समाचार

पाँच प्रदेशमा चार दिनसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न विपद् प्राधिकरणको अपिल

२०८२ असोज १७ गते १२:५२

काठमाण्डू, १७ असोज–राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पाँच प्रदेशमा चार दिनसम्म अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न अनुरोध गरेको छ । अत्यन्त जरुरी नभए यही असोज १७ गते शुक्रबारदेखि २० गते सोमबारसम्म यात्रा नगर्न अनुरोध गरेको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिए ।...

बागमती, लुम्बिनी र कर्णालीमा भारी वर्षाको चेतावनी

२०८२ असोज १७ गते १२:४९

काठमाण्डू, १७ असोज– शुक्रबार लुम्बिनी प्रदेशका तराई, कर्णाली र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् । जल तथा मौसम विभाम, मौसम पूर्वामान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी...

यो वर्ष मनसुन ढिला बाहिरिने

२०८२ असोज १७ गते १२:४७

काठमाण्डू, १७ असोज– नेपालमा गएको जेठ १५ गते भित्रिएर असार ६ गते देशभर फैलिएको मनसुन केही समय ढिला मात्रै बाहिरिने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने सरदर मिति अटोबर २ अर्थात् बिहीवार रहे पनि मनसुन उत्तरार्धमा पुगेका बेला पुन...

हेटौंडा–काठमाण्डू जोड्ने दुई सडकमा राति गाडी चलाउन रोक

२०८२ असोज १७ गते १२:४४

काठमाण्डू, १७ असोज–हेटौंडा–काठमाण्डू जोड्ने दुई सडकमा शुक्रबारदेखि तीन दिनसम्म बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना जारी गर्दै हेटौंडा–काठमाण्डू जोड्ने कान्तिलोकपथमा आजदेखि असोज २० गते बेलुका ४ः०० बजेदेखि बिहान ६ः ०० बजेसम्म र हेटौंडा–भै‌से–काठमाण्डू सडकमा बेलुका...

काठमाण्डू आउँदै गरेको बस खयरमारामा दुर्घटना: दुईको मृत्यु, ४० बढी घाइते

२०८२ असोज १७ गते १२:३९

महोत्तरी, १७ असोज–महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । खयरमाराबाट काठमाण्डू जाँदै गरेको ना६ख १४६४ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो । दुर्घटनामा पैदलयात्री बर्दिबास–१० का ८० वर्षीय चुल्हाई चौधरीको घटनास्थलमै र...

जिल्ला प्रशासनले भन्योः रातिको समयमा काठमाण्डूमा यात्रा नगर्नू

२०८२ असोज १७ गते १२:३६

काठमाण्डू, १७ असोज– जिल्ला प्रशासन कार्यालय काठमाण्डूले रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै रातिको समयमा यात्रा नगर्न भनेको हो । जल तथा मौसम विज्ञान विभागले १७ असोजदेखि २० गतेसम्म काठमाण्डू लगायत जिल्लामा भारी वर्षा...

गिरिबन्धु टी-स्टेट अगाडि बस दुर्घटना, दुईको मृत्यु

२०८२ असोज १६ गते १४:१९

काठमाण्डू, १६ असोज– झापाको बिर्तामोडमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु भने १३ जना घाइते भएका छन् । विराटनगरबाट काकडभिट्टा जाँदै गरेको सगरमाथा यातायातको प्र१-०१-००१ख ४४५९  नम्बरको बस बिर्तामोड नगरपालिका–६ स्थित गिरिबन्धु टि–स्टेट अगाडि दुर्घटना भएको हो । दुर्घटनामा...

राष्ट्रपति पौडेलले लगाए दसैंको टीका

२०८२ असोज १६ गते १४:११

काठमाण्डू, १६ असोज- राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन बुधबार पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११ः५३ को शुभ साइतमा टीका लगाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लागाएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् ।...

दसैं सुरक्षाका लागि भक्तपुर प्रहरीको २४ सै घण्टा २७ वटा क्विक रेस्पोन्स टिम परिचालन

२०८२ असोज १४ गते १९:३१

भक्तपुर, १४ असोज — जिल्ला प्रहरी परिसर भक्तपुरले दसैँलगायतका चाडपर्व लक्षित कडा सुरक्षा योजना सार्वजनिक गरेको छ । बडादसैंदेखि दीपावली तथा छठ पर्वसम्मका चाडपर्वलाई लक्षित गरी प्रहरी परिसर भक्तपुरले क्विक रेस्पोन्स टिम परिचालन गरेको हो । प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज रेग्मीले...

कारको ठक्करबाट महिलाको मृत्यु

२०८२ असोज १४ गते १९:२९

बारा, १४ असोज– बाराको जितपुरसिमरा उपमहानगरपालिका-३ बजनीमा मंगलबार कारले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ । बाप्र-०१०२५च६०७४ नम्बरको कारले बजनीस्थित मालपोत चोकमा ठक्कर दिँदा जितपुरसिमरा- ७ की ६५ वर्षीय प्यारी साहको मृत्यु भएको हो । कारको ठक्करबाट गम्भीर घाइते भएकी साहको वीरगन्जस्थित नारायणी अस्पतालमा...

ओली र महेश बस्नेतलाई छोए सह्य नहुने युवा संघको चेतावनी

२०८२ असोज १४ गते १९:२२

काठमाण्डू, १४ असोज– एमाले युवा संघले पार्टी अध्यक्ष केपी ओली र पोलिट्ब्युरो सदस्य महेश बस्नेतमाथि सरकारद्वारा प्रतिशोधपूर्ण व्यवहार भए प्रतिवाद गर्ने चेतावनी दिएको छ । अध्यक्ष क्षितिज थेवेले सोमबार विज्ञप्ति जारी गर्दै ओली र बस्नेतमाथि प्रतिशोध नभए सह्य नहुने चेतावनी दिएका छन् । थेवेले...

जसलाई आएन दसैं…

२०८२ असोज १४ गते ९:३१

कञ्चनपुर, १४ असोज- दसैं घर-आँगनमै आएको छ। मीठो मसिनो खाने, नयाँ लुगा लगाउने सबैलाई रहर हुन्छ। तर कञ्चनपुरको पूर्वपश्चिम राजमार्ग नजिकैको शुक्लाफाँटा नगरपालिका–११ को वनहरा शिविरमा बसोबास गर्दै आएका सुकुम्बासी (भूमिहीन) परिवारका लागि त्यो रहर केबल सपना मात्रै बनेको छ । दुई छाकको खाना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us