समाचार

सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग, सुशीला कार्की मन्त्रिपरिषदमा मन्त्री बन्दै

२०८२ भदौ २७ गते २२:०५

काठमाण्डू, २७ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुमना श्रेष्ठ सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री हुने भएकी छन् । श्रोतका अनुसार श्रेष्ठले शनिबार मन्त्री पदको सपथ लिनेछिन् । श्रेष्ठ नवनियुक्त प्रधानमन्त्री कार्कीको सपथग्रहण समारोहमा सहभागी हुन शुक्रबार साँझ शीतलनिवास पुगेकी थिइन् । उनले...

सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीलाई

२०८२ भदौ २७ गते २१:५७

काठमाण्डू, २७ भदौ– राष्ट्रपपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई सबै मन्त्रालयको जिम्मेवारी तोकेका छन् । शीतलनिवासमा कार्कीले सपथपछि पौडेलले अर्को व्यवस्था नहोउञ्जेलसम्मका लागि कार्कीलाई मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालय शीतलनिवासले जनाएको छ । कार्कीलाई प्रधानमन्त्री तथा रक्षा, गृह, अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार तथा...

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् सपथ

२०८२ भदौ २७ गते २१:४२

काठमाण्डू, २७ भदौ– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजित एक समारोहबीच बिहीबार राति कार्कीलाई सपथ गराएका हुन् । कार्की नेपालकै इतिहासमा पहिलो महिला प्रधानमन्त्री भएकी छन् । यसअघि पहिलो महिला प्रधानन्यायाधीशको रेकर्ड पनि...

सुशीला कार्कीको सपथग्रहण समारोहमा पुगे बाबुराम

२०८२ भदौ २७ गते २१:३६

काठमाण्डू, २७ भदौ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सपथग्रहण समारोहमा सहभागी भएका छन् । शीतलनिवासमा आयोजित विषेश समारोहमा भट्टराई सहभागी भएका छन् । उनले कार्कीलाई चुनावी सरकारको प्रधानमन्त्री नियुक्त गर्ने सहमतिको स्वागत गरिसकेका छन् । जेन–जी प्रतिनिधिको प्रस्तावमा राष्ट्रपति रामचन्द्र पौडेलले...

कुलमान घिसिङ मन्त्री बन्दै

२०८२ भदौ २७ गते २१:२५

काठमाण्डू, २७ भदौ– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ मन्त्री बन्ने भएका छन् । श्रोतका अनुसार उनले बिहीबारै मन्त्री पदको सपथ लिनेछन् । लोडसेडिङ मुक्त गर्न भूमिका खेलेका कारण कुलमान देशबासीबीच लोकप्रिय छन् । उनलाई केही महिनाअघि केपी ओली...

संविधानको धारा ६१ अनुसार सुशीला कार्की प्रधानमन्त्री नियुक्त

२०८२ भदौ २७ गते २१:१२

काठमाण्डू, २७ भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति गरेका छन् । जेन–जी प्रदर्शनकारीको मागअनुसार पौडेलले शुक्रबार साँझ कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । राष्ट्रपतिले संविधानको धारा ६१ (४) अनुसार कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । उक्त...

संसद् विघटन बिडम्बनापूर्णःएमाले

२०८२ भदौ २७ गते २१:०२

काठमाण्डू, २७ भदौ– एमालेले प्रतिनिधिसभा विघटनप्रति विरोध जनाएको छ । जेन–जी प्रतिनिधि र कानूनविदसँगको छलफलपछि राष्ट्रपति रामचन्द्र पौडेल प्रतिनिधिसभा विघटन र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई चुनावी सरकारको प्रधानमन्त्री बनाउन सममत भएका थिए । एमाले महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा विघटनको निर्णयलाई विडम्बनापूर्णको संज्ञा दिएका छन् ।...

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा विघटन

२०८२ भदौ २७ गते २०:५२

काठमाण्डू, २७ भदौ–राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । जेन–जी समूहको मागअनुसार पौडेलले शुक्रबार साँझ प्रतिनिधिसभा विघटन गरेका हुन् । लगत्तै उनले प्रधानन्यायाधीश सुशीला कार्कीलाई चुनावी सरकारको प्रधानमन्त्री नियुक्त गरेका छन् । बिहीबारै कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति, दलहरु, जेन–जी र कानूनविदबीच सहमति भए...

अन्ततः सुशीला कार्कीलाई हुने भइन् प्रधानमन्त्री

२०८२ भदौ २७ गते २०:४४

काठमाण्डू, २७ भदौ– पूर्वन्यायाधीश सुशीला कार्की चुनावी सरकारको प्रधानमन्त्री नियुक्त हुने भएकी छन् । योसँगै नेपालको इतिहासमा कार्की पहिलो महिला प्रधानमन्त्री भएकी थिइने । पहिलो महिला प्रधानन्यायाधीशको रेकर्ड पनि उनकै नाममा छ । राष्ट्रपति रामचन्द्र पौडेल, कानूनविद र जेन–जी समूहका प्रतिनिधिबीच शीतलनिवासमा साँझ भएको...

घनश्यामले थाले एमाले र माओवादी स्कुलिङका कम्युनिष्ट पार्टीबीच एकताको बहस

२०८२ भदौ २७ गते १९:१०

काठमाण्डू, २७ भदौ– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले वमपन्थी शक्तिहरुबीच एकता हुनुपर्ने नारा अघि सारेका छन् । शुक्रबार सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै उनले एमाले र माओवादी स्कूलिङबाट आएकाहरुसँग एकता गर्नुपर्ने प्रस्ताव गरेका हुन् । विचार समान भए पनि नेताहरुको स्वार्थको खरानी रेखाले...

जेन–जी आन्दोलनका क्रममा भारतीय नागरिकको हत्या

२०८२ भदौ २७ गते १८:५९

चितवन, २७ भदौ– जेन–जी आन्दोनका क्रममा चितवनमा एक भारतीय नागरिकको मृत्यु भएको पाइएको छ । आन्दोलनकारीले २४ भदौमा रत्ननगर नगरपालिका कार्यालयमा आगजनी गरेका थिए । सोही ठाउँमा भारतीय नागरिकको शव जलेको अवस्थामा भेटिएको हो । मृतक भारत बिहार राज्यस्थित बेतिया जिल्लाको चौतराथानाका १८ वर्षीय...

धरानको भाटभेटीमा भेटियो चार जनाको शव

२०८२ भदौ २७ गते १८:५३

काठमाण्डू, २७ भदौ– जेन–जी आन्दोनकारीको आगजनीबाट ध्वस्त भएको धरानस्थित भाटभटेनी सुपरमार्केटमा थप तीन जनाको शव फेला परेको छ । आन्दोलनकारीले २४ भदौमा भाटभटेनीमा लुटपाल र आगजनी गरेका थिए । योसँगै भाटभटेनीमा जलेर मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि सोही ठाउँमा शुक्रबार बिहान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us