सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ अर्चलेमा २ वर्षीया बालिकाको पानी ट्यांकीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा अर्चलेका रबिन रम्तेलको छोरी २ वर्षीया प्रिन्सिका रम्तेल रहेको प्रहरी चौकी ग्वालटारका प्रहरी सहायक निरीक्षक बल बहादुर माझीले जानकारी दिएका छन । बालिकाको आफ्नै...

सरकार लगानीको वातावरण सिर्जना गर्न लागिरहेको छः अर्थमन्त्री पौडेल

२०८२ भदौ १५ गते १४:१४

काठमाण्डू, १५ भदौ– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीको वातावरण सिर्जना गर्नतर्फ सरकारले काम गरिरहेको बताएका छन । आज (आइतबार) काठमाण्डूमा ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४७ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै एमाले उपाध्यक्ष समेत रहेका अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन ।...

मोबाइल चोरी आरोपमा कुटिएका दलित युवाको मृत्यु

२०८२ भदौ १५ गते १४:०४

काठमाण्डू, १५ भदौ– रौतहटमा मोबाइल चोरीको आरोपमा कुटपिट गरिएका एक दलित युवाको मृत्यु भएको छ । वीरगञ्जस्थित स्पोर्ट अस्पताल भर्ना भएका रौतहट कटहरिया नगरपालिका–४ बहादुरपुरका २८ वर्षीय नसिव बैठाको ११ भदौमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकका भाइ दर्शन बैठाका अनुसार घटना...

दूध उत्पादक किसान र प्रहरीबीच घम्साघम्सी

२०८२ भदौ १५ गते १३:२७

काठमाण्डू, १५ भदौ– दूध उत्पादक किसानहरुले काठमाण्डूमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाण्डूको लैनचौरस्थित दुग्ध विकास संस्थानको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले हस्तक्षेप गरेको हो । त्यसक्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी परेको थियो । दुग्ध विकास संस्थान लगायतका सम्बन्धित निकायलाई दूधको...

गृहमन्त्री लेखकले गरे हैजा सङ्क्रमित बिरामीहरूसँग भेटघाट

२०८२ भदौ १५ गते १२:४६

काठमाण्डू, १५ भदौ– गृहमन्त्री रमेश लेखकले पर्सा जिल्लामा फैलिएको हैजा महामारीको चपेटामा परेका बिरामीहरूसँग आज भेटघाट गरेका छन् । शनिबार वीरगन्ज पुगे लगत्तै नारायणी अस्पतालको निरीक्षण गरेका गृहमन्त्री लेखकले आज बिहान निजी अस्पताल पुगेर बिरामीलाई भेटेवार्ता गरेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।...

महिला स्वास्थ्यकर्मीमाथि गाली गलौज, अभद्र व्यवहार गरेको आरोपमा तीन जना पक्राउ

२०८२ भदौ १५ गते १२:४०

हुम्ला, १५ भदौ– हुम्ला प्रहरीले महिला स्वास्थ्यकर्मीमाथि गाली गलौज, अभद्र व्यवहार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्लाको ताजाँकोट गाउँपालिका–३ मैला स्वास्थ्यचौकीका इन्चार्ज लिलाराज शर्मा, गाउँपालिकाका एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यलय हुम्लाले...

दुर्गा प्रसाईँसहित ५० जनाविरुद्धको मुद्दामा अन्तिम सुनुवाइको लागि पेसी तोकियो

२०८२ भदौ १५ गते १२:३६

काठमाण्डू, १५ भदौ– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको नेतृत्व गरेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित ५० जनाविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका जिल्ला अदालत काठमाण्डूमा पेसी तोकिएको छ । न्यायाधीश उमानाथ गौतमको इजलासमा सुनुवाइका लागि पहिलो नम्बरमै पेसी तोकिएको हो । जिल्ला...

अरनिको अस्पतालको शौचालयमा सालनालसहिको शिशु फेला

२०८२ भदौ १५ गते १२:३१

काठमाण्डू, १५ भदौ– मोरङको उर्लाबारीमा रहेको अरनिको अस्पतालको शौचालयमा सालनालसहितको शिशु भेटिएको छ । शनिबार बिहान उर्लाबारी बजारमा रहेको अरनिको अस्पतालको शौचालयभित्र सालनालसहितको शिशु फेला परेको हो । शिशुको तौल १ किलो २ सय ग्राम रहेको बताइएको छ । शौचालयबाट शिशु रोएको आवाज आएपछि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us