काठमाण्डू, १६ भदौ– छिमेकी देश चीनको पाँच दिने औपचारीक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ । शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रपति मिज्जुबीच भेटवार्ता...
काठमाण्डू, १६ भदौ– राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठन गरिएको संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजकको जिम्मेवारी धवल शमशेर राणाले पाएका छन । समितिका संयोजक नवराज सुवेदीले राणालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन । सुवेदीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री ड. राणालाई कार्यवाहक जिम्मेवारी दिएका हुन्...
काठमाण्डू, १६ भदौ– काठमाण्डूको चक्रपथमा निजी विद्यालय सञ्चालकहरूले स्कुल बसको र्याली निकालेर विरोध जनाएका छन । विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमशस् गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै विद्यालय बससहित निजी विद्यालय सञ्चालकहरूले प्रदर्शन गरेका हुन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाट...
काठमाण्डू, १६ भदौ– प्रहरीले कैलालीबाट ९ ग्राम २३० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा आइतबार लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी चौकी गेटाबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–१ बिजौरास्थित माछापोखरी नजिकै चेकजाँच गर्ने क्रममा सोही ठाउँ बस्ने...
काठमाण्डू, १६ भदौ– मुख्यसचिव एकनारायण अर्याल आगामी मंसिर ९ गते ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जानेछन् । तर उनलाई समेत फाइदा हुने गरी संघीय निजामती सेवा विधेयकमा सरकारी कर्मचारीको अनिवार्य अवकाश ५८ बाट ६० वर्ष पुर्याउन कसरत सुरु भएको छ । अनिवार्य अवकाशको...
काठमाण्डू, १६ भदौ– संघीय निजामती सेवा विधेयकमा प्रस्ताव गरिएको अनिवार्य अवकाश उमेर हदबारे राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले टुंगो लगाउन सकेन । प्रतिनिधिसभाले ऐन लागू भएको पहिलो वर्ष ५८, दोस्रो वर्ष ५९ र त्यसपछिको वर्षदेखि ६० वर्षको उमेर हदमा अनिवार्य अवकाश हुनेगरी पारित गरेको...
काठमाण्डू, १६ भदौ– प्रधानमन्त्री केपी ओलीले सांघाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन् । चीनको तियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ । चिनियाँ राष्ट्रपति...
सुनसरी, १६ भदौ– सप्तकोशी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार राति १० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ । आइतबार दिउँसो २ बजे एक...
काठमाण्डू, १६ भदौ– चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र गणतन्त्र लाओसका राष्ट्रपति थोन्ङ्लौन सिसौलीथबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली र राष्ट्रपति थोन्ङ्लौनबीच थियानजिनमा सोमबार भेटवार्ता भएको हो । सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली चीन पुगेका हुन्...
काठमाण्डू, १६ भदौ– नेपाल आइडल सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन् । आइतबार राति भएको ग्राण्ड फिनालेमा दर्शकको भोटका आधारमा चार प्रतिस्पर्धीलाई पछि पार्दै सोनामले उपाधि हात पारेकी हुन् । उपाधिसँगै गंगाले नगद २५ लाख तथा अरु विभिन्व उपहार प्राप्त गरेकी...
काठमाण्डू , १५ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी १७ कात्तिकमा रुपन्देही–३ मा हुने उपनिर्वाचनमा डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ । रास्वपा सचिवालयको आइतबारको बैठकले न्यूरो सर्जन डा. थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उम्मेदवार चुन्न भएको प्राइमरी निर्वाचनमा सबैभन्दा धेरै...
बारा, १५ भदौ–बारामा आइतबार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा रौटहतको गुजरा नगरपालिका–७ परसवा बस्ने अन्दाजी २५ वर्षीय रोशन चौधरी र सप्तरी बसवलपुर नगरपालिका–७ बस्ने २८ वर्षीय...