काठमाण्डू, २७ भदौ–एमाले सचिव योगेशकुमार भट्टराईले जेनजी आन्दोलनकारीले प्रधानमन्त्रीमा अघि सारेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो दलबारे भ्रम फैलाएको आरोप लगाएका छन् । उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत २३ र २४ भदौमा गते भएका घटना र भ्रष्टाचार सम्बन्धमा निष्पक्ष र न्यायिक छानबिनको पक्षमा रहेको बताएका...
काठमाण्डू, २७ भदौ– पूर्व मन्त्री एवं एमाले सचिव योगेश भट्टराईले जेनजी प्रदर्शन र भ्रष्टाचार छानबिन आयोग बनाउने पक्षमै आफूहरू रहेको बताएका छन । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै एमाले सचिव भट्टराईले दुवै आयोग बनाउने पक्षमै रहेको प्रष्ट पारेका हुन् । उनले फेसबुकमा लेखेका...
काठमाण्डू, २७ भदौ– गत सोमबार र मंगलबार नेपालमा भएको जेन–जी समुहको आन्दोलनमा ज्यान गुमाएका हरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव परीक्षण सुरु भएको छ । पोस्टमार्टम प्रक्रियाका लागि प्रहरीको पत्र कुर्दा पोस्टमार्टममा ढिलाइ भएको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले जानकारी दिएका छन ।...
काठमाण्डू, २७ भदौ– गत सोमबार र मंगलबार नेपालमा भएको जेन–जी समुहको आन्दोलनको चर्चा विश्वभर भइरहेको छ । छिमेकी भारत र चीनका साथै अन्तर्राष्ट्रिय मिडियाहरुले यो समाचारलाई प्राथमिकताका साथ प्रकाशन–प्रसारण गरिरहेका छन् । नेपालमा जेनजीले सरकार ढलाएसँगै विश्वका विभिन्न देशमा विपक्षीहरुले सरकारलाई यस्तै चेतावनी दिन...
काठमाण्डू, २७ भदौ– एमालेभित्र पाका पुस्ताका नेताहरूलाई बिदाइ गर्नु पर्ने विषयले प्रवेश पाएको छ । जेनजी पुस्ताले भ्रष्टाचार नियन्त्रण र सुशासनको मागसहित भदौ २३ र २४ गतेको आन्दोलन भड्किदा हिंसामा परिणत भएर जनधनको क्षतिमात्रै भएन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्न पुगेको...
काठमाण्डू, २७ भदौ– गत सोमबार र मंगलबार जेन–जी समुहले गरेको प्रदर्शनको क्रममा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका प्रहरीहरूको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। भाद्र २४ गतेको हिंसात्मक घटनाका क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको मृत्यु भएको थियो।...
काठमाण्डू, २७ भदौ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले देशभक्ति, लोकतन्त्र र मुलुकको सम्मृद्धिको आकाङ्क्षा बोकेका सबै राजनीतिकर्मीहरूलाई पार्टीभित्रको वारबन्देज भत्काएर खुला छलफलमा उत्रन आग्रह गरेका छन । शुक्रबार एक अपिल जारी गर्दै महासचिव भुसालले मुलुकमा सङ्कट थपिनुमा नेतृत्वको नैतिक मूल्यको...
काठमाण्डू, २७ भदौ– दुई दिने जेनजी आन्दोलनपछि अस्तव्यस्त बनेको काठमाण्डू उपत्यकाको जनजीवन बिस्तारै सामान्य हुँदै गएको छ । यद्यपि अझै पनि निषेधाज्ञा र कर्फ्यु आदेश भने जारी छ । नेपाली सेनाले काठमाण्डू उपत्यकामा शुक्रबार बिहान ११ बजेदेखि ५ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको छ...
काठमाण्डू, २७ भदौ– धरानको भाटभटेनी सुपरमार्केटमा भदौ २४ गते भएको आगजनी र लुटपाटमा संलग्न चार जनाको जलेर मृत्यु भएको छ । उनीहरू सबै आगजनी र चोरीका लागि भित्र पसेको र सोही क्रममा जलेर मृत्यु भएको पुष्टि भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन...
काठमाण्डू, २७ भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनबारे सरोकारवालाहरूसँग छलफल गर्ने जिम्मेवारी आफ्ना सल्लाहकारहरूलाई दिएका छन । पौडेलको म्यान्डेट लिएर उनका सल्लाहकारहरू लक्ष्मी निवासमा रहेको भैरवनाथ गणमा सरोकारवालासँग छलफल सुरु गरेका छन । पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापा, परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसे,...
काठमाण्डू, २७ भदौ– गत सोमबार र मंगलबार भएको जेन–जी समुहको प्रदर्शनको क्रममा देशभरबाट कारागार फुटाएर भागेका मध्य साढे ११ हजार कैदीबन्दी अझै फरार भएका छन् । देशभरका २६ वटा कारागारबाट भागेकामध्ये केही कैदीबन्दी कारागार फर्किए पनि अझै ११ हजार ४६१ कैदीबन्दी फरार नै रहेको...
काठमाण्डू, २७ भदौ– राष्ट्रपति भवन शितल निवास क्षेत्रमा शुक्रबार सडक खाली गरेर सम्पूर्ण आवतजावत बन्द गरीएको छ । सेनाले सडकको दुवै लेनमा काँडेतार राखेर सवारी आवागमनका साथै पैदल यात्रुलाई पनि कडा चेकजाँच गरिरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेल निवास अगाडि पनि आर्मीले आफ्नो तैनाथी...