समाचार

गृहमन्त्रीसहितका उच्चपदस्थ अधिकारी अनौपचारिक बैठकमा

२०८२ भदौ २३ गते १३:३१

काठमाण्डू, २३ भदौ– जिल्ला प्रशासन कार्यलय काठमाण्डूले जेनजी पुस्ताले गरेको आन्दोलन रोक्न आज (सोमबार) मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेपछि गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू छलफलमा जुटेका छन् । गृहमन्त्री रमेश लेखक राज्य व्यवस्था तथा सुशासन...

आन्दोलनकारीले संसद् भवनको गेटमा लगाएको आगो प्रहरीले निभायो

२०८२ भदौ २३ गते १३:२८

काठमाण्डू, २३ भदौ– जेनजीको प्रदर्शनका क्रममा बानेश्वरस्थित संसद् भवनको गेटका दुई स्थानमा गरेको आगजनी प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीले गेट नम्बर १ र गेट नम्बर २ मा आगजनी गरे पनि प्रहरीले तत्काल निभाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्रको स्थिति तनावपूर्ण रहेको छ...

कान्तिपुर टिभीका पत्रकार श्रेष्ठलाई गोली लाग्यो

२०८२ भदौ २३ गते १३:२६

काठमाण्डू, २३ भदौ– काठमाण्डूको नयाँबानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठ घाइते भएका छन । जेनजीको प्रदर्शनको दृष्य संकलनका लागि गएका श्रेष्ठको पाखुरामा गोली लागेको हो । प्रदर्शनको दृष्य खिचिरहेका बेला श्रेष्ठलाई प्रहरीको गोली लागेको र सिभिल अस्पतालमा उपचार भइरहेको कान्तिपुर...

बानेश्वरको सुरक्षा पोष्टबाट प्रदर्शनकारीले फहराए नेपालको झण्डा

२०८२ भदौ २३ गते १३:२२

काठमाण्डू, २३ भदौ– संसद् भवनको सुरक्षा पोष्टसम्मै जेनजी प्रदर्शनकारी पुगेर नेपालको झन्डा फहराएका छन । सुरक्षा कर्मी बस्ने पोष्टमा प्रदर्शनकारीहरु पुगेर नेपालको झण्डा फहराएका हुन । संसद् भवनभित्रै प्रदर्शनकारी छिर्ने, गेटमा तोडफोड गर्ने जस्ता गतिविधि भएपछि अहिले स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।...

कर्फ्यू जारी भएपछि बानेश्वरमा सेना

२०८२ भदौ २३ गते १३:२०

काठमाण्डू, २३ भदौ– जेनजीको प्रदर्शनमा बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएपछि सेना परिचालन गरीएको छ प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै संसद भवन छिरेपछि कर्फ्यू लगाइएको थियो । त्यसपछि सेना परिचालन गरिएको हो । जेनजीहरुको प्रदर्शनमा संसद भवनभित्र समेत प्रदर्शनकारी छिरेका थिए । सरकारले समाजिक सञ्जालमाथि लगाएको...

टिकटकमा प्रधानमन्त्री ओलीः हामी सामाजिक सञ्जाल विरोधी होइनौं, बेथिति विरोधी हौँ

२०८२ भदौ २३ गते १३:१६

काठमाण्डू, २३ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल विरोधी आफू नभएको बताएका छन । दोस्रो विधान सभामा राखेको धारणालाई आज प्रधानमन्त्री ओलीले टिकटकमा पोष्ट गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले आफुहरु बेथितिको विरोधी भएको समेत बताएका...

जेनजीको जुलुसमा सहभागीले च्याते प्रधानमन्त्री ओलीको फोटो

२०८२ भदौ २३ गते १२:५८

काठमाण्डू, २३ भदौ– सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीले प्रधानमन्त्री केपी शर्मा ओलीको पोस्टर च्यातेका छन । माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेकाहरुले बबरमहलस्थित नेपाल टेलिकमको कार्यालय अगाडि प्रधानमन्त्री ओलीको फोटो च्यातेका हुन् । पोलमा राखिएको फोटो तल झारेर उनीहरुले च्यातेका हुन । भ्रष्टाचार, बेथिती र सामाजिक सञ्जालमा...

बानेश्वरमा प्रहरीले चलायो गोली

२०८२ भदौ २३ गते १२:४८

काठमाण्डू, २३ भदौ– प्रहरीले काठमाण्डूको नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।...

माइतीघर–बानेश्वर–तीनकुने–शंखमुल क्षेत्रमा राति १० बजेसम्मका लागि कर्फ्यू जारी

२०८२ भदौ २३ गते १२:४०

काठमाण्डू, २३ भदौ– जिल्ला प्रशासन कार्यलय काठमाण्डूले काठमाण्डूको नयाँ बानेश्वर क्षेत्रमा आज (सोमबार) राति १० बजे सम्मका लागि कफ्र्यू जारी गरेको छ । भ्रष्ट्राचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा आन्दोलनमा उत्रिएका जेन–जी पुस्ताको प्रदर्शनका क्रममा अवस्था तनावग्रस्त बनेपछि कर्फ्यू जारी गरिएको सहायक प्रमुख जिल्ला...

रौतहटमा बोक्सीको आरोपमा कुटपिट

२०८२ भदौ २३ गते १२:३२

काठमाण्डू, २३ भदौ– रौतहटको एक महिलालाई बोक्सीको आरोपमा कुटपिट गरीएको छ । रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई छिमेकीहरूले बोक्सीको आरोपमा कुटपिट गर्नुका साथै अमानवीय व्यवहार गरेका हुन । ४० वर्षीय स्थानीय दिनेश साह कानु, उनका छोरा २२ वर्षीय गोलु...

बबरमहल–बानेश्वर सडकमा सवारी आवागमन पूर्णरुपमा बन्द

२०८२ भदौ २३ गते १२:२८

काठमाण्डू, २३ भदौ– नेपाल सरकारले सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले गरेको प्रदर्शनका कारण नयाँ बानेश्वर–बबरमहल सडक प्रभावित भएको छ । माइतीघर–बबरमहल हुँदै नयाँ बानेश्वर पुगेपछि जेनजीहरूले सडकका दुवैतर्फका लेनमा प्रदर्शन गरिरहेका छन् । सडकमा जेनजीहरु छपक्कै भएपछि सवारीँ आवागमन पूर्ण...

जेनजीहरू संसद् भवनभित्र, प्रहरीले हान्यो अश्रुग्याँस

२०८२ भदौ २३ गते १२:२५

काठमाण्डू, २३ भदौ– प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन । उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् । अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us