समाचार

रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक

२०८२ भदौ २३ गते १४:०२

काठमाण्डू, २३ भदौ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ । आज (सोमबार) जेनजी युवाहरूले काठमाण्डूमा गरेको प्रदर्शन र प्रहरीको धरपकडबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन । सचिवालयको बैठक चार बजे केन्द्रीय कार्यालय...

प्रहरीले चलाएको गोली लागेर एक जेन्जीको निधन

२०८२ भदौ २३ गते १३:५८

काठमाण्डू, २३ भदौ– आज (सोमबार) काठमाण्डूमा जेनजीले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीले जानकारी दिएका छन । अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ...

जेनजी आन्दोलनले सूचना टाँसेर स्थगित गरियो राष्ट्रियसभा बैठक

२०८२ भदौ २३ गते १३:५५

काठमाण्डू, २३ भदौ– सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरोधमा जेनजी पुस्ताले गरेको आन्दोलनका कारण कार्फ्यु आदेश जारी भएपछि राष्ट्रियसभा बैठक भदौ २५ गते बुधबारसम्मका लागि स्थगित भएको छ । आज (सोमबार) संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै सवा एक बजेका लागि बोलाइएको बैठक...

जेनजीको प्रदर्शनः तीन जना पत्रकारलाई रबरको गोली लाग्यो

२०८२ भदौ २३ गते १३:४९

काठमाण्डू, २३ भदौ– आज (सोमबार) जेन–जीले गरेको विरोध प्रर्दशनमा प्रहरीले चलाएको रबर गोली लागेर दुई जना पत्रकार घाइते भएका छन् । सोमबार बानेश्वरमा जेनजीले गरेको आन्दोलनको रिपोर्टिङ गर्न पुगेका कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई गोली लागेको हो । पत्रकार श्रेष्ठको नयाँबानेश्वरस्ति सिभिल अस्पतालमा उपचार...

ओलीकै गृहनगरमा ओलीको पुत्ला दहन

२०८२ भदौ २३ गते १३:४६

काठमाण्डू, २३ भदौ– झापाको दमकमा जेन–जी युवाले गरेको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । आन्दोलन चर्किँदै गएपछि भीड नियन्त्रण गर्न प्रहरीले गोली चलाएको थियो । प्रहरीका अनुसार दमक चोकबाट जुलुससहित दमक नगरपालिका अगाडि पुगेका प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला...

झापाको दमकमा जेनजी आन्दोलनमा प्रहरीको गोली, एक घाइते

२०८२ भदौ २३ गते १३:४५

काठमाण्डू, २३ भदौ– झापाको दमकमा जेन–जी युवाले गरेको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । आन्दोलन चर्किँदै गएपछि भीड नियन्त्रण गर्न प्रहरीले गोली चलाएको थियो । प्रहरीका अनुसार दमक चोकबाट जुलुससहित दमक नगरपालिका अगाडि पुगेका प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला...

शीतलनिवास, सिंहदरबार, नारायणहिटी लगायतका मुख्य क्षेत्रमा पनि थपियो कर्फ्यु

२०८२ भदौ २३ गते १३:४२

काठमाण्डू, २३ भदौ– जिल्ला प्रशासन कार्यलय काठमाण्डूले थप क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो । प्रशासन कार्यलय काठमाण्डूले राष्ट्रपति कार्यालय शितलनिवास, उपराष्ट्रपति कार्यालय हरित गृह, नारायणहिटी दरबार सङ्ग्रहालय...

जेन–जीको विरोध प्रर्दशनः आन्दोलनकारीद्वारा संसद् भवनको पर्खाल भत्काउने प्रयास

२०८२ भदौ २३ गते १३:३४

काठमाण्डू, २३ भदौ– आज (सोमबार) जेन–जीले काठमाण्डूको नयाँ बानेश्वर क्षेत्रमा गरेको प्रदर्शनलाई साम्य बनाउने प्रयास स्वरूप प्रहरीले हवाई फायरका साथै अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । यस्तै लाठीचार्ज समेत भएको प्रहरी स्रोतले जानकारी दिएको छ । सामाजिक सञ्जाल बन्दका साथै भ्रष्टाचार र...

गृहमन्त्रीसहितका उच्चपदस्थ अधिकारी अनौपचारिक बैठकमा

२०८२ भदौ २३ गते १३:३१

काठमाण्डू, २३ भदौ– जिल्ला प्रशासन कार्यलय काठमाण्डूले जेनजी पुस्ताले गरेको आन्दोलन रोक्न आज (सोमबार) मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेपछि गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू छलफलमा जुटेका छन् । गृहमन्त्री रमेश लेखक राज्य व्यवस्था तथा सुशासन...

आन्दोलनकारीले संसद् भवनको गेटमा लगाएको आगो प्रहरीले निभायो

२०८२ भदौ २३ गते १३:२८

काठमाण्डू, २३ भदौ– जेनजीको प्रदर्शनका क्रममा बानेश्वरस्थित संसद् भवनको गेटका दुई स्थानमा गरेको आगजनी प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीले गेट नम्बर १ र गेट नम्बर २ मा आगजनी गरे पनि प्रहरीले तत्काल निभाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्रको स्थिति तनावपूर्ण रहेको छ...

कान्तिपुर टिभीका पत्रकार श्रेष्ठलाई गोली लाग्यो

२०८२ भदौ २३ गते १३:२६

काठमाण्डू, २३ भदौ– काठमाण्डूको नयाँबानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठ घाइते भएका छन । जेनजीको प्रदर्शनको दृष्य संकलनका लागि गएका श्रेष्ठको पाखुरामा गोली लागेको हो । प्रदर्शनको दृष्य खिचिरहेका बेला श्रेष्ठलाई प्रहरीको गोली लागेको र सिभिल अस्पतालमा उपचार भइरहेको कान्तिपुर...

बानेश्वरको सुरक्षा पोष्टबाट प्रदर्शनकारीले फहराए नेपालको झण्डा

२०८२ भदौ २३ गते १३:२२

काठमाण्डू, २३ भदौ– संसद् भवनको सुरक्षा पोष्टसम्मै जेनजी प्रदर्शनकारी पुगेर नेपालको झन्डा फहराएका छन । सुरक्षा कर्मी बस्ने पोष्टमा प्रदर्शनकारीहरु पुगेर नेपालको झण्डा फहराएका हुन । संसद् भवनभित्रै प्रदर्शनकारी छिर्ने, गेटमा तोडफोड गर्ने जस्ता गतिविधि भएपछि अहिले स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us