समाचार

ओलीसँगको भेटवार्तापछि मोदीले लेखेः नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ

२०८२ भदौ १५ गते १८:२६

काठमाण्डू, १५ भदौ– चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच सोमबार दिउँसो तियान्जिनमा भेटवार्ता भएको हो । ओलीसँगको भेटको तस्वीर सार्वजनिक गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्ध गहिरो र...

खोटाङका तत्कालीन तीन जिशिअसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ भदौ १५ गते १८:१४

काठमाण्डू, १५ भदौ– खोटाङका तत्कालिन तीनजना जिल्ला शिक्षा अधिकारी (जिशिअ)सहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याएको भन्‍दै अख्तियारले खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेश प्रसाद भट्टराई, केशव प्रसाद दाहाल र ज्ञानमणि नेपाल, प्रधानाध्यापक,...

रुकुम पश्चिममा पहिरोमा पुरिएर एक महिलाको मृत्यु

२०८२ भदौ १५ गते १८:०६

काठमाण्डू, १५ भदौ– रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ छिङमा पहिरोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तल्लो छिङकी करिब ६९ वर्षीया हिमकुमारी मल्ल रहेकी प्रहरीले जनाएको छ । आज बिहान भेँडाबाख्रा लिएर गोठालो जाँदै गरेकी मल्लको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष...

परीक्षा दिनको अल्छीले बम राखेको हल्ला फिँजाए, आफैं प्रहरी फन्दामा परे

२०८२ भदौ १५ गते १७:३८

काठमाण्डू, १५ भदौ– काठमाण्डू उपत्यकाका विभिन्न तीन कलेजहरुमा बम राखिएको भन्दै प्रहरी कन्ट्रोललाई फोन गरेर आतंकित पार्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–२ स्थायी घर भई हाल काठमाण्डूको, कीर्तिपुर–१० बस्ने जयरुद्र झा रहेको प्रहरीले जनाएको छ । झा लाई काठमाण्डू...

सिन्धुलीमा फलामको खन्तीले टाउको र छातिमा हानेर छोराले गरे आमाको हत्या

२०८२ भदौ १५ गते १७:३३

काठमाण्डू, १५ भदौ– सिन्धुलीको दुधौली नगरपालिका–१४ भौडीमा छोराले आमाको हत्या गरेका छन । उनले धारिलो हतियार खन्ती (खाडल खन्न प्रयोग गरिने औजार)ं ले हानेर आमाको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जानकारी दिएको छ । जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार, दुधौली नगरपालिका...

तियानजिनमा प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने

२०८२ भदौ १५ गते १७:०८

काठमाण्डू, १५ भदौ– छिमेकी देश चीनको पाँच दिने औपचारीक भ्रमणमा रहेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने भएको छ । पाँच दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले भोलि (सोमबार) रुसका राष्ट्रपति पुटिनसँग द्विपक्षीय भेटवार्ता हुने निश्चित...

बुटवलमा अहिले पनि कांग्रेस–माओवादीको समीकरण जीवन्त रहेको महसुस भयोः प्रचण्ड

२०८२ भदौ १५ गते १६:५३

काठमाण्डू, १५ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुटवलमा अहिले पनि कांग्रेस–माओवादीको समीकरण जीवन्त रहेको महसुस गरेको बताएका छन । आज (आइबतार) बुटवलमा सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बञ्जाडे ‘टंकमणि’को शालिक अनावरणका साथै पुस्तक विमोचन गर्दै...

भारतमा बसेर मिर्गौला तस्करी गरेको आरोपमा दुई जना पक्राउ

२०८२ भदौ १५ गते १६:४४

काठमाण्डू, १५ भदौ– प्रहरीले भारतमा बसेर मिर्गौला तस्करी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भएका ३८ वर्षीय श्यामकृष्ण भण्डारी र इन्द्रावती गाउँपालिका–२ घर भएका २९ वर्षीय सुजन भारती रहेको प्रहरीले जनाएको छ । मानव बेचबिखन ब्यूरोका...

सभापति न्यौपानेले बोलाइन् राज्य व्यवस्था तथा सुशासन समिति बैठक

२०८२ भदौ १५ गते १६:३९

काठमाण्डू, १५ भदौ– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक भदौ १७ गते मंगलबारका लागि बोलाइएको छ । नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक मंगलबार २ बजेका लागि बैठक बोलाएकी हुन् । उनी सभापति भएपछि समिति बैठक पहिलो पटक...

प्रधानमन्त्री ओली र भियतनामका समकक्षी चिङबीच भेटवार्ता

२०८२ भदौ १५ गते १६:२०

काठमाण्डू, १५ भदौ– छिमेकी देश चीनको पाँच दिने औपचारीक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच भेटवार्ता भएको छ । उनीहरूबीच सोमबार चीनको थियानजिनमा दुई पक्षीय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । शाङ्घाई...

छुट्टै छलफलमा जुटे झलनाथ– घनश्याम पक्षीय नेताहरू

२०८२ भदौ १५ गते १६:१५

काठमाण्डू, १५ भदौ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको झलनाथ–घनश्याम पक्षीय नेताहरूको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित बानेश्वर क्याम्पसमा सो समूहका नेताहरूबीच छलफल जारी रहेको स्रोतले जानकारी दिएको छ । पार्टीको आगामी केन्द्रीय कमिटी, स्थायी कमिटी लगायतका बैठकहरूको एजेन्डा तय गर्नका लागि...

इम्बोस्ड नम्बर प्रणालीको विरोधमा राप्रपाले बुझायो ज्ञापनपत्र

२०८२ भदौ १५ गते १५:२१

काठमाण्डू, १५ भदौ– राप्रपाले ललितपुर क्षेत्र नम्बर–३ ले हाल लागू गरिएको ‘इम्बोस्ड नम्बर प्रणाली’को कडा विरोध गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ । आज (आइतबार) यातायात व्यवस्था कार्यालयमा पुगेर विरोधसहित ज्ञापनपत्र बुझाइएको केन्द्रीय सदस्य निरञ्जन थापाले जानकारी दिएका छन । ज्ञापनपत्रमा सो प्रणालीले सर्वसाधारण जनतामाझ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us