समाचार

लाग्यो दशैं, उपत्यका छाड्नेको लर्को

२०८२ असोज १३ गते १०:१३

काठमाण्डू, १३ असोज– नेपालीहरूको महान पर्व बडा दशैं मनाउन काठमाण्डू उपत्यका छाड्नेहरूको क्रम जारी छ । केहीदिनदेखि उपत्यका बाहिरिने क्रम आइतबार र सोमबार बिहानैबाट झनै बढेको छ । काठमाण्डू उपत्यकाबाट बाहिरने चोकहरू कोटेश्वर, बल्खु, कलंकी, माछापोखरी, बसुन्धारा, चाबहिल, गौशाला लगायतका क्षेत्र हुँदै मानिसहरू बाहिरिएका...

रातो पासपोर्ट र परिचयपत्र संसद् सचिवालयमा बुझाउन पूर्वसांसदहरूलाई रास्वपाको निर्देशन

२०८२ असोज १३ गते ९:४६

काठमाण्डू, १३ असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन आफ्ना संसदहरुलाई निर्देशन दिएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार, पार्टीका पूर्वसांसदहरूले जतिसक्दो चाँडो संसद् सचिवालयमा बुझाउन अनुरोध गरिएको हो । जेनजी प्रदर्शनपछि...

जेनजी आन्दोलनः ट्रमा सेन्टरमा उपचाररत गम्भीर घाइते राईको मृत्यु

२०८२ असोज १३ गते ९:२४

काठमाण्डू, १३ असोज– गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गएराति १२ बजे मृत्यु भएको पारिवारका सदस्यहरूले जानकारी दिएका छन । अहिले शवलाई पोस्टमार्टमका लागि त्रिवि...

काष्ठमण्डपमा तीन घण्टादेखि आगलागी, नियन्त्रणको प्रयास हुँदै

२०८२ असोज १३ गते ८:४५

काठमाण्डू, १३ असोज– काठमाण्डूको काष्ठमण्डप नजिकै बिहान करिब साढे ४ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । काठमाण्डू महानगरपालिका–२२ भिमसेनस्थानस्थित मोहन शाहको २ तले घरको कपडाको गोदामबाट आगलागी सुरु भएको जिल्ला प्रहरी परिसर, काठमाण्डूकी डीएसपी पूर्णिमा चन्दले जानकारी दिएकी छन । ‘आगो...

घट्यो दसैंका भेडा च्याङग्राको मूल्य

२०८२ असोज १३ गते ८:४२

काठमाण्डू, १३ असोज– दशैं पर्वका लागि मुस्ताङबाट बिक्री गर्न बजारमा ल्याइएका भेडाच्याङग्राको मूल्य यो वर्ष सस्तिएको छ । व्यापारी र उपभोक्ताका अनुसार गत वर्षको तुलनामा प्रतिगोटा भेडाच्याङग्राको मूल्य पाँच हजार र प्रतिकिलोग्राम जिउँदाको मूल्य रुपैँया ५० देखि रुपैयाँ १ सय रुपैयाँसम्म घटेको हो ।...

आज दसैंको फूलपाती भित्र्याइँदै

२०८२ असोज १३ गते ८:३३

काठमाण्डू, १३ असोज– बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको...

जेन-जी आन्दोलनका थप एक घाइतेको मृत्यु

२०८२ असोज १३ गते ८:१२

काठमाण्डू, १३ असोज–जेन-जी आन्दोलनका थप एक घाइतेको उपचारका क्रममा मृत्यु भएको छ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ का लक्ष्मण राईको उपचारका क्रममा गएराति १२ बजेको समयमा मृत्यु भएको हो । राईको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण...

अर्घाखाँचीमा जिप दुर्घटनाः दुईको मृत्यु, चार जनाको अवस्था गम्भीर

२०८२ असोज १३ गते ८:०४

अर्घाखाँची, १३ असोज– अर्घाखाँचीमा सोमबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सन्धिखर्कबाट गुल्मीको पुर्कोट जाँदै गरेको लु१ज ४७२४ नम्बरको जिप बिहान साढे ३ बजेतिर सन्धिखर्क–ढोरपाटन सडकखण्डकअन्तर्गत सन्धिखर्क नगरपालिका–९ टारीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गुल्मीको मदाने गाउँपालिका ६...

काष्ठमण्डप क्षेत्रका घरमा आगजनी

२०८२ असोज १३ गते ७:५३

काठमाण्डू, १३ असोज– काठमाण्डूको काष्ठमण्डप क्षेत्रका घरमा आगजनी भएको छ । आगलागीका कारण सर्वसाधारणका तीन घर र एक मन्दिर जलेको छ । सोमबार बिहान तीन बजेको समयमा आगलागी भएको स्थानीयले बताएका छन् । स्थानीलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार कपडा पसलबाट आगलागी सुरु भएको थियो...

प्रधानमन्त्रीको कार्कीको मुख्य सल्लाहकारमा खनाल नियुक्त

२०८२ असोज १२ गते १७:३४

काठमाण्डू, १२ असोज– प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन । त्यस्तै, जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिना नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले खनाल र तिमल्सिनालाई प्रधानमन्त्रीको दुई सल्लाहकारमा नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिएका छन...

चुच्चेपाटीको भाटभटेनीमा जलेका ७ वटा शव छुँदै धुलो हुने अवस्थामा, पहिचानमा कठिनाइ

२०८२ असोज १२ गते १७:१३

काठमाण्डू, १२ असोज– गत २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनको क्रममा चुप्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा भएको आगजनीमा परेर जलेका शवको पहिचान गर्न कठिनाइ हुने भएको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार, सात वटा शव पूर्णरूपमा जलेर खरानीको अवस्थामा...

दशैं बिदामा पनि नेपाल टेलिकमका काउन्टर खुल्ने

२०८२ असोज १२ गते १७:०६

काठमाण्डू, १२ असोज– नेपालीहरुको महान पर्व बडा दशैं बिदामा नेपाल टेलिकमका काउन्टर खुल्ला रहने भएका छन । नेपाल टेलिकमका अनुसार सुन्धारास्थित काउन्टर १३, १४, १५, १७ र १८ असोजमा खुला रहने छ । गोंगबु, पाटन, थिमि, बनेपा, धादिङ, हेटौंडा, भरतपुर, टाँडी, सिन्धुली, त्रिशूली र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us