सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग, सुशीला कार्की मन्त्रिपरिषदमा मन्त्री बन्दै

काठमाण्डु टुडे २०८२ भदौ २७ गते २२:०५ मा प्रकाशित

काठमाण्डू, २७ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुमना श्रेष्ठ सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री हुने भएकी छन् ।

श्रोतका अनुसार श्रेष्ठले शनिबार मन्त्री पदको सपथ लिनेछिन् । श्रेष्ठ नवनियुक्त प्रधानमन्त्री कार्कीको सपथग्रहण समारोहमा सहभागी हुन शुक्रबार साँझ शीतलनिवास पुगेकी थिइन् ।

उनले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै अंकमाल गरिन् । योसँगै श्रेष्ठले रास्वपा त्यागेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us